जाकर्ता– इन्डनेनेसियाको जाकर्तमा सुरु शिखर सम्मेलनलाई बुधबार नेपालका प्रधानमन्त्री सुशील कोइरालाले सम्बोधन गर्दैछन्। बुधबार बिहान स्थानीय समयअनुसार साढे नौ बजे सम्मेलन सुरु भएको छ।सम्मेलनमा एशिया र अफ्रिका महादेशका १ सय ५ देशहरुको सहभागिता छ। नेपालबाट प्रधानमन्त्री सुशील कोइराला नेतृत्वमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसहितको प्रतिनिधि मण्डलले शिखर सम्मेलनमा सहभागिता जनाएका छन्।
आयोजक इन्डनेनेसियाका राष्ट्रपति जोको विडोडोले सम्मेलनको उद्घाटन गरेका छन्। सम्मेलनमा २६ देशका सरकार एवम् राष्ट्र प्रमुखहरुको सहभागिता छ। सम्मेलनमा १५ पर्यवेक्षक राष्ट्र र १७ अन्तराष्ट्रिय संघसंस्थाले सहभागिता जनाएका छन्।

तीनवटा सत्रमा चल्ने बुधबारको सम्मेलनमा नेपालका प्रधानमन्त्री कोइरालाले सम्बोधन गर्नेछन्। उनले करिव ५ मिनेट सम्बोधन गर्ने परराष्ट्र सचिव शंकरदास बैरागीले जानकारी दिए। बुधबार नै प्रधानमन्त्रीले सन्ध्याकालिन सत्रको सहअध्यक्षता समेत गर्नेछन्। परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेका अनुसार बेलुका आयोजक राष्ट्र इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले आयोजना गर्ने रात्री भोजमा प्रधानमन्त्री कोइराला सरिक हुनेछन्। संभव भएसम्म प्रधानमन्त्रीले सम्मेलन केन्द्रमै केही राष्ट्रका सरकार प्रमुखहरुसंग भेटवार्तासमेत गर्नेछन्।
सन् १९५५ मा इन्डोनेसियाको बाङडुङमा सम्पन्न असंलग्न राष्ट्रहरुको ऐतिहासिक सम्मेलनको ६० औं बार्षिकोत्सव तथा एसियाली–अफ्रिकी राष्ट्रहरुको दशौं शिखर सम्मेलन (नास्प) को दशौं बर्षिकोत्सवका लागि प्रधानमन्त्री कोइरालाको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल इन्डोनेसिया आएको हो। सम्मेलनको नारा ‘विश्व शान्ति तथा समृद्धि प्रवर्द्धन गर्न दक्षिण–दक्षिण सहयोग सबलीकरण' रहेको छ।जाकर्ता– इन्डनेनेसियाको जाकर्तमा सुरु शिखर सम्मेलनलाई बुधबार नेपालका प्रधानमन्त्री सुशील कोइरालाले सम्बोधन गर्दैछन्। बुधबार बिहान स्थानीय समयअनुसार साढे नौ बजे सम्मेलन सुरु भएको छ।