बाङडुङ सिद्धान्तले बुद्धको सन्देश बोकेको छः प्रधानमन्त्री (भिडियाे)
०९ वैशाख २०७२
•
५ मिनेट पाठ
बाङडुङ सिद्धान्तले बुद्धको सन्देश बोकेको छः प्रधानमन्त्री (भिडियाे)
जाकर्ता (इन्डोनेसिया)–प्रधानमन्त्री सुशील कोइरालाले अर्न्तराज्य सम्बन्ध व्यवस्थित गर्न ६० वर्ष पहिलेको बाङडुुङ सम्मेलनको सिद्धान्त कालजयी रहेको बताएका छन्। उनले बाङडुुङ सिद्धान्त नेपालको विदेश नीतिको आधारशिला रहेको पनि बताए।'नेपाली धर्तीपुत्र गौतम बुद्धको दर्शन र बिचारबाट अनुप्राणित भएर बाङडुुङ सिद्धान्त आएको हो,' प्रधानमन्त्री कोइरालाले भने, 'गौतम बुद्धको दर्शन र बाङडुुङ सिद्धान्त हाम्रा लागि मार्गदर्शक हुन्।' उनले बाङडुङ सिद्धान्तले गौतम बुद्धको सन्देश बोकेको भन्दै यो सिद्धान्त चिरायु रहने बताए।

एशिया र अफ्रिका महादेशका राष्ट्रहरुबीच एकता, सद्भाव र आपसी सहकार्य अनिवार्य रहेकोमा कोइरालाले जोड दिए। इन्डोनेसियाको राजधानी जाकर्तमा बुधबार सुरु नयाँ एशियाली–अफ्रिकी रणनीतिक साझेदारी (नास्प) को दशौं शिखर सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले अन्तराष्ट्रिय सहयोग, शान्ति सुरक्षा र विकासमा जोड दिए।

नयाँ एशिया–अफ्रिका रणनीतिक सहकार्यलाई नेपालले स्वागत गर्ने भन्दै प्रधानमन्त्री कोइरालाले शान्ति, विकास र समृद्धिका लागि नेपाल सदस्य राष्ट्रहरुबीच सहकार्य गर्न इच्छुक रहेको उल्लेख गरे। कोइरालाले नेपालको मुख्य प्राथमिकता समावेसी संबिधान घोषणा गर्ने, दिगो शान्ति र स्थायित्व कायम गर्ने रहेको बताए। 'गरिबी र भोकमरीको अन्त्य गरी आत्म सम्मान पूर्वक बाँच्ने वातावरण तयार गर्नु नेपालको अर्को प्रमुख चुनौती छ,' प्रधानमन्त्रीले भने। उनले अपार प्राकृतिक र मानव संसाधनयुक्त देश भएको भन्दै दुई ठूला राष्ट्र भारत र चीनको बीचमा हुनु अवसर भएको बताए। उनले भने 'नेपालमा बैदेशिक लगानीका लागि राम्रो बातावरण र संभावनाहरु छन्।'

एशिया र अफ्रिका ऐतिहासिक र स्रोत सम्पन्न महादेश रहेको उनको भनाइ थियो। उनले साझा चुनौतीसंग जुध्नका लागि साझा रणनीति र सहकार्य आवश्यक रहेको भन्दै जाकर्ता र बाङडुङ सम्मेलनले त्यो दिशामा ठोस प्रगति हुने बताए। कोइरालाले विश्व समुदायलाई हातहतियार खरिदका लागि लगाइएको लगानीलाई विकासमा केन्द्रित गर्न पनि ध्यानाकर्षण गराए।

कोइरालाले सन् २०१५ ऐतिहासिक महत्वको वर्ष हुने उल्लेख गरे। उनले भने 'हामी बाङडुुङ सम्मेलनको ६० औं वर्ष मनाउँदैछौं, संयुक्तराष्ट्रसंघ स्थापनाको ७० औं वर्ष पनि हो यो वर्ष,' उनले भने, '२०१५ पछिको विकास एजेण्डा तय गर्ने वर्ष पनि भएकोले यो ऐतिहासिक महत्वको वर्ष हुनेछ।' कोइरालाले सदस्य राष्ट्रहरुबीच परिपक्व समझदारी गरेर सबैले जित्ने वातावरण बनाउनु पर्नेमा जोड दिए। उनले भने,'हामीले चाहेजस्तो, न्यायपूर्ण, समावेसी र प्रजातन्त्रिक विश्व व्यवस्था कायम गर्नका लागि मिलेर काम गर्नुको विकल्प छैन।'

pm2

बुधबार बिहान स्थानीय समय अनुसार साढे नौ बजे सम्मेलन सुरु भएको छ। सम्मेलनमा एशिया र अफ्रिका महादेशका १ सय ५ देशहरुको सहभागिता छ। नेपालबाट प्रधानमन्त्री सुशील कोइराला नेतृत्वमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, परराष्ट्र सचिव शंकरदास बैरागी सम्मेलनमा सहभागी थिए।

आयोजक इन्डनेनेसियाका राष्ट्रपति जोको विडोडोले सम्मेलनको उद्घाटन गरेका थिए। सम्मेलनमा २६ देशका सरकार एवम् राष्ट्र प्रमुखहरुको सहभागिता रहेको छ। सम्मेलनमा १५ पर्यबेक्षक राष्ट्र र १७ अन्तराष्ट्रिय संघसंस्थाले सहभागिता जनाएका छन्। तीनवटा शत्रमा चलेको आजको सम्मेलनको तेस्रो शत्र नेपालका प्रधानमन्त्री कोइरालाले सहअध्यक्षता गरेका थिए।

भिडियाे



भिडियाे :  टेकनारायण भट्टराई
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस