नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकलाई अराजकताबाट मुक्त गराउन नयाँ पार्टीको निर्माण गरेको बताएका छन्। गृह जिल्ला रौतहटको मत्सरीमा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरुलाई स्वागत गर्दै नयाँ पार्टीको निर्माण मुलुकको आवश्यकता भएको बताएका छन्।
तत्कालीन अवस्थामा मुलुकमा लुट र अराजकताको राज्य रहेकोले अराजकताबाट मुक्ति दिलाउन नयाँ पार्टीको निर्माण गरी शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त सरकार गठन गर्नु बाध्यता रहेको नेता नेपालले बताएका छन्।
सूर्यमा ग्रहण लागेपछि जनप्रिय, बुद्धिजीवी, लोककल्याणकारी पार्टीको गठन गर्नु देशवासीको चहाना रहेको बताउँदै नेता नेपालले नयाँ पार्टी निर्माणको छोटो समयमै ७७ जिल्लामै पार्टी संगठनको विस्तार भएको र देशभक्त कम्युनिष्टहरु गोलबन्द हुँदै गएको बताए।
देशभर विभिन्न पार्टी परित्याग गरी सच्चा कम्युनिष्ट आन्दोलनमा गोलबन्द भइरहेका सबैलाई सम्मान दिइने बताउँदै नेता नेपालले जनतालाई लुट्ने, भ्रष्टाचार गर्ने, अराजकता मच्चाउने व्यक्तिबाट मुलुकको केही विकास नहुने बताउँदै लुटको प्रवृत्तिलाई वर्तमान सरकारले छुट नदिने स्पष्ट पारे।
मधेसी तथा महिलाको लागि सरकारले धेरै काम गरिरहेको बताउँदै नेता नेपालले महिलालाई समान अधिकार, सीपको व्यवस्थापन तथा जीविकोपार्जनको आधार निर्माणमा सरकारले काम गरिरहेको बताए।
संघीय सरकारका श्रम तथा रोजगार मन्त्री किसान श्रेष्ठ, मधेस प्रदेशका वन राज्यमन्त्री नागेन्द्र राय यादव, संघीय सांसद सरला यादव, रामचन्द्र झासहितका नेताहरुसित गृह जिल्ला रौतहट आएका नेता नेपालले स्थानीय तहका साथै प्रदेश र संघीय निर्वाचनमा नेकपा एकीकृत माओवादी, जनता समाजवादी पार्टीसित गठबन्धन र सहकार्य आउँदो समयले बताउने स्पष्ट पारेका छन्।
रौतहटको मत्सरीमा बृहत् पार्टी प्रवेश, माधव नारायण नगरपालिकाको रजवाडामा आधारभूत विद्यालयको शिलान्यास तथा वृन्दावन नगरपालिकाको हर्षाहामा प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन रौतहटको जिल्ला भेलालाई सम्बोधन गर्ने क्रममा अधिकांश समय नेकपा एमालेको विरोध गर्नमा नै खर्च गरेका छन्।
नेता नेपालले केपी ओलीजस्ता प्रवृत्तिका कारण मुलुक निकै कठिन घडीबाट गुज्रिएर बल्लतल्ल पार पाएको हुँदा आउँदो निर्वाचनमा ओली प्रवृत्तिलाई परास्त गरेर नयाँ नेपाल सिर्जना गराउने नेकपा एसको पक्षमा उभिन नेपाली जनतालाई आग्रह गरेका छन्।
एमसिसिको बारेमा बोल्दै नेता नेपालले नेकपा एसकै कारण १२ बुँदे व्याख्यात्मक टिप्पणी शर्तको साथ सदनबाट एमसिसि पारित भएकोले जनतामा उत्साह बढेको र आफ्नो पार्टीप्रति देशव्यापी आकर्षणमा वृद्धि भएको बताए।