जाकर्ता (इन्डोनेसिया)- इन्डोनेसियाको जाकर्तामा जारी एसिया–अफ्रिका सम्मेलन आज सकिँदै छ। जाकर्तामा बिहीबार सम्पन्न शिखर सम्मेलनले पारित गरेका महत्वपूर्ण तीनवटा दस्ताबेजलाई ऐतिहासिक सहर बाङडुङमा हुने स्मृति सभामार्फत आज घोषणा गरिदैँछ। शिखर सम्मेलनमा सहभागी नेताहरुको ऐतिहासिक पदयात्रापछि हुने बाङडुङ स्मृति सभामा दस्ताबेजमाथि ऐक्यबद्धता हस्ताक्षर गर्ने कार्यक्रम छ।बुधबार र बिहीबार सम्पन्न शिखर सम्मेलनले नयाँ एसिया–अफ्रिका रणनीतिक साझेदारी (नास्प), प्यालेस्टाइन घोषणा र बाङडुङ सन्देश–२०१५ तीनवटा दस्ताबेज पारित गरेको परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले बताए। ‘ति तीनवटै दस्ताबेजलाई ऐतिहासिक बाङडुङ सभामा हस्ताक्षर गरेर घोषणा गरिनेछ,' पाण्डेले भने।
एसिया र अफ्रिकाका महादेशका शीर्ष नेताहरुको सहभागी बैठकले आपसमा सहयोग आदानप्रदान गर्ने निस्कर्षमा पुगेका छन्। शान्ति, विकास र समृद्धिका लागि सहयोग बृद्धि गर्ने सहमतिको पहिलो दस्ताबेजमा उल्लेख छ। उक्त दस्ताबेजमा साझा उद्देस्यहरु हासिल गर्नका लागि साझा योजनाहरु समेत तय गरिएका छन्।
द्वन्द्वको चपेटमा रहेको प्यालेस्टाइनका बारेमा सम्मेलनमा महत्वपूर्ण छलफल चल्यो। प्यालेस्टाइनका जनताको आत्मनिर्णयको अधिकार सुरक्षित गर्नका लागि एसिया र अफ्रिकाका मुलुकहरुको तर्फबाट ऐक्यबद्धताको पुनः जाहेरी गरिएको दस्ताबेजमा उल्लेख छ।
तेस्रो दस्ताबेजमा तात्कालिन बाङडुङ सम्मेलनको नीतिलाई कार्यान्वयन गर्दै सदस्य राष्ट्रहरुबीच अझ मजबुत सम्बन्ध कायम गर्ने उल्लेख छ। देशहरुबीच अर्थपूर्ण सहयोग आदानप्रदान गर्ने र साझा विकासको भावनाले अघि बढ्ने उल्लेख छ। शान्ति, विकास र समृद्धिलाई साझा लक्ष्य मानेर अघि बढ्ने नीतिलाई अझ जोड दिइएको छ।
स्थानीय समयअनुसार बिहान ९ बजेदेखि सभा सुरु भएको छ। प्रधानमन्त्री सुशील कोइरालासहित नेपाली प्रतिनिधि टोली पनि बाङडुङ पुगेको छ।