इलाम– संविधान निर्माणका झण्डै ९५ प्रतिशत काम सकिएको र संघीयताका विषयमा मात्रै विवाद रहेको उल्लेख गर्दै एमाले वरिष्ठ नेता झलनाथ खनालले बहुमतीय प्रणालीबाटै भए पनि अविलम्ब संविधान निर्माण गरिने बताएका छन्।
पहाड र मधेस छुट्याउने नछुट्याउने र जातीय राज्य बनाउने नबनाउने विवादले संघीयताको विवाद नसुल्भि्कएको जनाउ"दै खनालले ती कुरा मिल्नासाथ संविधान जारी हुने नत्र आयोग बनाएर विवादित विषयहरु सुल्झाइने जनाए।
गृह जिल्ला इलाममा शुक्रबार केन्द्रीय चिया सहकारी संघ लिमिटेडको चौथो साधारण सभामा प्रमुख अतिथि बनेका खनालले आफ्नो पार्टी एमाले पहाड–मधेस छुट्याउने र जातीय संघीयताका पक्षमा नरहेको प्रष्ट्याए।
'मुलुकलाई यदुवंशी बाटोमा लैजाने र फेरि रक्तपात मच्चाउने भएमात्र पहाड–मधेस टुक्रयाई जातीय राज्य बनाउने कुरा सोच्न सकिन्छ,' इलाम–१ बाट संविधानसभामा निर्वाचित खनालले भने, 'देश समुन्नत पार्न त्यस्तो संघीयता सुहाउ"दैन।'
एक सय २५ जातिको बसोबास रहेको मुलुकमा दुई/चार जातिका नाममा राज्य बनाइँदा अरुलाई अमान्य हुने जिकिर गर्दै खनालले 'यस्ता हुनै नसक्ने कुरा गरेर संविधान निर्माणको हलो नअड्काउन' प्रतिपक्षी दलहरुलाई आग्रह गरे।
संविधान निर्माणपछि सबै दलले देशलाई समुन्नत पार्न नया" नया" योजना बनाउनुपर्ने मान्यता राख्दै खनालले त्यसो हुनसके छोटो समयमै आर्थिक प्रगति हासिल गरिने दाबी गरे। बुधबार इलाम आएका खनाल आइतबारसम्म गृह जिल्ला रहनेछन्।