लुम्बिनी प्रदेश: नेतृत्व खोज्दा सत्ता पल्टिने खतरा
२९ फागुन २०७८
•
५ मिनेट पाठ
लुम्बिनी प्रदेश: नेतृत्व खोज्दा सत्ता पल्टिने खतरा
लुम्बिनी प्रदेश सरकारको वर्तमान सत्ता पल्टिने भएपछि सत्तागठबन्धन भित्रको ‘आलोपालो सरकारको नेतृत्व’ सम्बन्धी बहस मत्थर बनेको छ। सत्ता नै संकटमा पर्ने देखिएपछि सत्ताको आलोपालो नेतृत्व गर्ने सहमति गरेका कांग्रेस र माओवादी केन्द्र यो सहमति कार्यान्वयनको पाटोबाट पछि हटेका हुन्। तत्कालीन शंकर पोख्रेल नेतृत्वको सरकार ढलेपछि गठबन्धन मार्फत माओवादीका कुलप्रसाद केसी नेतृत्वमा नयाँ सरकार गठन भएको थियो।




यो बेला प्रदेशसभाको बाँकी अवधि मध्य आधा अवधि माओवादीले सरकारको नेतृत्व गर्ने र आधा अवधि कांग्रेसले सरकरको नेतृत्व गर्ने कांग्रेस र माओवादीबीच सहमति भएको थियो। सहमति अनुसार सरकारमा माओवादीको नेतृत्व हुनुपर्ने अवधि यही फागुन सम्म मात्रै हो। 

तर सरकारको नेतृत्व फेरबदल गर्न खोज्दा सत्तानै संकटमा पर्ने खतरा देखिएपछि आलोपालो सरकार हााक्ने सहमति गरेका यी दुबै दल कांग्रेस र माओवादी मन्त्री फेरबदल गर्ने तर नेतृत्व परिवर्तन नगर्ने सहमति नजिक पुगेको कांग्रेसका एक सांसदले जानकारी दिए। ‘अब नेतृत्व परिवर्तनको प्रयास गर्दा सत्ता नै संकटमा पर्ने खतरा उच्च देखिएको छ,’ ति सांसदले भने, ‘फलतः नेतृत्व परिवर्तनको बहसबाट पछि हटेर मन्त्री फेरबदलको निर्णयमा पुग्ने तयारी भैरहेको छ।’

नेतृत्व परिवर्तनको प्रयास थलनी भए गठबन्धनको सत्ता तोड्न एमाले निर्णायक बनेर उभिने दाउमा छ। उसले यो अवस्था आए गठबन्धनमै रहेको जनता समाजवादी पार्टीलाई मुख्यमन्त्रीको प्रस्ताव गरेर आफू हाबी हुने तयारी गरिरहेको छ। त्यसोत, एमाले संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री शंकर पोख्रेलले जसपालाई सरकारको नेतृत्व लिन र नेतृत्वका लागि एमालेले सघाउने भनेर जसपा समक्ष प्रस्ताव गरिसकेको सांसदहरु बताउँछन्। 

‘तपाईहरु नेतृत्व लिनुस् , उमालेले नेतृत्वका लागि सघाउँछ भनेर निवर्तमान मुख्यमन्त्री शंकर पोख्रेलले जसपालाई प्रस्ताव गरिसकेको अवस्था छ,’ ति सांसदले भने, ‘गठबन्धन भित्र नेतृत्व परिवर्तनको प्रयास थालिए जसपा नेतृत्वका लागि अगाडी सर्ने र उसलाई एमालेले सघाउने पक्कापक्की भए सरकार भित्र फेरी एमाले हाबी हुने खतरा रहन्छ।’

यो प्रदेशसभामा सभामुख सहित कुल सांसद संख्या ८१ हो। प्रदेशसभाको बहुमत संख्या ४१ कायम हुनुपर्छ। यो प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेको ३६ सांसद सहित कांग्रेसका १९, सभामुख सहित माओवादीको १९, जसपाको ४, राजमोको १, स्वतन्त्र १ र नेकपा एकीकृत समाजवादीका १ सांसद छन्। तर सभामुखले सरकार निर्माणका क्रममा दुई पक्ष बराबर भएमामात्रै निर्णायक मत हाल्न पाउने प्रावधान हुन्छ।

वर्तमान सरकारको नेतृत्व परिवर्तन गर्ने कांग्रेस र माओवादीको सर्त बमोजिम गृहकार्य थालिए जसपाले सरकारको नेतृत्वको दाबी आफूले गर्ने बताउँछन्। ‘अहिलेको नेतृत्व फेरबदल गर्ने कुरा आएमा सरकारको नेतृत्व जसपाले पाउनु पर्छ,’ जसपाका लुम्बिनी प्रदेशका अध्यक्ष अशोक यादव भन्छन्, ‘हैन, भने अहिलेकै नेतृत्व कायम हुनुपर्छ।’ 

पूर्व सहमति अनुसार सरकारको नेतृत्व फेरबदलको प्रयास थालीए स्वाभाविकै रुपमा नेतृत्वका लागि कांग्रेसले दाबी गर्छ। तर यो बेला सत्ताको नेतृत्व नपाएको झोँकमा एमालेको ‘अफर’ लाई स्वीकारेर जसपा अगाडी बढ्न सक्ने खतरा वर्तमान सत्तालाई पर्ने देखिन्छ।

यो अवस्थामा एमालेले जसपालाई सरकारको नेतृत्वका लागि सघाएको खण्डमा यी दुबै दलको कुल मत ४० कायम हुने छ। बहुमतका लागि १ मत मात्रै कम हुने छ। केही दिन अघि मात्रै गठबन्धनबाट बाहिरिएको राष्ट्रिय जनमोर्चाको १ मतलाई एमाले र जसपाले आफ्नो पक्षमा पार्नका लागि भूमिका खेल्ने ठाउँ रहन्छ। यदी राजमोको १ मत आफ्नो पक्षमा पार्न सके वर्तमान सरकार अल्पमतका साथ ढल्छ।

यता जसपाको साथ गुमे गठबन्धनमा रहेका अन्य शक्तिहरुले मात्रै प्रदेशसभामा आफ्नो बहुमत कायम राख्न सक्ने सम्भावनै रहन्न। कांग्रेसको १९, सभामुख बाहेक माओवादी केन्द्रको १८, स्वतन्त्र १ र नेकपा एकीकृत समाजवादीका १ गरि उनीहरुको पक्षमा जम्मा ३९ मत मात्रै कायम हुन्छ। यसअघि सरकार निर्माणका लागि सहयोग गरेर राष्ट्रिय जनमोर्चा गठबन्धनबाट बाहिरिएसंगै राजमोको १ मत गठबन्धनले गुमाउने निश्चित रहन्छ।

सत्ताको नेतृत्वका लागि प्रयास थालिए जसपालाई मुख्यमन्त्रीमा सघाएर अगाडी बढ्ने तयारीमा लागेको एमालेका लागि जसपाको पक्षमा बहुमत नपुगे अझ एकल फाईदा हुने छ। गठबन्धन भित्र पनि बहुमत नपुग्ने र अर्को पक्षको पनि बहुमत नपुग्ने भएपछि संसदको ठूलो दलको नेतृत्वमा सरकार गठन गर्ने संवैधानिक प्रावधान छ। बहुमतको सरकार गठन हुन नसकेको खण्डमा संविधानतः लुम्बिनी प्रदेश सरकारको नेतृत्व संसदको ठूलो दलको रुपमा एमालेले स्वतः गर्ने छ।

यसर्थ पनि एमालेले सत्ता आलोपालाको प्रकृयालाई कुरेर बसेको एक कांग्रेस सांसदले बताए। ‘जसपालाई सघाएर अगाडी बढ्ने भनिसकेको एमालेलाई बहुमत पुर्याउन नसकेको खण्डमा पनि फाईदा हुन्छ,’ति सांसदले भने, ‘जसपा एमालेसंग गयो भने गठबन्धनभित्र बहुमत पुग्दैन, अनि अर्को तिर पनि बहुमत पुगेन भने ठूलो दलका रुपमा फेरि सरकारको नेतृत्व एमालेकै हातमा पुग्छ।’

सत्तामाथि आउन सक्ने यही सम्भावित संकटलाई मध्यनजर गर्दै आलोपालो सहमति अनुरुप अहिले नेतत्व दाबी गरिरहेको कांग्रेस मौन बनेको छ। यसअघी कांग्रेसले सत्ताको नेतृत्व माओवादीसंग माग गरिरहेको थियो।

‘सत्ता संकटमा पर्दैन भने म मुख्यमन्त्री पद छोड्न तयार छु भनेर मुख्यमन्त्रीले भन्नु भएको हो,’ ति कांग्रेस सांसदले भने, ‘तर नेतृत्व परिवर्तनका नाममा सत्तानै गुम्ने खतरा देखिएपछि नेतृत्व परिवर्तन गर्नु हुँदैन भन्ने सेन्टिमेन्ट कांग्रेसमा अहिले छ।’ अहिलेकै नेतृत्व कायम रहेको खण्डमा जसपा पनि गठबन्धनसंगै रहने र वर्तमान नेतृत्वलाई कुनै असर नपर्ने देखिन्छ। ‘नेतृत्व परिवर्तन गरिनुहुन्न, गर्न खोजिन्छ भने नेतृत्व हामीले पाउनु पर्छ भन्ने हो,’ जसपाका प्रदेश अध्यक्ष यादवले भने।

कंग्रेस सांसदहरुका अनुसार मुख्यमन्त्री कुलप्रसाद केसी मन्त्रीहरु फेरबदल गर्न तयार देखिएका छन्। मुख्यमन्त्रीको दाबी गरिरहेका कांग्रेस संसदीय दलका नेता बिरेन्द्र कनौडिया पनि दोस्रो बरियताको मन्त्रालयको जिम्मेवारी लिएर सरकार प्रवेश गर्ने मनसायमा देखिएका छन्।

‘नेतृत्व परिवर्तन गर्न खोज्दा सत्तानै पल्टिने भएपछि मुख्यमन्त्रीभन्दा पनि दोस्रो ठूलो मन्त्रालयको जिम्मा लिएर कांग्रेसका तर्फबाट नेतृत्व लिनुस् भनेका छौँ,’ ति सांसदले भने, ‘फलतः अब गठबन्धन नेतृत्व परिवर्तनभन्दा पनि मन्त्री फेरबदल उन्मुख भएको छ।’ यसो भएमा अहिले सरकारमा रहेका मन्त्रीहरु फिर्ता हुने र नयाँ मन्त्रीहरु सरकारमा भित्रने छन्।
अर्को समाचार
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
२ घण्टा अघि
•
१ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
नारायणगढ (चितवन)- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालकै सबैभन्दा ठूलो चितवनको शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण र सञ्चालन प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।




शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।

उनले अन्तरमन्त्रालय समन्वयमार्फत औद्योगिक क्षेत्र सञ्चालनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।

शक्तिखोर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको छ।

चितवन उद्योग सङ्घका अनुसार उद्योग स्थापनाका लागि इच्छुक उद्योगीले विगत आठ वर्षदेखि सङ्घको सचिवालयमा जग्गा माग गर्दै आवेदन दिँदै आएका छन्।

सङ्घका अनुसार हालसम्म १०० भन्दा बढी उद्योगीबाट ४०० बिघाभन्दा बढी जग्गा बुकिङका लागि प्राप्त आवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाइसकिएको छ।

यस्तै, मन्त्री लम्सालले चितवन उद्योग सङ्घ परिसरमा रहेको चितवन प्रदर्शनी केन्द्रको समेत स्थलगत अवलोकन गरे। उनले प्रदर्शनी केन्द्रलगायत परिसरका सम्पूर्ण भौतिक संरचनाको निर्माण समयमै सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिए।

प्रदर्शनी केन्द्रको पूर्ण निर्माणका लागि हाल विनियोजित बजेट अपुग भए थप बजेटको व्यवस्था गरेर भए पनि कामलाई पूर्णता दिनुपर्नेमा उनले जोड दिए।

भौतिक पूर्वाधार निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धतासमेत लम्सालले व्यक्त गरे।

औद्योगिकीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्ने र सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको लक्ष्यअनुरूप विसं २०७४ मा शक्तिखोर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो।

चितवन उद्योग सङ्घको पहलमा एक हजार ७४१ बिघा क्षेत्रफलमा स्थापना गर्ने गरी घोषणा गरिएको यो नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो।

देशको मध्य भागमा रहेको शक्तिखोरमा नमूना औद्योगिक पार्क स्थापना भई उद्योग सञ्चालनमा आए हजारौँ रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने उद्यमीहरूको अपेक्षा छ।

शक्तिखोर औद्योगिक क्षेत्र र प्रदर्शनी केन्द्र निर्माण सम्पन्न भए चितवनको औद्योगिक तथा व्यावसायिक प्रवर्द्धन भई जिल्लाको आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ।
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
यो पनि पढौँ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस