जाकर्ता (इन्डोनेसिया)– इन्डोनेसियाको जाकर्तामा जारी एशिया–अफ्रिका सम्मेलन शुक्रबार समापन भएको छ । जाकर्तामा बिहीबार सम्पन्न शिखर सम्मेलनले पारित गरेका महत्वपूर्ण तीनवटा दस्ताबेजलाई ऐतिहासिक सहर बाङडुङमा आयोजित स्मृति सभामार्फत् घोषणा गर्दै सम्मेलनको समापन गरिएको हो ।
शिखर सम्मेलनमा सहभागी नेताहरुको ऐतिहासिक पदयात्रा पछि शुक्रबार अपरान्ह बाङडुङ स्मृति सभामा दस्ताबेज माथि ऐक्यबद्धता हस्ताक्षर गरिएको थियो । सदस्य राष्ट्रका समकक्षी नेताहरुसहित नेपालका प्रधानमन्त्री सुशील कोइरालाले बाङडुङ सभामा प्रतिनिधित्व जनाएका छन् ।
बुधबार र बिहीबार जाकर्तामा सम्पन्न शिखर सम्मेलनले नयाँ एशिया–अफ्रिका रणनीतिक साझेदारी (नास्प), प्यालेस्टाइन घोषणा र बाङडुङ सन्देश–२०१५ लाई पारित गरेको थियो । 'तीनवटै दस्ताबेजलाई ऐतिहासिक बाङडुङ सभामा हस्ताक्षर गरेर घोषणा गरिएको छ,' पाण्डेले भने, 'यो सम्मेलनबाट दक्षीण–दक्षीणका राष्ट्रहरुबीच साझा सहकार्य र सहयोग आदानप्रदान गरेर अघि बढ्ने नीतिलाई थप बलियो बनाएको छ,' उनले थपे 'एशिया–अफ्रिका सहकार्यको नयाँ अध्याय सुरु भएको छ ।'
सम्मेलनमा सहभागी एशिया र अफ्रिकाका शिर्ष नेताहरु आपसमा अझबढी जुटेर एकअर्को देशलाई सहयोग गर्ने निश्कर्षमा पुगेका छन् । शान्ति, विकास र समृद्धिका लागि दक्षिण–दक्षिण सहयोग वृद्धि गर्ने सहमतिको पहिलो दस्ताबेजमा उल्लेख छ । उक्त दस्ताबेजमा साझा उद्देस्यहरु हासिल गर्नका लागि साझा योजनासमेत तय गरिएका छन् ।
द्वन्द्वको चपेटमा रहेको प्यालेस्टाइनका बारेमा सम्मेलनमा महत्वपूर्ण छलफल चल्यो । प्यालेस्टाइनका जनताको आत्मनिर्णयको अधिकार सुरक्षित गर्नका लागि एशिया र अफ्रिकाका मुलुकहरुको तर्फबाट पुनः ऐक्यबद्धताको जाहेर गरिएको दस्ताबेजमा उल्लेख छ ।
दस्ताबेजमा तात्कालीन बाङडुङ सम्मेलनको नीतिलाई कार्यान्वयन गर्दै सदस्य राष्ट्रहरुबीच अझ मजबुत सम्बन्ध कायम गर्ने उल्लेख छ । देशहरुबीच अर्थपूर्ण सहयोग आदानप्रदान गर्ने र साझा विकासको भावनाले अघि बढ्ने उल्लेख छ । शान्ति, विकास र समृद्धिलाई साझा लक्ष्य मानेर अघि बढ्ने नीतिलाई अझ जोड दिइएको छ ।
जाकर्तादेखि करिब साढे दुई घण्टाको सडक दूरीमा रहेको बाङडुङ सहरमा आयोजित ऐतिहासिक स्मृति सभामा सहभागी हुन शीर्ष नेताहरु विषेश विमानमा बिहानै त्यसतर्फ प्रस्थान गरेका थिए । स्थानीय समयअनुसार बिहान ९ बजेदेखि सभा सुरु भएको थियो । प्रधानमन्त्री सुशील कोइराला, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसहित नेपाली प्रतिनिधि टोलीले ऐतिहासिक पदयात्रा र सभामा सहभागिता जनाएको थियो । 'विश्व शान्ति तथा समृद्धि प्रबद्र्धन गर्न दक्षिण–दक्षिण सहयोग सबलीकरण' नारा रहेको बाङडुङ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री कोइरालासहित १७ सदस्य नेपाली प्रतिनिधि टोली सोमबार इन्डोनेसिया आएको थियो ।
प्रधानमन्त्रीको भेटवार्ता
इन्डोनेसिया भ्रमणका क्रममा प्रधानमन्त्री सुशील कोइरालाले इन्डोनेसियाका राष्ट्रपति जोको विडोडो, बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासंग भेटवार्ता गरेका छन् । म्यानमारका राष्ट्रपति थान सेन, जापानका प्रधानमन्त्री सिन्जो आवे, चीनका राष्ट्रपति सि जिनपिङ, भारतीय विदेश मन्त्री सुषमा स्वराजसँग कोइरालाको भेटवार्ता भयो ।
इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोसंगको भेटमा दुईदेशबीच जनस्तरको सम्बन्ध थप मजबुत बनाउनेबारे छलफल भएको परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले बताए । 'दुई देशबीच पर्यटकहरु एकअर्को मुलुकमा सहजै आउजाउ गर्ने वातावरण बनाउन इन्डोनेसियाको चासो देखिएको छ,' मन्त्री पाण्डेले नागरिकन्युजसँग भने, 'नेपाल र इन्डोनेसियाबीच मुख्यतः पर्यटन क्षेत्रमा सहकार्य गर्न सकिनेबारेमा छलफल भएको छ,' उनले आइतबार यहाँका परराष्ट्रमन्त्री रेट्ने मार्सुदीसँग भएको आफ्नो भेटमा पनि यसबारेमा प्रयाप्त छलफल भएको बताए । 'नेपालमा आउने पर्यटक सोझै इन्डोनेसिया र यहाँका पर्यटक नेपाल पुग्ने सोझो हवाई सम्पर्क कायम गर्नेबारे हाम्रो छलफल भएको छ ।'
उनले प्राविधिक र प्रारम्भिक तहमा यसबारे गृहकार्य गर्ने सहमति भएको बताए । 'इन्डोनेसियामा नेपालको अबैतानिक बाणिज्य दूतावास राख्नेबारे यो भ्रमणमा उल्लेख्य प्रगति हुने देखिएको छ,' पाण्डेले भने । असंलग्न आन्दोलन चर्किएको ६० को दशकमा नेपालमा इन्डोनेसियाको दूताबास स्थापना गरिएएको थियो । पछि हटाइएको दूतावास पुनःस्थापित गर्नेबारेमा भ्रमण फलदायी भएको उनले बताए । काठमाडौंमा इन्डोनेसियाको अवैतानिक बाणिज्य दूतावास भए पनि इन्डोनेसियामा नेपालको दूतावास छैन ।
भेटका क्रममा बंगलादेशसँग ऊर्जा र पर्यटन क्षेत्रमा सहकार्य र सहयोग आदान प्रदान गर्नेबारे छलफल भएको परराष्ट्र सचिव शंकरदास बैरागीले जानकारी दिए । कोइरालाका समकक्षी बंगलादेशका प्रधानमन्त्री हसिनाले दुई देशबीच आर्थिक, सामाजिक एवं कूटनीतिक सम्बन्धलाई बढावा दिन इच्छा जाहेर गरेकी छन् ।
म्यानमारका राष्ट्रपति थान सेनसँगको भेटमा पर्यटन विकास र जनस्तरको सम्बन्धलाई अझ वृद्धि गर्नेबारे छलफल भएको बैरागीले जनाए । 'म्यानमार र नेपालबीच सोझो हवाइ सम्पर्क पुनःस्थापित गर्नेबारे पनि भेटमा छलफल भएको छ,' सचिव बैरागीले भने, 'यसअघि म्यानमार र नेपालबीच सोझो हवाइ सम्पर्क स्थापित भएको थियो ।' उनका अनुसार बिच्छेद भएको सोझो हवाई सम्बन्ध पुनःस्थापित गर्न दुबै देशको तर्फबाट चासो व्यक्त भएको छ । 'म्यानमारका राष्ट्रपति थान सेनले कोइरालालाई लुम्बिनीको विमानस्थल कहिले सुरु हुन्छ ?' भनेर सोधेका थिए । पहिले स्थापित काठमाडौ–यंगुन हवाई सम्बन्ध सफल हुन नसकेपछि स्थगित गरिएको थियो ।
कोइरालाले भेटका क्रममा चीनका राष्ट्रपति सि जिनपिङलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । कोइरालाले जापानका प्रधानमन्त्री सिन्जो आवे र भारतीय विदेश मन्त्री सुषमा स्वराजसँग शिष्टाचार भेट गरेका छन् ।