बाङडुङ सम्मेलन : शान्ति, विकास र समृद्धि साझा लक्ष्य
११ वैशाख २०७२
•
७ मिनेट पाठ
बाङडुङ सम्मेलन : शान्ति, विकास र समृद्धि साझा लक्ष्य
जाकर्ता (इन्डोनेसिया)- इन्डोनेसियाको जाकार्तामा जारी एसिया–अफ्रिका सम्मेलन शुक्रबार समापन भएको छ। जाकार्तामा बिहीबार सम्पन्न शिखर सम्मेलनले पारित गरेका महŒवपूर्ण तीनवटा दस्ताबेजलाई ऐतिहासिक सहर बाङडुङमा आयोजित स्मृति सभामार्फत घोषणा गर्दै सम्मेलनको समापन गरिएको हो।




शिखर सम्मेलनमा सहभागी नेताको ऐतिहासिक पदयात्रापछि शुक्रबार अपराह्न वाङडुङ स्मृति सभामा दस्ताबेजमाथि ऐक्यबद्धता हस्ताक्षर गरिएको थियो। सदस्य राष्ट्रका समकक्षी नेतासहित नेपालका प्रधानमन्त्री सुशील कोइरालाले बाङडुङ सभामा प्रतिनिधित्व जनाएका थिए। बुधबार र बिहीबार जाकार्तामा सम्पन्न शिखर सम्मेलनले नयाँ एसिया–अफ्रिका रणनीतिक साझेदारी (नास्प), प्यालेस्टाइन घोषणा र बाङडुङ सन्देश–२०१५ पारित गरेको थियो। 'तीनवटै दस्ताबेजलाई ऐतिहासिक बाङडुङ सभामा हस्ताक्षर गरेर घोषणा गरिएको छ,' पाण्डेले भने, 'यो सम्मेलनबाट दक्षिण–दक्षिणका राष्ट्रबीच सहकार्य र सहयोग आदानप्रदान गरेर अघि बढ्ने नीतिलाई थप बलियो बनाएको छ।' एसिया–अफ्रिका सहकार्यको नयाँ अध्याय सुरु भएको उनले बताए।

सम्मेलनमा सहभागी एसिया र अफ्रिकाका शीर्ष नेता आपसमा जुटेर एक–अर्को देशलाई सहयोग गर्न सहमत भएका छन्। शान्ति, विकास र समृद्धिका लागि दक्षिण–दक्षिण सहयोग वृद्धि गर्ने सहमतिको पहिलो दस्ताबेजमा उल्लेख छ। उक्त दस्ताबेजमा साझा उद्देश्य हासिल गर्न साझा योजनासमेत तय गरिएका छन्।

द्वन्द्वको चपेटमा रहेको प्यालेस्टाइनका बारेमा सम्मेलनमा महŒवपूर्ण छलफल चल्यो। प्यालेस्टाइनका जनताको आत्मनिर्णयको अधिकार सुरक्षित गर्नका लागि एसिया र अफ्रिकाका मुलुकको तर्फबाट पुनः ऐक्यबद्धता जाहेर गरिएको दस्ताबेजमा उल्लेख छ। दस्ताबेजमा तात्कालीन बाङडुङ सम्मेलनको नीतिलाई कार्यान्वयन गर्दै सदस्य राष्ट्रबीच अझ मजबुत सम्बन्ध कायम गर्ने उल्लेख छ। देशहरुबीच अर्थपूर्ण सहयोग आदानप्रदान गर्ने र साझा विकासको भावनाले अघि बढ्ने उल्लेख छ। शान्ति, विकास र समृद्धिलाई साझा लक्ष्य मानेर अघि बढ्ने नीतिलाई अझ जोड दिइएको छ।

जाकार्तादेखि करिब साढे दुई घन्टाको सडक दुरीमा रहेको बाङडुङ सहरमा आयोजित ऐतिहासिक स्मृति सभामा सहभागी हुन शीर्ष नेताहरू विषेश विमानमा बिहानै त्यसतर्फ प्रस्थान गरेका थिए। स्थानीय समयअनुसार बिहान ९ बजेदेखि सभा सुरु भएको थियो। प्रधानमन्त्री सुशील कोइराला, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसहित नेपाली प्रतिनिधि टोलीले ऐतिहासिक पदयात्रा र सभामा सहभागिता जनाएको थियो। 'विश्व शान्ति तथा समृद्धि प्रवर्द्धन गर्न दक्षिण–दक्षिण सहयोग सबलीकरण' नारा रहेको बाङडुङ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री कोइरालासहित १७ सदस्य नेपाली प्रतिनिधि टोली सोमबार इन्डोनेसिया आएको थियो।

प्रधानमन्त्रीको भेटवार्ता
इन्डोनेसिया भ्रमणका क्रममा प्रधानमन्त्री सुशील कोइरालाले इन्डोनेसियाका राष्ट्रपति जोको विडोडो, बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासंग भेटवार्ता गरेका छन्। म्यानमारका राष्ट्रपति थान सेन, जापानका प्रधानमन्त्री सिन्जो आवे, चीनका राष्ट्रपति सि जिनपिङ, भारतीय विदेश मन्त्री सुषमा स्वराजसँग पनि कोइरालाको भेटवार्ता भयो।

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोसँगको भेटमा दुईदेशबीच जनस्तरको सम्बन्ध थप मजबुत बनाउनेबारे छलफल भएको परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले बताए। 'दुई देशबीच पर्यटकहरु एकअर्को मुलुकमा सहजै आउजाउ गर्ने वातावरण बनाउन इन्डोनेसियाको चासो देखिएको छ,' पाण्डेले भने। 'इन्डोनेसियामा नेपालको अवैतानिक वाणिज्य दूतावास राख्नेबारेमा यो भ्रमणमा उल्लेख्य प्रगति भएको छ,' पाण्डेले भने। काठमाडौंमा इन्डोनेसियाको अवैतनिक वाणिज्य दूतावास भए पनि इन्डोनेसियामा नेपालको दूतावास छैन।

भेटमा बंगलादेशसँग ऊर्जा र पर्यटन क्षेत्रमा सहकार्य र सहयोग आदान–प्रदान गर्नेबारे छलफल भएको परराष्ट्र सचिव शंकरदास बैरागीले जानकारी दिए। बंगलादेशकी प्रधानमन्त्री हसिनाले दुईदेशबीच आर्थिक, सामाजिक एवं कूटनीतिक सम्बन्धलाई बढावा दिन इच्छा जाहेर गरेकी छन्।

म्यानमारका राष्ट्रपति थान सेनसँगको भेटमा पर्यटन विकास र जनस्तरको सम्बन्धलाई अझ वृद्धि गर्नेबारे छलफल भएको वैरागीले जनाए। 'म्यानमार र नेपालबीच सोझो हवाई सम्पर्क पुनःस्थापित गर्नेबारेमा पनि छलफल भएको छ,' सचिव वैरागीले भने। म्यानमारका राष्ट्रपति थान सेनले कोइरालालाई लुम्बिनीमा अन्तर्राष्ट्रि विमानस्थल कहिले सुरु हुन्छ? भनेर सोधेका थिए।

कोइरालाले भेटका क्रममा चिनका राष्ट्रपति सि जिनपिङलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस