काठमाडौं- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायतका नेताहरु हेलिकोप्टरमार्फत् गोरखाको बारपाक पुगेका छन् । उनीसँगै कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठ र सभासद छमबहादुर गुरु? पनि बारपाक पुगेका थिए ।
भूकम्पको केन्द्रबिन्दु रहेको बारपाकमा चिकित्सक लिएर गए पनि हेलिकोप्टर ल्यान्ड हुन नसक्दा चिकित्सकको टोलीलाई आरुघाटमा छोडिएको एमाओवादी नेता बाबुराम भट्टराईले बताए । उनीहरुले आरुघाटबाट बिरामी लिएर काठमाडौं फर्किएका थिए ।
माथिबाट हेर्दा बारपाकलगायतका ठाउँ पूरै ध्वस्त देखिएको उनले बताए । 'बारपाकलगायत तल्लो भेगका गाउँ ध्वस्त देदेखियो, उनले भने, 'माथिल्ले गाउँहरुको अवस्था पनि उस्तै छ ।' उपल्लो गोर्खाका अति विकट गाविसमा भएको क्षतिको विवरण अहिलेसम्म आउन सकेको छैन ।'
लाप्राक, केरौजा, ल्हो, प्रो, छेकम्पारलगायतका हिमाली गाविसमा ठूलो जनधनको क्षति भएको अनुमान गरिएको छ । जहाँ अहिलेसम्म उद्धार टाृेली पुग्न सकेको छैन । गोरखाको उपल्लो क्षेत्रमा सडक सुविधासमेत छैन । जसका कारण उद्धार टोली पुग्न ढिलाइ भएको छ । उद्धार टोली पुग्न नसक्दा मृतकको संख्या बढ्ने देखिएको उनले बताए ।