नेपाली कांग्रेस सिन्धुपाल्चोकको नवनिर्वाचित जिल्ला कार्यसमितिमा नेतृत्वसहित पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले बर्चश्व कायम गरेको छ।
चार दिन लगाएर सम्पन्न १४ औँ जिल्ला अधिवेशनले ५५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको घोषणा मंगलबार निर्वाचन समितिले गरेको छ। निर्वाचित घोषित समितिको पदाधिकारी र सदस्यमा संस्थापन पक्षले झण्डै–झण्डै एकलौटी जित निकालेको छ। दुई पदाधिकारीसहित तीन सदस्य जितेर संस्थापनइतर पक्ष जिल्ला समितिमा ‘क्लिन स्वीप’ हुनबाट जोगिएको छ।
सभापति देउवा र नेता शेखर कोइरालाको प्रतिनिधित्व गर्दै दुई प्यानल चुनावी प्रतिस्पर्धामा होमिएको थियो। देउवा पक्षले सात पदाधिकारीमध्ये सभापतिसहित पाँच पदमा जित निकाल्यो। कोइराला पक्षले एक उपभापति र एक कोषाध्यक्ष मात्र जित्यो। ४८ सदस्यमध्ये ४७ जना संस्थापन पक्षबाट निर्वाचित भए। कोइराला खेमाले एक सदस्यमा चित्त बुझायो।
दोस्रो चरणको मतदानबाट संस्थापन पक्षका जंगबहादुर तामाङ सभापतिमा निर्वाचित भए। उनले संस्थापनइतरका उम्मेदवार बंशलाल तामाङलाई ६४ मतान्तरले पराजित गरे। सभापतिमा निर्वाचित जंगबहादुरले ९ सय १२ मत ल्याउँदा प्रत्यासी बंशलालले ८ सय ४८ भोट मात्र ल्याए। दुई उपसभापतिमा संस्थापन र इतर समूहले एक÷एक सिट बाँडे। संस्थापनबाट टंक कार्की उपसभापतिमा निर्वाचित हुँदा इतर खेमाबाट दोर्जे लामाले जित निकाले। दुबै समूहबाट दुई/दुईसहित पाँच उम्मेदवार उपसभापतिको प्रतिस्पर्धामा उत्रिएका थिए।
सचिवको दुबै पदमा संस्थापनकै भक्तध्वज बोहरा र रमेशराज भण्डारी निर्वाचित भए। दुई सहसचिवमा संस्थापनबाट कृष्णभक्त नेपाल र इतर समूहका नरेश कार्की बिजयी भए। कार्यसमितिका ४८ सदस्यमध्ये ३३ जना मतदान प्रक्रियाबाट निर्वाचित भएका हुन्। १५ सदस्य निर्विरोध निर्वाचित भएका थिए।
कांग्रेस बिधानअनुसार पार्टीमा शक्तिशाली निकाय मानिने महासमिति सदस्य भने संस्थापन र इतरसमूहले बराबर जितेका छन्। २२ सदस्यीय महासमिति सदस्यमा दुबै समूहका ११/११ जना निर्वाचित भएका छन्। नवनिर्वाचित कार्यसमितिका पदाधिकारी, सदस्य र महासमिति सदस्यहरुलाई मंगलबारै प्रमाणपत्र बितरणसहित सपथ ग्रहण गराएर पदभार हस्तान्तरण गरिएको निर्वाचन समितिका सदस्य रहेका नेपाल शिक्षक संघका अध्यक्ष तुलसीप्रसाद दङ्गालले जानकारी दिए।