रेणुलाई जिताएर पाठ सिकि सकेकाले अब गल्ती हुँदैनः उपसभापति गुरुङ
०१ चैत्र २०७८
•
२ मिनेट पाठ
रेणुलाई जिताएर पाठ सिकि सकेकाले अब गल्ती हुँदैनः उपसभापति गुरुङ
नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ्ले अघिल्लै निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरीलाई चुनाब जिताएर गलत गरेको पाठ सिकि सकेकाले जर्वरजस्त गठबन्धन नहुने दावी गरेका छन्। उनले स्थानीय निकायको निर्वाचनमा केन्द्रले गठबन्धन गर्न कुनै पनि हालतमा हस्तक्षेप नगर्ने प्रस्टयाए।  




‘अघिल्लो २०७४ सालको निर्वाचन भरतपुर महानगरपालिकामा पुष्पकमल दाहालकी छोरी रेणुलाई जिताएर गलत गरेको भनेर पाठ सिकि सकेपछि अब फेरि काँग्रेसले गल्ती गर्दैन,’ केन्द्रीय उपसभापति गुरुङ्ले सुनसरीको रामधुनीमा मंगलबार काँग्रेस निकट साँस्कृतिक संघले आयोजना गरेको कार्यक्रममा भने। उनले रुख चिन्हबाहेक अरु चिन्हमा भोट हाल्ने कल्पना नगर्न आग्रह गरे।

‘यदि काही नजित्ने अवस्था हुँदा जहाँ जे छ, स्थानीय स्तरबाटै गठबन्धन गर्न सकिएला,’ गुरुङ्ले भने, ‘तर, केन्द्रबाट स्थान तोकेरै गठबन्धन गर्न बाध्य पारिने छैन्।’ उनले स्थानीय निकायको निर्वाचनमा टिकट वितरण न्यायोचित हुने बताउँदै तल्लो तहको निर्णय जे हुन्छ, त्यही अनुसार नै हुने बताए। ‘यदि तल्लो तहबाट निर्णय गर्न नसकेर माथिल्लो निकायलाई जिम्मा लगाउँदा मात्र समस्या हुनेछ,’ उनले भने।  

उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीले जनतालाई भ्रममा पारि रहेको जिकिर गरे। ‘पुष्पकमल दाहालले एमसिसिको विषयमै सहमतिमा हस्ताक्षर गर्ने अनि जनतासँग अर्को कुरा गरेर भ्रम छर्ने अनि केपी ओलीले महत्वकांक्षी आश्वासन जनतालाई बाढेर भ्रम सृजना गरेका हुन,’ उनले भने।  

सो कार्यक्रममा नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टी नेतृत्वप्रति प्रश्न उठाउँदै कसैको निरङ्कुसताबाट पार्टी नचल्ने दावी गरे। ‘अब पार्टी विधि र प्रक्रिया अनुसार चल्नुपर्छ, हामी बदलिन्छौ र बद्लन्छौ पनि,’ उनले भने, ‘स्थानीय निकायको निर्वाचनमा गठबन्धनको निर्णय बालुवाटरबाट नभई स्थानीय स्तरबाटै हुनेछ।’ यदि स्थानीय कार्यकर्ताको भावनाविपरीत निर्णय भए पार्टीभित्र विद्रोह हुन पनि उनले चेतावनी दिए।

होली पर्वको अवसरमा आयोजित होली मिलान कार्यक्रममा केन्द्रीय सदस्य राजीव कोइरालाले पार्टीभित्र एकताको सन्देश सुनसरीले दिने बताए। ‘अघिल्लो २०७४ सालको स्थानीय, प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनमा देशभरबाट कमजोर नतिजा आउँदा सुनसरीमा तीनवटै निर्वाचनमा दुई तिहाई ल्याउन सफल भएकाले गर्दा यसपटक पनि त्यो सन्देश दिने विश्वास छ,’ उनले भने। कार्यक्रम संयोजक डिल्ली कार्कीले पार्टीका कार्यकर्तालाई अबसर दिँदा नेतृत्वमा बसेकाले न्यायोचित ढंगले गर्नुपर्ने बताए।
अर्को समाचार
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
१ मिनेट अघि
•
१ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ। 




केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्न शनिबार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री प्रदीप पौडेलले सरकारलाई अध्यादेश फिर्ता लिन, संसद्को अधिवेशन बोलाउन र संवैधानिक संस्थाको मर्यादा कायम राख्न आग्रह गरेका हुन्।

पौडेलले सरकार गठनको सुरुवाती कमजोरीलाई अनुभवको कमीका रूपमा लिएर कांग्रेसले संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको कार्यशैली र नेतृत्वको सोचमाथि प्रश्न उठेको उनको भनाइ थियो। संसद्लाई छल्ने, संसदीय समितिप्रति जवाफदेही नहुने र अध्यादेशमार्फत शासन चलाउन खोज्ने प्रवृत्ति देखिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ।

बैठकले प्रेस स्वतन्त्रता तथा भदौ २३ र २४ गतेका घटनासँग जोडिएका विषयमा पर्याप्त छलफल नगरी ल्याइएका अध्यादेश फिर्ता लिन र संसद्को अधिवेशन आह्वान गर्न सरकारसँग माग गरेको छ। त्यस्तै, विभिन्न प्रकरणमा राज्य शक्तिको दुरुपयोग र राजनीतिक हस्तक्षेप भएको भन्दै निष्पक्ष तथा स्वतन्त्र अनुसन्धान गर्नुपर्ने निर्णय गरेको पौडेलले बताए।

कांग्रेसले अर्थतन्त्र कमजोर हुँदै गएको, महँगी बढेको र नागरिकको जनजीविका कठिन बनेको विषयमा पनि सरकारको ध्यानाकर्षण गराएको छ। निजी क्षेत्रको विश्वास फर्काउन, लगानीको वातावरण बनाउन तथा किसानले उत्पादनको उचित मूल्य पाउने व्यवस्था गर्नुपर्ने उसको माग छ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई कांग्रेसले सकारात्मक माने पनि सीमा विवादलगायतका महत्त्वपूर्ण विषय उठाउन नसकेको भन्दै प्रश्न गरेको छ। भैरहवा हुँदै दुईतर्फी हवाई मार्ग सञ्चालन गर्ने सहमति र भारतले घोषणा गरेको २४० अर्ब रुपैयाँ बराबरको सहयोग प्याकेजलाई भने स्वागत गरेको पौडेलले जानकारी दिए।

बैठकले भोटेकोशी, बूढीगण्डकी र कालीगण्डकी क्षेत्रका बाढीपीडितको पुनःस्थापना तथा पुनर्निर्माणका लागि पहल गर्नुपर्ने निर्णय गरेको छ। सुकुमबासी तथा भूमिहीनलाई वैकल्पिक व्यवस्था नगरी हटाउने काम रोक्न र उनीहरूको व्यवस्थापन मानवीय ढंगले गर्न पनि कांग्रेसले माग गरेको छ।

त्यस्तै, पार्टीको नाम, झण्डा, लेटरप्याड र चुनाव चिह्न रुख अनधिकृत रूपमा प्रयोग गर्ने व्यक्ति तथा समूहविरुद्ध कानुनी प्रक्रिया अघि बढाउने निर्णय भएको छ। बैठकले कार्यसम्पादन समिति र केन्द्रीय अनुशासन समितिलगायतका समिति गठनका लागि सभापतिलाई अधिकार प्रत्यायोजन गरेको छ।

कांग्रेसले लैंगिक समानता तथा सामाजिक समावेशीकरण प्रतिष्ठान स्थापना गर्ने र लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानप्रति ऐक्यबद्धता जनाउने निर्णय पनि गरेको छ। साथै, सार्वजनिक कार्यक्रम सञ्चालन कार्यविधि २०८३ परिमार्जनसहित पारित गरेको छ।

किसानका समस्या समाधान र उत्पादनको उचित मूल्य निर्धारण गर्नुपर्ने विषयलाई पनि बैठकले निर्णयमा समेटेको पौडेलले बताए। कांग्रेसले सरकारका कामकारबाहीमाथि संसद् र सार्वजनिक मञ्चबाट निरन्तर निगरानी तथा खबरदारी गर्ने जनाएको छ।

https://images.nagariknewscdn.com/pdf/jpg2pdf.pdf
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
यो पनि पढौँ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस