निर्वाचन तालमेल कसरतः विकल्प खोज्दै दलहरू
०२ चैत्र २०७८
•
६ मिनेट पाठ
निर्वाचन तालमेल कसरतः विकल्प खोज्दै दलहरू
सत्तारुढ प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमात्र होइन, प्रदेश र प्रतिनिधिसभाको चुनावमा पनि तालमेलको आवश्यकता औँल्याउँदै आएका छन्। सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसदेखि सत्तामा रहेका सबै दलका शीर्ष नेताले स्थानीय तहको निर्वाचनमा तालमेलको सहमति भइसकेको दाबी गर्दै आएका छन्।




कांग्रेस पदाधिकारीहरूले पार्टीले सञ्चालन गरेको एकमहिने अभियानपछि बस्ने केन्द्रीय समितिको बैठकले मात्र तालमेलका विषयमा निर्णय गर्ने बताएका थिए। तर, त्यसको एकदिन बित्न नपाउँदै प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनमा तालमेल हुने दाबी गरेका छन्। 

वीरगन्जमा आयोजित कार्यक्रममा चुनावी तालमेल हुने बताएका देउवाले कहाँकहाँ, कसरी र कुनकुन दलसँग हुन्छ भन्ने खुलाएनन्। चुनावी तालमेल नगरे आगामी निर्वाचन परिणाम पनि कांग्रेसका लागि २०७४ सालको जस्तै हुनसक्ने उनको भय थियो। त्यतिबेला कांग्रेससँग सत्ता साझेदारी गरेको माओवादी केन्द्रले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रमुख प्रतिपक्षी एमालेसँग चुनावी तालमेल गरेको थियो।  

२०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा माओवादीसँग चुनावी सहकार्य गरेको कांग्रेस नेतृत्को पार्टी पंक्तिबाटै आलोचना भएको थियो। त्यतिखेरको स्थानीय निर्वाचनमा दुई ठूला दल मिल्दा पनि परिणाम आफ्नो पक्षमा नआउँदा आलोचना खेपेका देउवा आगामी निर्वाचनसम्म सत्ता गठबन्धनलाई कायमै राखेर अघि बढ्ने पक्षमा छन्।

गठबन्धन नगर्दा माओवादी केन्द्र फेरि प्रमुख प्रतिपक्षी एमालेसँग चुनावी तालमेलका लागि तयार हुनसक्ने देउवाको बुझाइ रहेको निकट स्रोतको दाबी छ। ‘गठन, विघटन र विभाजनले माओवादी केन्द्रको संगठन कमजोर बनेको छ।

आफ्नो अस्तित्व जोगाउन उसले फेरि एमाले खोज्न सक्छ,’ निकट एक नेताले भने, ‘हिजो पनि एमाले र माओवादीको सिद्धान्त होइन, स्वार्थ मिलेको हो। अहिले पनि त्यो अवस्था आउन सक्छ। कांग्रेसले त्यसलाई रोक्नुपर्छ भन्ने प्रधानमन्त्रीको बुझाइ भएजस्तो देखिन्छ।’

२०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेसले माओवादीका उम्मेदवारलाई भोट हाले पनि माओवादीले कांग्रेस उम्मेदवारलाई मत नदिएको नेताहरूको बुझाइ छ। ‘तालमेल गरेर उनीहरूका उम्मेदवारलाई हामीले भोट हाल्ने तर हाम्रा उम्मेदवारलाई उनीहरूले भोट नहाल्ने अवस्था आउने त होइन भन्ने संशय पार्टीका नेता तथा कार्यकर्तामा छ,’ ती नेताले भने, ‘तर हाम्रो निर्वाचन प्रणालीअनुसार सरकार बनाउन दलीय सहकार्य र तालमेल आवश्यक छ।’ अब हुने स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सबै ठाउँमा माथिबाटै निर्णय गरेर तालमेलको सम्भावना भने कम रहेको दाबी गर्दै ती नेताले थपे, ‘स्थानीय तहमा महानगर, उपमहानगरसहित केही पालिका, प्रदेश र प्रतिनिधिसभामा केही नेताको स्थान सुरक्षित (तालमेल) गर्नेगरी पार्टीहरू अघि बढ्ने सम्भावना छ।’

निर्वाचन तालमेलका विषयमा सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले विभिन्न विकल्प सार्वजनिकरूपमै प्रस्तुत गर्दै आएका छन्। तर गठबन्धनको नेतृत्व गरेको कांग्रेसले तालमेलका विकल्पबारे संस्थागतरूपमा केही बोलेको छैन। महामन्त्री गगनकुमार थापाले स्थानीय चुनावमा कहाँ, कोसँग, कसरी तालमेल गर्ने वा नगर्ने निर्णय गर्ने अधिकार पार्टीका स्थानीय तहलाई नै छाड्नुपर्ने धारणा राख्दै आएका छन्।

तर सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनकै बैठकमा अहिले जुन पालिका जसले जितेको छ, आगामी निर्वाचनमा पनि उसैको उम्मेदवार उठाउने प्रस्ताव गरेका छन्। उनले गठबन्धनबाहेकका दलहरूले जितेका स्थानीय तहमा भने पार्टीहरूको अवस्थाको मूल्यांकन गरी तालमेल गर्ने विकल्प प्रस्तुत गरेका छन्।

यस आधारमा आगामी स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिका माओवादीलाई छाड्न्पर्ने देखिन्छ। जसले गर्दा दाहालको प्रस्तावमा पार्टीभित्र खासै छलफल अघि नबढेको स्रोतको दाबी छ।

दाहालले स्थानीय तहको चुनावमा सत्तारुढ गठबन्धनबीच तालमेल प्रयास जारी रहेको बताउँदै आएका छन्। जनतासँगको सम्बन्ध बलियो बनाएर आफ्नै खुट्टामा उभिएर चुनाव जित्न उच्च प्राथामिकता दिने भन्दै दाहालले विराटनगरमा आयोजित एक कार्यक्रममा भने, ‘तर सत्तारुढ दलबीचको सम्बन्ध कायम राख्दै तालमेलका लागि पनि नेतृत्वले प्रयास जारी राख्छ।’

नेकपा एमालेबाट छुट्टिएर गठन भएको नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले एउटा पार्टीले प्रमुख, अर्कोले उपप्रमुख, तेस्रोले वडाध्यक्ष, अर्कोले सदस्य लिएर गठबन्धन गर्न सकिने प्रस्ताव अघि सारेका छन्।

एउटा वडामा एउटा पार्टीले अध्यक्ष पाउँदा अर्कोमा अर्कै पार्टीले वडा अध्यक्ष पाउने दाबी गर्दै धादिङमा आयोजना गरिएको एक कार्यक्रममा अध्यक्ष नेपालले भने, ‘नेकपा एस एक्लै जित्ने ठाउँमा एक्लै पनि चुनाव लड्छ, त्यसका लागि तयारी हुनुहोस्।’

पार्टीले एक्लै जित्ने स्थानमा तालमेलको आवश्यकता नरहेको बताउँदै कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले भने, ‘गठबन्धन गर्नैपर्छ भन्ने छैन। एक्लै जित्न सकिन्छ भने कांग्रेसले कसैसँग गठबन्धन गर्न आवश्यक छैन। स्थानीय तहमा आवश्यक भए गठबन्धन हुन्छ, नभए हुँदैन।’ सैद्धान्तिकरूपमा कांग्रेस र कम्युनिस्ट नमिल्ने भन्दै पौडेलले निर्वाचन प्रणालीका कारण प्रदेश र संघमा सरकार गठनका लागि गठबन्धन आवश्यक देखिएकाले चुनावी तालमेललाई नकारेर जाने अवस्था भने नरहेको बताए। 

कांग्रेसको फागुन २९ गतेबाट सुरु भएको एकमहिने अभियानमा पनि सत्ता गठबन्धनमा रहेका दलविरुद्ध नबोल्न सभापति देउवाले केन्द्रीय प्रतिनिधिदेखि पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। तर गठबन्धनको नेतृत्व गर्दै आएको कांग्रेस अभियानपछि आफ्नो अवस्था मजबुत रहेको विश्लेषणमा पुग्यो भने चुनावमा तालमेल गरेर जाने समझदारीबाट पछि हट्न पनि सक्ने माओवादीको विश्लेषण छ। 

त्यस्तो अवस्थामा अहिलेको गठबन्धनमा रहेका कांग्रेसबाहेकका दलहरूबीच मात्रै तालमेल गर्ने अवस्था पनि आउनसक्ने माओवादीका एक नेताले दाबी गरे। ‘एमालेसँग तत्काल तालमेलको सम्भावना नरहेको अध्यक्ष दाहालले भन्दै आउनुभएको छ,’ ती नेताले भने, ‘कांग्रेस अहिलेको अवस्थाबाट पछि हट्यो भने अन्य दल एक ठाउँमा हुन्छौं।’

प्रधानमन्त्री देउवा भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पनि स्थानीय तह निर्वाचनअघि सरकारमा ल्याउने प्रयासमा छन्। प्रमुख प्रतिपक्षी एमाले लोसपासहितका दलहरूसँग चुनावी गठबन्धनको गृहकार्यमा जुटेका बेला देउवाले लोसपाका शीर्ष नेताहरूसँगको छलफललाई तीव्र पारेका छन्। लोसपाले सत्तामात्र होइन, कांग्रेस नेतृत्वमा चुनावी तालमेल गर्दै लोकतान्त्रिक गठबन्धन निर्माणको प्रस्ताव गरेको छ। कांग्रेस नेतृत्वमा रहेको वर्तमान गठबन्धन अप्राकृतिक भएको लोसपाका नेताहरूको दाबी छ।

प्रमुख प्रतिपक्षी एमालेले पनि आगामी निर्वाचनमा गठबन्धन बनाउन लोसपा, राप्रपासहितका दलसँग छलफल गरिरहेको छ। तर मंगलबार अखिल नेपाल महिला संघले राजधानीमा आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई चुनाव जित्न गाह्रो नभएको दाबी गरेका छन्।

सत्ता गठबन्धनमा रहेका पाँचवटै दलबीच तालमेल भए पनि एमालेले चुनाव जित्ने दाबी गर्दै ओलीले भने, ‘यिनीहरू ससाना समूह हुन्। एक्लाएक्लै आए त कर्‍याककुरुक पार्छौं। सबै मिलेर आउँदा पनि मर्‍याकमुरुक पार्छौं। चुनाव जितिन्न है, गाह्रो छ भन्नुपर्दैन।’
अर्को समाचार
कांग्रेस पदाधिकारी बैठक शुक्रबार बस्ने
१७ असार २०७८
•
१ मिनेट पाठ
कांग्रेस पदाधिकारी बैठक शुक्रबार बस्ने
नेपाली कांग्रेसको पदाधिकारी बैठक शुक्रबार बस्ने भएको छ। आवश्यक तयारी नपुगेको जनाउँदै आज बस्ने भनिएको बैठक स्थगित गरिएको थियो।




कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी मापदण्डबारे शीर्ष तहमा सहमति जुटाउने प्रयास भइरहेको जनाइएको छ। कांग्रेस मुख्यचिव कृष्णप्रसाद पौडेलले शुक्रबार अपराह्न २ बजे बस्ने बैठकले क्रियाशील सदस्यता सम्बन्धी विषयको टुङ्गो लगाउने जानकारी दिए। बैठकमा कांग्रेसका पदाधिकारी, पूर्व पदाधिकारी र क्रियाशील सदस्यता छानबिन समितिका पदाधिकारीहरुलाई बोलाइएको छ।

छानबिन समितिका अनुसार पार्टीमा हालसम्म आठ लाख ३० हजारभन्दा बढी सदस्यता प्रवेश भएको छ। कांग्रेसमा १४औँ महाधिवेशनको तयारी तीव्र रुपमा भइरहेको छ। पार्टीले क्रियाशील सदस्यता छानबिन गर्न केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा समिति गठन गरेको छ। 
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस