नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी निर्वाचनमा सगठबन्धन सँगै रहने/नरहने नेपाली काँग्रेसको व्यवहारमा भर पर्ने बताएका छन्। प्रेस सेन्टर नेपालले आज बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले तत्काल एमालेसँग सहकार्यको कुनै योजना नभएपनि काँग्रेसको व्यवहारले आगामी कार्यदिशा निर्धारण गर्ने बताएका हुन्।
एमालेसंग चुनावी गठबन्धनको सम्भावना कत्तिको छ भन्ने पत्रकारहरुको प्रश्नमा उनले भने, ‘तत्काल एमालेसँग सहमतिको सम्भावना देखिँदैन तर राजनीतिमा असम्भव भन्ने केही हुँदैन। काँग्रेसले लखेट्न खोज्यो भने के हुन्छ भन्न सकिँदैन,’ उनले भने। अध्यक्ष प्रचण्डले काँग्रेसका केही अतिवादी नेताहरुले कुनै हालतमा चुनावी तालमेल हुँदैन भन्ने अभिव्यक्ति दिइरहेको र उनीहरुकै कारण गठबन्धनलाई असर गर्न सक्ने बिचार व्यक्त गरे।
काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा भने गठबन्धनलाई बचाएरै जानु पर्ने पक्षमा रहेकाले एमालेसँग चुनावी तालमेल गर्नुपर्ने अवस्था नआउनेमा उनले विश्वास व्यक्त गरे। ‘काँग्रेसका केही नेताहरुले कुनै हालतमा तालमेल गरिँदैन भनेर अतिवादी ढंगले बोल्न थाल्नु भएको छ। तर देउवा जीले त्यसरी नबोल्न भनिसक्नु भएकाले अवस्था त्यतातिर नजाला भन्ने पनि छ,’ प्रचण्डले भने।
चुनावी तालमेल भएपनि स्थानीय आवश्यकताका आधाारमा केही स्थानमा मात्रै हुने भन्दै उनले आफ्नै एजेण्डा र शक्तिमा निर्वाचन जित्ने गरी लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए। पार्टीको सामाजिक, आर्थिक र राजनीतिक एजेण्डासहित उत्साहका साथ निर्वाचनमा होमिन आग्रह समेत गरे। राजनीतिक र सामाजिक जागरणसहित जनतालाई आर्थिक रुपमा सम्पन्न गराउने पार्टीको मुख्य लक्ष्य रहेको भन्दै उनले सोही नारा लिएर जनताको घर घरमा पुग्न निर्देशन दिए।
एमसिसीको प्रशंगमा उनले तत्काल संशय टरेको जस्तो देखिएपनि प्रतिगमनको खतरा भने अझै टरिनसकेको उल्लेख गरे। गठबन्धन र देश दुवैलाई संकटबाट पार लगाउन केही बिषय परिर्माजन गरेर एमसिसी पास गर्नु परेको उनले बताए। एमाले अध्यक्ष केपी शर्मा ओली कुण्ठाले भरिएका व्यक्ति भएको उल्लेख गर्दै उनले ओलीमा देश र जनताप्रति कुनै चिन्ता र चासो नभएको बताए। पार्टीको लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमका लागि बिहीबार बुटवल आएका प्रचण्डले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुने पनि दोहोर्याए।