यस्तो छ निर्वाचन आचारसंहिता
०४ चैत्र २०७८
•
५ मिनेट पाठ
यस्तो छ निर्वाचन आचारसंहिता
आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहेमा हाल कार्यरत जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने भएको छ। राजपत्रमा बिहीबार प्रकाशित निर्वाचन आचारसंहितामा बहाल रहेका जनप्रतिनिधिले स्थानीय तह निर्वाचनमा उम्मेदवारी मनोनयन दर्ता गर्नुअघि पदबाट राजीनामा दिनुपर्ने प्रावधान छ।  




राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहिताको दफा ३६ मा उल्लेख गरिएको छ, ‘कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी बहाल रहेका निर्वाचित वा मनोनीत पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन गर्नुअघि बहाल रहेको पदबाट राजीनामा दिनुपर्नेछ।’

निर्वाचन आयोगले तयार पारेको आचारसंहिता केही दिनपछि लागू हुने जानकारी आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले गराएका छन्। ‘आयोगले मिति तोकेपछि आचारसंहिता लागू हुनेछ,’ उनले भने, ‘आयोगले मतदातादेखि प्रधानमन्त्रीसम्मका लागि आचारसंहिता जारी गरेको छ। चैतको दोस्रो साताबाट निर्वाचनसम्बन्धी आचारसंहिता लागू हुने सम्भावना छ।’  

आचारसंहितामा सामाजिक सञ्जालमा गर्न नहुने कुराहरू समेत समावेश गरिएको छ। आयोगले तोकेको मितिपछि सामाजिक सञ्जाल फेसबुक, ट्विटर, युट्युब, टिकटकलगायतमा निर्वाचनलाई प्रभाव पार्ने, गलत र भ्रामक सूचना प्रवाह गर्न वा गराउन पाइने छैन। निर्वाचनमा प्रभाव पार्ने खालका एकाउन्ट र साइटहरू सञ्चालन गर्न वा गराउन पाइने छैन। चरित्र हत्या हुने र व्यक्तिगत लाञ्छना लगाउने प्रकृतिका सामग्री प्रकाशन वा प्रसारण गर्न वा गराउन पाइने छैन। त्यस्तै निर्वाचनको मत सर्वेक्षण सार्वजनिक गर्न रोक लगाइएको छ। निर्वाचन आचारसंहिता २०७८ को चार नम्बर बुँदामा उल्लेख गरिएको छ, ‘उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतपरिणामको घोषणा नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न पाइने छैन।’

आयोगले नेपाल सरकार, प्रदेश सरकार, मन्त्री, स्थानीय कार्यपालिका तथा स्थानीय कार्यपालिकाका पदाधिकारीले सामाजिक सञ्जाल सञ्चालन गर्ने क्रममा आचारसंहिताको पालना गर्नुपर्ने उल्लेख गरेको छ। राजनीतिक दलका भ्रातृ संगठनका लागि आचारसंहितामा उल्लेख गरिएको छ, ‘अनलाइन, वेब पेज, टिभी स्क्रोलिङ, सपिङ मलमा डिस्पे, कल सेन्टर सञ्चालन, बैंकका एटिएम काउन्टरमा सन्देश वा सडक नाटकलगायतका माध्यमबाट दलको वा उम्मेदवारको बारेमा कुनै प्रचारप्रसार गर्न वा गराउन नहुने।’

उम्मेदवारले आफ्नो कार्यालयबाहेकका स्थानमा डिजिटल बोर्ड, फ्लेक्स र ग्लोसाइन बोर्ड राखेर प्रचारप्रसार गर्न प्रतिबन्ध लगाइएको छ। उम्मेदवारको कार्यालयमा राखिने तुलको कपडामा बनाइएको ३/३ फिटको दलको झन्डा र सोही नापको निर्वाचन चिन्ह राख्न पाउने प्रावधान आचारसंहितामा राखिएको छ। आचारसंहितामा स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्न नहुने, कार्यक्रम गर्नुभन्दा ७२ घण्टा अघि प्रशासन र प्रहरीलाई जानकारी दिनुपर्ने प्रावधान राखिएको छ। जुलुस वा आमसभामा भाग लिने वा प्रचार प्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिन्ह, झन्डा अंकित लोगो, स्टिकर, टिसर्ट, ज्याकेट, मास्क र झोला बोक्न नहुने आचारसंहितामा उल्लेख गरिएको छ।

दलहरूले दुईजना मुख्य प्रचारकको नाम आयोगलाई बुझाउनुपर्ने र उनीहरूले हेलिकोप्टर प्रयोग गर्न पाउने आचारसंहितामा उल्लेख गरिएको छ। ‘आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकोप्टर प्रयोग गर्न पाउनेछन्,’ आचारसंहितामा उल्लेख गरिएको छ, ‘उम्मेदवारले गर्न पाउने खर्चको सीमाभित्र रहेर गर्नुपर्ने हुन्छ।’ उम्मेदवारले ए फोर साइजको कागजमा आफ्नो व्यक्तिगत पहिचानको विवरण खुलाई वितरण गर्न पाइनेछ। तर उम्मेदवारले क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रमजस्ता संस्थालाई नगद वा जिन्सी वितरण गर्न, अनुदान वा आर्थिक सहायता, चन्दा, पुरस्कार दिन वा दिने घोषणा गर्न पाइने छैन।

निर्वाचन प्रचार प्रसारको काम पनि बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्नुपर्नेछ। सार्वजनिक भवन, सडकका पोल वा कुनै सार्वजनिक स्थानमा दलको झन्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न पाइने छैन। निर्वाचन प्रसारप्रचारमा १८ वर्ष मुनिका बालबालिकालाई प्रयोग गर्न पाइने छैन। निर्वाचन अधिकृतको अनुमति लिई उम्मेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा बढीमा दुईवटा दुई पांग्रे वा तीन पांग्रे वा चार पांग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधन र त्यस्ता सवारी साधन नचल्ने ठाउँमा चारवटा घोडा प्रयोग गर्न पाइनेछ। एउटा दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारीसाधन अन्य दल वा उम्मेदवारलाई प्रयोग गर्न दिन पाइने छैन। निर्वाचन प्रचारप्रसारका लागि विदेशी नम्बर प्लेटको सवारी साधनलाई अनुमतिपत्र नदिइने आचारसंहितामा उल्लेख गरिएको छ।

आयोगले स्थानीय तह निर्वाचनमा महानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारलाई अधिकतम सात लाख ५० हजार रूपैयाँ खर्च गर्न पाउने सीमा तोकेको छ भने महानगरपालिकाअन्तर्गत विभिन्न वडाका वडाध्यक्ष र सदस्यका उम्मेदवारले अधिकतम तीन लाख ५० हजार रूपैयाँ खर्च गर्न पाउने सीमा तोकिएको छ। आयोगले आचारसंहिता कार्यान्वयन गर्न गराउन स्थानीय तहसम्म अनुगमन समिति गठन गर्ने भएको छ। हरेक जिल्लामा गठन गरिने अनुगमन समितिले आचारसंहिता उल्लंघन भए नभएको अनुगमन गर्नेछ।  

आयोगले स्थानीय तह निर्वाचनमा ७३ राजनीतिक दलका उम्मेदवारलाई सोही दलको निर्वाचन चिन्ह प्रदान गर्नेसम्बन्धमा जिल्ला स्तरको संगठन संरचना (जिल्ला समिति) को विवरण चैत ६ गतेभित्र पेस गर्न पत्राचार गरेको छ। ‘दलहरूले आफू सक्रिय रहेको जिल्ला तोकेर आयोगलाई बुझाएको विवरणका आधारमा सोही जिल्लामा दलको निर्वाचन चिन्ह प्रदान गरिने निर्णय भएको छ,’ आयोगका प्रवक्ता पौडेलले भने, ‘स्थानीय तहमा लागू नहुने गरी आयोगले सक्रियताको आधारमा साना दलहरूलाई निर्वाचन चिन्ह प्रदान गर्ने भएको हो। आयोगमा दर्ता भएका ७९ दलमध्ये स्थानीय निर्वाचन ऐनअनुसार राष्ट्रिय मान्यता प्राप्त गरेर ६ वटा दलले मात्र पार्टीगत निर्वाचन चिन्ह पाउँछन्।’ तोकिएको समयभित्र विवरण पेस नगर्ने राजनीतिक दलका उम्मेदवारलाई आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २६ को उपदफा ७ बमोजिम स्वतन्त्र उम्मेदवारलाई प्रदान गरिने निर्वाचन चिन्ह प्रदान गर्ने निर्णय गरेको छ।
अर्को समाचार
'दलहरु आफैँले हस्ताक्षर गरेर सहमति जनाएको आचारसंहिता उल्लंघन गरे'
२१ कार्तिक २०७९
•
१ मिनेट पाठ
'दलहरु आफैँले हस्ताक्षर गरेर सहमति जनाएको आचारसंहिता उल्लंघन गरे'
निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनका लागि सम्पूर्ण तागत लगाएको स्पष्ट पारको छ।




पूर्व प्रमुख निर्वाचन आयुक्तहरुसँगको छलफलका क्रममा निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनको कडीको रुपमा रहेको आचारसंहिता पालना गराउने सवालमा आयोगले सम्पूर्ण ध्यान केन्द्रित गरेको स्पष्ट पारेका हुन्।

पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले विगतका निर्वाचनमा आचारसंहिता उल्लंघन भएको, धाँधली भएको, मतपेटीका हराएको लगायत घटनाहरुको दृष्टान्त दिँदै त्यसतर्फ सचेत हुन आयोगको ध्यानाकर्षण गराएपछि निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त भण्डारीले आचारसंहिता पालना गराउने सवालमा आयोगले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका हुन्।

उनले राजनैतिक दल र सरोकारवालाहरुसँगको परामर्शका आधारमा आयोगले आचारसंहिता बनाएकाले पालना गरेर सबैले इमान्दारिता देखाउनुपर्नेमा पनि जोड दिए। आचारसंहिता राजनैतिक दल, सरोकारवाला निकाय र आयोगको साझा सहमतिको दस्तावेज भएको र त्यसमा राजनैतिक दलले हस्ताक्षर गरेर पालना गर्ने प्रतिबद्धता जनाएकाले प्रतिबद्धताप्रति दलहरु पनि जिम्मेवार हुनुपर्ने तर्क उनले गरे।

उनले निर्वाचन व्यवस्थापनको विषय कठिन भएपनि आफूहरुले चुनौती नभइ अवसरको रुपमा लिएको उल्लेख गर्दै आचारसंहिता लागू गर्ने कुरामा आयोग सधैँ निष्पक्ष र निष्ठापूर्वक उभिने स्पष्ट पारे। निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त भण्डारीले स्वतन्त्र, निष्पक्ष, भयरहित र सर्वस्वीकार्य निर्वाचन गराउने सवालमा आयोग कटिबद्ध रहेको र सोही अनुसार आफ्ना काम कारबाही अघि बढाएको पनि स्पष्ट पारे।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस