'राहत भित्र्याउन सहज व्यवस्था होस्'
२२ वैशाख २०७२
•
१० मिनेट पाठ
'राहत भित्र्याउन सहज व्यवस्था होस्'
काठमाडौं- अन्तर्राष्ट्रिय समुदायले भूकम्पपीडितका लागि राहत सामग्री ल्याउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) मा अनावश्यक झन्झट बेहोर्नुपरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। राहत सामग्री ल्याएको घन्टौं बित्दा पनि टिआइएबाट नछुटेपछि उनीहरू असन्तुष्ट भएका हुन्।काठमाडौंमा रहेका कूटनीतिक नियोगका प्रमुखहरूलाई देशको पछिल्लो अवस्थाबारे जानकारी गराउन परराष्ट्रले मन्त्रालयमा आयोजना गरेको ब्रिफिङ कार्यक्रममा उनीहरूले टिआइएलगायत बिभिन्न नाकाबाट राहत सामग्री झिकाउने प्रक्रिया सहज गरिदिन आग्रह गरे।




'टिआइएलगायत विभिन्न नाकाबाट राहत सामग्री झिकाउन कठिन भएको गुनासो अन्तर्राष्ट्रिय समुदायले गरेका छन्,' ब्रिफिङ कार्यक्रममा सहभागी मन्त्रालयका एक उच्च अधिकारीले नागरिकसँग भने, 'सामग्री छुटाउने प्रक्रिया सहज गरिदिन उनीहरूको सामूहिक आग्रह छ।'

भूकम्प प्रभावित क्षेत्रमा सरकारले राहत सामग्री पुर्यादउन नसक्दा पीडितहरू भोकभोकै बस्न बाध्य छन् भने उनीहरूलाई वितरण गर्न अन्तर्राष्ट्रिय समुदायले ल्याएका सामग्री भने टिआइमा थुप्रिएका छन्। केही दातृ निकायले ल्याएका राहत सामग्री दुई दिन बित्दासमेत विमानबाट बाहिर ल्याउन सकेका छैनन्। यसैबीच मन्त्रालयले सोमबार ब्रिफिङ कार्यक्रम राखेपछि अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिले परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई राहत सामग्री झिकाउने प्रक्रिया सहज गरिदिन भनेका हुन्।

'अन्तर्राष्ट्रिय समुदायमा केही भ्रम परेको रहेछ हामीले त्यसलाई स्पष्ट पार्यौं । उहाँहरूलाई राहत सामग्रीको पनि भन्सार कर बुझाउनुपर्छ भन्ने परेको रहेछ। हामीले राहत सामग्रीमा त्यस्तो कुनै कर नलाग्ने जनायौं,' मन्त्री पाण्डेले भने, 'हामीले उहाँहरूलाई उद्धार कार्य सकियो, अब राहत सामग्री सहयोग गर्न आग्रह गरेका छौं।'

कार्यक्रममा उद्धार कार्य सकिएकाले त्यसमा सघाउने विदेशीलाई उनले धन्यावाद दिएका थिए। मन्त्री माण्डेले कार्यक्रममा अब राष्ट्र राहत सामग्री वितरणमा केन्द्रित हुने जनाउ दिएका थिए। उनले के के राहत सामग्री ल्याउन पाउने भन्ने सरकारले तयार पारेको सूची पनि अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराए। 'सूचीमा रहेका बाहेक अन्य सामग्री ल्याउन पाइँदैन,' परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले भने।

सरकारले तयार पारेको सूचीअनुसार आवास, सरसफाइ, लत्ताकपडा, शैक्षिक, खाद्य, मेडिकल र कृषिजन्य गरी २ सय ५१ खालका सामग्री राहतका लागि अन्तर्राष्ट्रिय समुदायले ल्याउन पाउनेछन्। आवास (सेल्टर) का लागि आवश्यक पर्ने राहतको सूचीमा सरकारले त्रिपाल/पाल, म्याट्स, म्याट्रेस, डस्ना, तन्ना, ब्ल्यांकेट, स्टोभ, मोबाइल ट्वाइलेट, चार्जेबल बत्ती, इमर्जेन्सी लाइट, थर्मस, पानी ट्यांकीलगायत १७ प्रकारका सामग्री समेटिएका छन्।

अन्तर्राष्ट्रिय समुदायले सरसफाइसम्बन्धी ३१ प्रकारका राहत सामग्री ल्याउन सक्नेछन्। त्यसमा किट्स, तौलिया, साबुन, बच्चाको डाइपर्स, क्लोरिन परीक्षण गर्ने किट, मास्क, टिस्यु पेपर, कपास, टेस्टट्युबलगायत छन्। अन्तर्राष्ट्रिय समुदायले राहतअन्तर्गत ल्याउन पाउने लत्ताकपडाको सूचीमा महिला, पुरुष र बालबालिकाको कपडा, जुत्ता, तौलिया र न्याना कपडा रहेका छन्।

शैक्षिक सामग्रीमा स्टेसनरी र आधारभुत खेलकुदका सामान मात्र ल्याउन पाइन्छ। सरकारी सूचीअनुसार चामल, चिउरा, बालबालिकाको खाना, नुडल्स, सुकाएको तरकारी, तेल, नुन, बिस्कुट, चिनी, पाउडर दूधलगायत १३ थरी खाद्यसामग्री अन्तर्राष्ट्रिय समुदायले ल्याउन पाउनेछन्। मेडिकलका हकमा भने उनीहरूले सरकारी सूचीमा रहेका १ सय ७७ थरी सामग्री ल्याउन पाउनेछन्। यस्तै, कृषिजन्य सामग्रीमा युरिया, पोटास, जिन्क सल्फेट लगायत ७ थरी सामग्री ल्याउन पाइन्छ।

'हामीले विमानस्थलमा कसैलाई पनि रोकेका छैनौं। के सामग्री ल्याएको हो, कति मात्रा ल्याएको हो र कहाँ लगेर वितरण गरिने हो, विवरण बुझाउनेबित्तिकै राहत सामग्री छाडिदिने गरेका छौं,' मन्त्री पाण्डेले भने।

वैशाख १२ गते ७.६ म्याग्निच्युडको भूकम्प गएपछिका केही दिन राहत सामग्री ल्याए पनि छाडिएको थियो। धेरै सामान दोहोरिएपछि र चाहिनेजति नआएपछि सरकारले आवश्यक पर्ने सामग्रीको सूची तयार पारेको हो। अहिले विभिन्न ५३ देशका राहत तथा उद्धार टोली नेपालमा रहेका छन्।

अन्तर्राष्ट्रिय समुदायले ल्याएको राहत सामग्री कबुल गरेअनुसार सम्बन्धित जिल्लामा वितरण गरेको प्रमाण पेस नगरे एक महिनापछि त्यसको भन्सार कर तिर्नुपर्ने नियम पनि सरकारले बनाएको छ। 'हामीलाई बुझाएअनुसारको राहत सामग्री सम्बन्धित जिल्लाको विभिन्न ठाउँमा वितरण गर्नुपर्नेछ। त्यो वितरण गरेको हो भन्ने प्रमाणीकरण सम्बन्धित जिल्लाको प्रशासन कार्यालयले गर्नेछ। त्यो प्रमाण एक महिनाभित्र हामीलाई नबुझाए ल्याएको सम्पूर्ण सामग्रीको भन्सार कर तिर्नुपर्छ,' प्रवक्ता पोखरेलले भने।

राहत तथा उद्धार कार्य प्रभावकारी बनाउन नेपाल आउने यस्ता टोलीलाई विमानस्थलमा निःशुल्क भिसा उपलब्ध गराउने गरिएको जानकारीसमेत मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय समुदायलाई गराएका थिए। 'विदेशी राहत तथा उद्धारकर्ता, चिकित्सक टोलीलाई तीन मिनेटभित्र एक महिनाको समयावधि राखी भिसा दिने गरिएको छ,' मन्त्री पाण्डेले जनाए।

सोमबारको कार्यक्रममा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिले यहाँ रहेका विभिन्न गैर सरकारी संस्था (एनजिओ) मार्फत आफूहरूलाई राहत सामग्री वितरण गर्न दिन आग्रह गरेका थिए। जवाफमा मन्त्री पाण्डेले नेपाल सरकारको सम्बन्धित निकायको समन्वयमा एनजिओमार्फत राहत सामग्री वितरण गर्न अन्तर्राष्ट्रिय समुदायलाई कसैले नरोक्ने बताए।

एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल भएकाले टिआइएमा राहत सामग्री लिएर आउने ठूला विमान अवतरण गर्न नदिइने सरकारी निर्णय पनि मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय समुदायलाई सुनाए। सरकारी निर्णयअनुसार १ सय ९६ टनभन्दा बढी वजन भएको विमानलाई टिआइएमा अवतरण गर्न दिइनेछैन। विमानस्थलको धावनमार्ग बिग्रने सम्भावनाप्रति सजग हुँदै यस्तो निर्णय लिइएको उनले बताए।

'हामी कस्ता राहत सामग्री र चिकित्सक टोली आए त्यसको पनि समीक्षा गर्छौं,' परराष्ट्र प्रवक्ता पोखरेलले भने।

सोमबारको कार्यक्रममा मन्त्री पाण्डेले भूकम्पले भत्काएका संरचनाको पुनर्निमाण र विस्थापितको पुनःस्थापनामा सघाउनसमेत अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका थिए। सरकारले २० अर्ब रुपैयाँ सिड मनी (बिउ पुँजी) राखी पुनर्निमाण तथा पुनःस्थापन कोष स्थापना गरेको जानकारी दिँदै त्यसमा सहयोग गर्न उनले अनुरोध गरे। भूकम्पपछिको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि २ खर्ब रुपैयाँ आवश्यक पर्ने उनको भनाइ थियो।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस