नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित)ले नेपालमा पश्चिमा देशहरूको प्रभाव बढिरहेको बताएका छन्। एमसीसी पारित भएसँगै नेपाललाई पनि नाटो संगठनको सदस्य बनाउन खोजिएको आरोप लगाउँंदै उनले यसको सवैतिरबाट विरोध हुनुपर्ने बताए।
भक्तपुरको बागीश्वरी माविको ६३ औं र बागीश्वरी कलेजको १४ औं वार्षिकोत्सव कार्यक्रमको शुक्रबार उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेंले युक्रेनको अहिलेको अवस्था आउनुमा दशकौं अगाडिदेखिको अमेरिकाको साम्राज्यवादी नीति नै जिम्मेवार भएको बताए। संयुक्त राज्य अमेरिकाले रुसको विरोधमा गरिरहेको लडाइँ विचार र सिद्धान्तको नभई आर्थिक प्रभावको युद्ध भएको बताउँदै उनले युक्रेन युद्ध हुनुमा संयुक्त राज्य अमेरिका नै दोषी भएको बताए।
सो अवसरमा उनले बागीश्वरी माविका तीन जना शिक्षकहरूलाई सम्मान गरे। शिक्षकहरु कृष्णप्रसाद कर्माचार्य, रेणुकामैंया प्रजापति र उकेश सुवाललाई दीर्घ सेवा सम्मानबाट सम्मान गरेका हुन् । सोही अवसरमा उनले कलेजको स्मारिक र जर्नल समेत विमोचन गरेका थिए। साथै प्रमुख अतिथि, विशेष अतिथि तथा अतिथिहरूले उत्कृष्ट विद्यार्थी, कर्मचारी र भ्वाइस अफ बागीश्वरीका विजेताहरूलाई सम्मान गरेको थियो।