काठमाडौं-संविधानका विवादित विषयमा टाढिएका राजनीतिक दलहरू महाविपदपछि फेरि नजिकिएका छन्। विपत्ति सामना, उद्धार, राहत र पुनर्निर्माणका लागि संविधानसभामा रहेका दलहरू नजिकिएका हुन्।महाविपदपछि दलीय व्यवस्थालाई रणनीतिक रूपमा कमजोर बनाउन खोजिएको निचोडमा पुगेर उनीहरूले एकढिक्का हुनुपर्ने आवश्यकता बोध गरेका छन्। कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरूले प्राकृतिक विपत्तिले ल्याएको प्रतिकूल परिस्थितिमा दलीय व्यवस्था र राजनीतिक नेतृत्वलाई छायामा पार्ने कोसिस भएको बताएका छन्।
वैशाख १२ गते भूकम्प जाँदा इन्डोनेसियामा रहेका प्रधानमन्त्री सुशील कोइरालाले काठमाडौं फर्किएलगत्तै सर्वदलीय, प्रमुख राजनीतिक दल, सत्तापक्षीय दलको गरी पटकपटक बैठक गरेका छन्।
विपक्षी एकीकृत नेकपा माओवादीले पनि उद्धार र राहत कार्यमा सरकारलाई सहयोग गर्न तयार रहेको बताएको छ। उसले उद्धार, राहत र पुनर्निर्माणको योजना ल्याएर सबै राजनीतिक दलहरू एकठाउँमा उभिएर सहयोग गर्न सक्ने प्रस्ताव ल्याउन सरकारसँग आग्रह गरेको छ।
प्रधानमन्त्री कोइरालाले महाविपदको बेला कोही पनि सत्तापक्ष र विपक्ष नभएको भन्दै सबैसँग मिलेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। ‘हामी अहिले महाविपदको अवस्थामा छौं,' प्रधानमन्त्री कोइरालाको भनाइ उद्धृत गर्दै वनमन्त्री महेश आचार्यले भने, ‘यस्तो बेला कोही पनि सत्तापक्ष र विपक्ष हुँदैन। हामी महाभूकम्पपीडित मात्र हौं। त्यसैले एकढिक्का भएर अघि बढ्नुपर्छ।'
सरकारका प्रवक्ता मिनेन्द्र रिजालले पनि मंगलबारको बैठकपछि नागरिकसँग कुरा गर्दै संसदमा संकल्प प्रस्ताव पारित गर्ने विषयमा छलफल भएको जानकारी दिँदै राहत र पुनस्थापनाका सम्बन्धमा अन्य दलहरुसँग मिलेर अघि बढ्न तयार भएको बताए।
‘सरकारले ल्याएको प्रस्तावमा उहाँहरु(एमाले र एमाओवादी)ले थप सुझाव दिन सक्नुहुनेछ,'रिजालले भने,‘हामी अन्य सवैदलको सल्लाह र सुझाव अनुसार काम गर्न तयार छौं।'
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाओवादीका अध्यक्ष दाहालले पनि प्रधानमन्त्रीको भनाइमा सहमति जनाएका थिए। ‘उहाँहरूले पनि महाविपदको बेला सत्तापक्ष र विपक्ष भन्ने अवस्था छैन, मिलेर जानुपर्छ भन्ने कुरा गर्नुभयो,' वनमन्त्री आचार्यले भने।
बैठकमा बिहीबार बोलाइएको संसद बैठकमा पनि प्रधानमन्त्रीले भूकम्पबाट भएको क्षति, उद्धार र राहतका कामबारे सम्बोधन गर्ने विषयमा प्रमुख राजनीतिक दल सहमत भएका छन्।
‘प्रधानमन्त्रीले कुनै पनि नेपाली घरबारविहीन हुनुपर्ने अवस्था नहोस्, दीर्घकालीन रूपमा सुरक्षित घर बनाउन राष्ट्रिय कोष परिचालन गर्ने कुरा गर्नुभएको छ,' आचार्यले भने।
प्रधानमन्त्रीले सरकारको काम र सहयोगको अनुगमन गर्न सर्वदलीय अनुगमन संयन्त्र बनाउनुपर्ने प्रस्ताव समेत गरेका छन्।
एमाले र एमाओवादीका नेताले सबै दल एक भएर अघि बढ्न सकिने गरी प्रस्ताव ल्याउन सरकारको नेतृत्व गरिरहेको कांग्रेससँग आग्रह गरेका छन्।
मंगलबारको बैठकपछि नेकपा एमालेका उपाध्यक्ष भिम रावलले सिँगो राष्ट्रलाई यो बेला कसरी एकतावद्ध बनाएर लैजान सकिन्छ भन्ने विषयमा छलफल भएको बताए।
उनले राहत र पुननिर्माणका सम्बन्धमा पनि सवै दलको एउटै धारणा बाहिर जाओस् भन्ने तरिकाले छलफल भईरहेको जानकारी दिए।
‘अहिलेको विषम परिस्थितमा सिँगो राष्ट्रलाई कसरी एकतावद्ध बनाउने भन्ने बारेमा छलफल भयो,'रावलले भने,‘राहत र पुनस्थापनाका बारेमा बुधबार बस्ने बैठकमा थप छलफल हुनेछ।'
‘राहत र उद्धारमा एकताबद्ध भएर अघि बढ्ने कुरा भएको छ,' बैठकमा सहभागी एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने।
‘नेकपा एमालेका नेता र हामीले एकताबद्ध भएर जान सकिने प्रस्ताव ल्याउनुस् भनेका छौं,' श्रेष्ठले नागरिकसँग भने, ‘सबै दल एक भएर कसरी राहत वितरणमा लाग्न सकिन्छ भन्नेमा सरकारको प्रस्ताव आएपछि भोलिको बैठकमा छलफल हुन्छ।'
एमाओवादीले संसद बैठक बोलाउनुपर्ने, सर्वदलीय अनुगमन समिति बनाउनुपर्ने, उद्धार र राहतमा एकजुट भएर अघि बढ्नुपर्ने लगायत प्रस्ताव राखेको थियो।संसदको बैठक बोलाइसकेकाले अन्य सुझाव पनि कार्यान्वयनमा लैजान सरकार तयार भएको उनको भनाइ छ।
‘सबै पार्टी एक भएर अघि बढ्नु देशको आवश्यकता हो,' उनले भने, ‘सरकारले ल्याउने प्रस्तावमा छलफल गरेर हामी महाविपदको सामनाका लागि एक भएर अघि बढ्छौं।'
वनमन्त्री आचार्यले पनि संसारभरका विपदमा सहयोग गर्न सक्ने नेपाली अहिले आफैं अप्ठेरोमा परेको बेला नेपालका राजनीतिक दलहरु टाढा हुन नहुने हुँदा एक भएर अघि बढ्नुको विकल्प नभएको बताए।
‘हामी गरिब छौं, तर साहस र धैर्य छ,' उनले नागरिकसँग भने, ‘सार्वभौमिकता लागि हामी एक ढिक्का भएर लाग्छौं।' उनले सबै कुरा अहिले थाती राखी हामी नेपाली पीडित पक्ष हौं भनेर उद्धार र राहतको काममा अघि बढ्न सबै दल नजिकिएको बताए।