काठमाडौं–आज बस्ने व्यवस्थापिका संसदको बैठकले दुईवटा शोकप्रस्ताव पारित गरेर स्थगित भएकाे छ। गत १२ गते गएको महाभूकम्पमा परी मृत्य भएका नागरिक र सोही भूकम्पमा परी मृत्यु भएका पुर्व सभासद चक्रबहादुर ठकुरी सम्झनामा दुई वटा शोकप्रस्ताव पारित गरेर स्थगित भएकाे हाे ।आजकाे संसदको बैठकमा महाभूमम्पबाट उत्पन्न विनासको सामना गर्न संकल्प प्रस्ताव पेश गर्ने तयारी भएपनि प्रमुख प्रतिपक्ष दल एमाओवादीको आग्रहमा आजको बैठकले शोक प्रस्ताव पारित गरी स्थगित गर्ने प्रमुख तीन दलबीच सहमति भएको थियाे ।
बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकले आज बस्ने व्यवस्थापिका संसदको बैठकले शोक प्रस्तावमात्र पारित गर्ने निर्णय गरेको एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकमा एमाओवादीले भोली बस्ने व्यवस्थापिकाको बैठककमा एमाओवादीले संकल्प प्रस्ताव पेश गर्ने र त्यसमा सत्तापक्षले कही परिमार्जन गरी एकताका सन्देश दिन प्रस्ताव गरेको थियो। उपाध्यक्ष श्रेष्ठका अनुसार व्यवस्थापिका संसदको बैठक विपक्षीले बोलाएको हुनाले संकल्प प्रस्ताव पनि विपक्षीले नै पेश गर्नेछन्।
एमाओवादीले पेश गरेको संकल्प प्रस्तावमा सरकारले केही परिमार्जन गरी राष्ट्रिय एकताको सन्देश दिनुपर्ने प्रस्ताव एमाओवादीले राखेको थियो। एमाओवादीको प्रस्तावमा सत्तापक्षले कुनै जवाफ नदिएको र आजै बेलुका पाँच बजे संकल्प प्रस्ताव तयार गर्ने जिम्मा पाएको दुवै पक्षका मस्यौदा समितिको बैठक बसी अन्तिम टुंगो लगाउने उपाध्यक्ष श्रेष्ठले जानकारी दिए। 'सकेसम्म सहमति गरेरै जाने पक्षमा हामी छौं,' उनले भने,' त्यसका लागि आज पाँच बजे दुवै तर्फबाट मस्यौदा समितिका साथीहरु बसेर सहमतिको अन्तिम प्रयास गर्नुहुनेछ।' उनले सहमतिका लागि शुक्रबार विहान सर्वदलीय बैठक बस्ने सहमति भएको जानकारी दिए। यसैबीच शुक्रबार बस्ने व्यवस्थापिका संसदको बैठकमा प्रधानमन्त्रीले सम्वोधन गर्ने दलहरुबीच सहमति भएको छ।
प्रधानन्त्रीले संसदमा संबोधन गरेपछि संकल्प प्रस्ताव पेश हुने संसद सचिवालय स्रोतले जानकारी दियो। यसैबीच भोली बस्ने तय भएको संविधानसभाको बैठक जेठ १ गतेसम्मका लागि स्थथित हुने भएको छ। राष्ट्रमा ठुलो जनधनको क्षति भएको भन्दै केही दिन संसदको बैठक बस्ने भएकाले संविधानसभाको बैठक स्थगित भएकाे हाे । व्यवस्थापिका संसदकाे अर्काे बैठक भाेली एक बजे बस्ने छ ।