काठमाडौं– नेकपा एमालेको 'भूकम्प पीडित उद्धार तथा राहत केन्द्रीय समन्वय समिति'को बैठकले भूकम्प प्रभावित जिल्लामा राहत वितरण व्यवस्थित हुन नसकेको, सुगम स्थानको तुलनामा दुर्गम गाउ"हरूमा अझै पुग्न नसकेको र कतिपय ठाउ"मा राहत बितरणमा राजनीतिकरणका प्रवृत्तिसमेत देखिन भन्दै चिन्ता व्यक्त गरेको छ।काठमाडौंको गोंगबुमा उद्धार कार्य नै केन्द्रित गर्नुपर्नेमा जोड दिंदै त्यहा" अझै ५०/६० जना व्यक्तिहरू भत्किएका संरचनाहरु मुनि पुरिएको अवस्थामा रहेको अनुमान गरेको छ। यसैगरी भत्किएका घरस"गै ठूलो लगानी रहेका थुप्रै व्यावसायीको लगानी धराशायी भएको र सरकारले छुट्टै शीर्षकअन्तर्गत तिनलाई राहत र सहयोगको घोषणा गर्न सुझाव दिएको छ।
जेठ १ देखि उपत्यका र प्रभावित स्थानहरूका विद्यालय खुल्ने तयारी रहेकोमा सरकारले विद्यालय भवन तथा कक्षा कोठाहरु क्षतिग्रस्त भएका जिल्लाहरूका विद्यालयमा ठूलो आकारका त्रिपालको व्यवस्था मिलाएर पठनपाठनलाई नियमित र सुचारु गर्न माग गरेको छ।
यसैगरी बैठकले पार्टीको सिंगो पंक्तिलाई भूकम्प प्रभावित जिल्लामा राहत पठाउन तथा पुनःस्थापना र पुनःनिर्माणको लागि स्वयम्सेवक परिचालन गर्न केन्द्रित गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।