काठमाडौं-सरकारले महाभूकम्पमा क्षतिग्रस्त पूर्वाधार दुई वर्षभित्र पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएको छ। यसका लागि पहिलो चरणमा २ खर्ब रुपैयाँको राष्ट्रिय पुनर्निर्माण कोष स्थापना गरी त्यसमा सरकारका तर्फबाट २० अर्ब रुपैयाँ राख्ने निर्णय गरिएको छ।
प्रधानमन्त्री सुशील कोइरालाले व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा विशेष सम्बोधन गर्दै यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।
ग्रामीण तथा सहरी दुवै क्षेत्रमा पूर्ण ध्वस्त भएका घरको यथार्थ तथ्यांक लिएपछि सरकारले तोकिएको मापदण्डमा घर बनाउन चाहनेका लागि २ लाख रुपैयाँसम्म सहायता व्यवस्था गर्ने पनि उनले जनाए।
‘सरकारले तोकेको निश्चित मापदण्डका आधारमा आफैंले घर निर्माण गर्न चाहनेका लागि कार्यविधिका आधारमा सरकारले २ लाख रुपैयाँसम्म सहायता व्यवस्था गर्नेछ,' प्रधानमन्त्रीको विशेष सम्बोधनमा भनिएको छ।
त्यस्तै, क्षतिग्रस्त घर पुनर्निर्माण गर्न चाहने पीडित परिवारले दुई प्रतिशतको सहुलियत ब्याजदरमा विशेष घरकर्जा पाउन सक्ने व्यवस्था मिलाइएको उनले संसदमा घोषणा गरे।
‘क्षतिग्रस्त घर पुनर्निर्माण गर्न चाहने पीडित परिवारले ऋण लिन चाहे २ प्रतिशत सहुलियत ब्याजदरमा उपत्यकाभित्र २५ लाख रुपैयाँसम्म र उपत्यकाबाहिर १५ लाख रुपैयाँसम्म भूकम्पपीडित विशेष घरकर्जा उपलब्ध गराउने व्यवस्था राष्ट्र बैंकमार्फत मिलाइएको छ,' प्रधानमन्त्री कोइरालाको सम्बोधनमा उल्लेख छ।
भूकम्पले भत्किएका कलकारखाना, व्यावसायिक भवनलगायत पुनर्निर्माण गर्न चाहने व्यक्ति वा संस्थालाई स्वीकृत कार्यविधिअनुरुप निश्चित सीमासम्म ऋण लिँदा सहुलियत ब्याजदरमा भूकम्प पुनर्निर्माण कर्जा सुविधा उपलब्ध गराउने पनि कोइरालाले बताएका छन्।
‘भत्किएका स्कुल, स्वास्थ्य संस्था, खानेपानी, सिँचाइ, विद्युत, ऊर्जालगायत क्षतिग्रस्त पूर्वाधारलाई प्राथमिकतासाथ आगामी दुई वर्षभित्र पुनर्निर्माण गरिनेछ,' प्रधानमन्त्री कोइरालाले भने, ‘दुई वर्षमै सम्पूर्ण क्षतिग्रस्त सरकारी कार्यालय पुनर्निर्माण सम्पन्न गरिनेछ।'
अवरुद्ध र क्षतिग्रस्त बाटो, पुल, पुलेसा तत्काल पुनर्निर्माण गरिने पनि उनले जानकारी दिए।
तर ऐतिहासिक, धार्मिक र पुरातात्विक सम्पदा भने बढीमा ५ वर्षभित्र पुनर्निर्माण गरिसक्ने प्रतिबद्धता सरकारको छ।
‘भूकम्पबाट भत्किएका ऐतिहासिक, धार्मिक, पुरातात्विक र सांस्कृतिक सम्पदाको मौलिकता संरक्षण गरी बढीमा ५ वर्षभित्र पुनर्निर्माण गरिसक्ने हामी सबैको साझा संकल्प र प्रतिबद्धता व्यक्त गर्दछु,' प्रधानमन्त्री कोइरालाले संसदमा भने, ‘यसका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरातात्विक तथा सांस्कृतिक सम्पदा विज्ञहरुबाट सहयोग र सुझावका लागि आह्वान गर्दछु।'
सरकारले भूकम्पग्रस्त क्षेत्रका कुनै पनि नेपाली घरबारविहीन हुने अवस्था नआउने प्रतिबद्धतासमेत गरेको छ। ‘भूकम्पग्रस्त क्षेत्रमा कुनै पनि नेपाली घरबारविहीन हुनेछैनन्,' उनले भने, ‘कुनै पनि नेपालीलाई खाद्यान्न अभाव र कुपोषणको सिकार हुन दिनेछैनौं। आश्रय गुमाएका प्रत्येक असहाय नागरिकलाई आश्रयको सुरक्षा र बालबालिकाको शिक्षाको बन्दोबस्त गर्छौं।'
त्यसैगरी, सरकारले भूकम्पपीडित व्यक्ति र परिवारको पहिचान हुने गरी परिचयपत्र वितरण गर्ने जनाएको छ। भूकम्प पीडित परिवारका सदस्यलाई रोजगारीमा प्राथमिकता दिनेगरी भूकम्पग्रस्त क्षेत्रमा पुनर्निर्माण कार्य थालिने प्रतिबद्धतासमेत सम्बोधनका क्रममा प्रधानमन्त्रीले गरेका छन्।
प्रधानमन्त्री कोइरालाले पुनर्निर्माणका कामलाई गति प्रदान गर्न तत्काल पहिलो चरणमा सरकारले २ खर्बको राष्ट्रिय पुनर्निर्माण कोष स्थापना गर्ने निर्णय गर्दै त्यसमा सरकारका तर्फबाट २० अर्ब जम्मा गरिने बताए।
‘प्राप्त प्रारम्भिक तथ्यांकले कोषको यो रकम सीमा अपर्याप्त हुने र खर्बौं रकम आवश्यक हुने देखिन्छ,' प्रधानमन्त्रीले भने, ‘त्यसैले भूकम्पबाट पुगेको क्षतिको यथार्थ विवरण आएपछि तथा पुनःस्थापना र पुनर्निर्माणको वास्तविक आवश्यकता अद्यावधिक भएपछि कोषको सीमा आवश्यकताअनुसार बढाइनेछ।'
सरकारले राष्ट्रिय पुनर्निर्माण कोषमा अन्तर्राष्ट्रिय सहयोग जुटाउन अन्तर्राष्ट्रिय दातृ सम्मेलन आयोजना गर्ने उनले बताए।
प्रधानमन्त्रीले कोषमा सहयोग गर्न सबै नेपाली नागरिक र संघसंस्था, अन्तर्राष्ट्रिय दातृ निकाय, मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघसंस्था तथा नेपालका मित्रहरुलाई अपिल गरेका छन्।
प्रधानमन्त्री कोइरालाले भूकम्पका कारण मुलुकले बेहोर्नुपरेको क्षतिका सम्बन्धमा संसदलाई जानकारी गराउँदै राहत, पुनःस्थापना र पुनर्निर्माणका सबै कार्यक्रमलाई विभेदरहित र प्रभावकारी बनाउने अठोटसमेत व्यक्त गरे।
त्यसका लागि सर्वदलीय सहभागिताको तीन तहगत संरचना बनाइने प्रतिबद्धता उनले जनाए।
केन्द्रमा प्रधानमन्त्री नेतृत्वमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखसहितको सर्वदलीय सहयोग एवं अनुगमन समिति, जिल्लास्तरीय एवं गाउँ/नगरस्तरीय दैवीप्रकोप राहत एवं उद्धार समिति रहनेछ। त्यसैगरी, राहत उद्धार र पुनःस्थापना कार्यक्रम अनुगमन गर्न एउटा सर्वदलीय अनुगमन समिति बनाउन पनि प्रधानमन्त्रीले संसदसमक्ष प्रस्ताव गरेका छन्।
प्रधानमन्त्री कोइरालाले भूकम्पमा आफन्त गुमाएका मृतकको अन्तिम संस्कार गर्न प्रतिमृतक ४० हजार रुपैयाँ दिने निर्णय गरेको बताउँदै यो रकम गाउँगाउँमा वितरण भइरहेको बताए।
यसका साथै मृतकका परिवारलाई प्रतिपरिवार राहतस्वरुप १ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय भएको उनले बताए।
प्रधानमन्त्री कोइरालाले भूकम्प प्रभावित भनी घोषणा गरिएका १४ जिल्लाबाहेक भूकम्पले अन्य थुप्रै जिल्लामा क्षति पुगेको जनाउँदै सबै जिल्लाका हकमा पनि राहत र पुनःस्थापना सुविधा एकैनासले वितरण गरिने प्रतिबद्धता जनाए।
मर्मतसम्भार गरी घरमै बस्न चाहनेलाई सरकारले तत्कालका लागि प्रतिपरिवार २५ हजार अनुदान उपलब्ध गराउने निर्णय गरेको पनि प्रधानमन्त्री कोइरालाले जानकारी दिए।
सरकारले भूकम्पपीडित र मध्यपश्चिमको बाढीग्रस्त क्षेत्रमा मालपोत मिनाहा गरी राहत दिइने प्रतिबद्धता पनि जनाएको छ।
‘ऋणको सीमा र ऋणीको आर्थिक अवस्था हेरी भूकम्पबाट पीडित क्षेत्रका बैंकका ऋणीको ब्याज र ऋणमा तत्काल राहत दिई भुक्तानीको तालिकामा समेत पुनर्संरचना गरिनेछ,' प्रधानमन्त्रीले सम्बोधनका क्रममा भने, ‘ऋणीको आर्थिक अवस्था र क्षति हेरी भूकम्पग्रस्त क्षेत्रका ऋणीको ५० हजारसम्मको सावाँ र ब्याज मिनाहा गरिनेछ।'
भूकम्पपीडित परिवारका विदेशमा रहेका सदस्य नेपाल फर्कन चाहे सम्बन्धित दूतावासले आवश्यक सहजीकरण गर्ने व्यवस्था मिलाइएको पनि जानकारी उनले संसदलाई गराए।
देशभित्र र बाहिर रहेका सबै नेपालीले योगदान गर्न सकून् भनेर सरकारले राष्ट्रिय पुनर्निर्माण ऋणपत्र जारी गर्ने प्रतिबद्धता पनि जनाएको छ।

यसैबीच, संसदको बैठकमा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले भूकम्पले पुर्यासएको क्षतिको विवरण पेस गरेका थिए।
उनले विनाशकारी भूकम्पबाट ७ हजार ८ सय ८५ जनाले ज्यान गुमाएको बताएका थिए।
त्यसैगरी, १५ हजार ९ सय ४४ जना घाइते भएको र ६ हजार ८६ जना उपचाररत रहेको बताए। उनले ७ हजार ७ सय ७९ जनाको शव सम्बन्धित परिवारलाई बुझाइसकिएको पनि जनाए।
उनले अहिलेसम्म सरकारी भवन १० हजार ७ सय ६१ र सर्वसाधारणका २ लाख ७९ हजार २ सय ५४ भवन पूर्ण क्षति भएको जानकारी दिएका थिए।

संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकारले परम्परागत रुपले मिठामिठा शब्दको प्रयोग गरेर कर्ममा जहाँको त्यहीँ पुर्यापउने खतरा रहेको बताए।
उनले नयाँ राष्ट्रिय एकताको खाँचो औँल्याउँदै भूकम्पका केही दिन सरकार, राजनीतिक दललाई छायामा पार्ने षड्यन्त्र भएको पनि बताए।
सरकारले कमान्ड सम्हाल्न नसकेको, आफैं अस्तव्यस्त बनेको आरोप पनि उनले लगाए।
‘राजनीतिक पार्टीको हुर्मत लिने काम भयो,' दाहालले भने, ‘नेताको भूमिका इन्कार गर्ने, नेपाल बचाउने र बनाउने अरु नै छन्जस्तो गर्ने, मानौं दलका नेता केही होइनन् भन्ने काम गरियो। यो राम्रो होइन।'
उनले विमानस्थलमा जाँदा पनि सरकार छ कि छैनजस्तो अनुभूति भएको बताए।
‘विमानस्थलमा जाँदा सरकार छ कि छैन, यो देश कसले चलाएको छ भन्ने अवस्था देखियो,' उनले भने, ‘लोकतान्त्रिक प्रणाली ५/७ दिन कमजोर बनाउने काम भयो। हेलिकप्टर कहाँबाट आए, कहाँ गए सरकारलाई नै पत्तो भएन।'
दाहालले राहत वितरणमा नेपालीलाई परनिर्भर बनाउने काम भएको बताए। ‘गाउँमा मकै गोड्न छाडेर, भत्केको घर पुनर्निर्माणमा नलागेर १ पोका चाउचाउका लागि दिनभर सडकमा पर्खिने अवस्थामा पुर्यानयौं,' दाहालले भने।
दाहालले यसबेला जनताको सेवामा ढुकुटी र मुठी खोल्न डराउन नहुने बताए। ‘जनतालाई सरकारले केही गरेन भन्ने नपारी निकै गर्योर भन्ने पार्न ढुकुटी र मुठी खोल्न डराउन भएन,' दाहालले भने, ‘प्रतिमृतक परिवार ३ लाख र घर निर्माणका लागि जस्तासहित ५ लाख दिइनुपर्छ।'
उनले सहयोग गरेको फोटो प्रचारमा ल्याएर झनै पीडा दिएको बताए। ‘१ प्याकेट चाउचाउ सहयोग दिएर फोटो खिच्ने अनि प्रचार गर्ने,' दाहालले भने, ‘सहयोग त्यसरी होइन, सरकारको माध्यमबाटै जानुपर्नेछ। राज्य बलियो हुनुपर्छ। राज्यले नै गर्ने हो, अरूले सहयोग गर्ने मात्र हो।'
उनले केही भवन र गाउँ बनाइदिने आश्वासन आए पनि तिनलाई धन्यवाद मात्रै भन्नुपर्ने बताए।
‘कस्तो बनाउने भन्ने सरकारले निर्णय गर्छ,' दाहालले भने, ‘अरूले सहयोग गर्ने हो। यो गाउँ तिम्लाई, यो तिम्लाई भनेर बाँड्दा भोलि देश बनाउने जिम्मा तिम्लाई भन्नुपर्ने अवस्था आउन सक्छ।'
दाहालले त्रासदीका बेला रेडक्रसको स्टिकर टाँसेर सामान तस्करी गर्नेलाई कारबाही गर्न माग गरे।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले संकटको सामना गर्न नेपाली सक्षम रहेको बताए। उनले नवनेपाल निर्माणका लागि सबै दल एक भएर जुट्नुपर्ने बताए।
नेकपा एमालेका केपी शर्मा ओलीले विपदको सामना एकता र सुदृढ ढंगले गर्नुपर्ने बताए।
‘सरकार अल्मलियो, समन्वयमा कमी भयो, उद्धार र राहतमा केही अराजकता देखियो,'ओलीले भने, ‘अब त्यस्तो अवस्था रहन दिनु हुँदैन।'
उनले सरकारलाई विश्वास गरेर राहत रकम कोषमा जम्मा गर्न पनि सबैसँग आग्रह गरे।
ओलीले भूकम्पमा परी बेपत्ता भएकाका परिवारलाई निश्चित समयपछि मृतकसरह राहत उपलब्ध गराउनुपर्ने बताए।
‘पुनर्निर्माण कोष अत्यन्त न्यून हो,' ओलीले भने, ‘त्यसलाई बढाउनुपर्छ। यो २ खर्बले एकछेउ पनि निर्माण हुन सक्दैन।'
राप्रपा नेपालका अध्यक्ष कमल थापाले यो पीडालाई अवसरको रुपमा लिएर गुरुयोजनाका साथ निर्माण गर्नुपर्ने बताए।
प्रमुख दलका शीर्ष नेताले राष्ट्रिय एकताको खाँचो औँल्याएका छन्।
प्रधानमन्त्री कोइरालाले भूकम्पले सिर्जना गरेको राष्ट्रिय विपत्तिको सामना सिंगो राष्ट्रलाई एकताबद्ध बनाएर आपसी सहकार्य, सहमति र मेलमिलापका माध्यमबाट मात्र गर्न सकिने बताए। अहिले सत्तापक्ष र विपक्ष नभएको बताउँदै उनले भूकम्प पीडित मात्र भएको बताए।
एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पनि राजनीतिक पार्टीको हुर्मत लिने काम भएकाले नयाँ राष्ट्रिय एकताको खाँचो रहेको बताए। त्यसका लागि सरकारले नै ठोस प्रतिबद्धता र कदम अघि सार्नुपर्ने उनको भनाइ छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन नमिल्दा ८ वर्षमा पनि संविधान नआएको उल्लेख गर्दै अब मन मिलाएर अघि बढ्नुपर्ने बताए।
‘अब मन मिलाउँ, संविधान बनाउँ, विपदको सामना गरौं,' ओलीले भने, ‘मन मिलेको भए एउटा संविधान बनाउन यति समय लाग्ने थिएन।'

राष्ट्रिय एकतामा प्रतिबद्धता