साझा संकल्प प्रस्ताव संसदमा पेश
२६ वैशाख २०७२
•
८ मिनेट पाठ
साझा संकल्प प्रस्ताव संसदमा पेश
काठमाडौं–महाविनासकारी भूकम्पको दुखद क्षणमा राष्ट्रलाई पीडाको त्रासदीपुर्ण अवस्थाबाट मुक्त गर्न सबैखाले मनान्तर विर्सिएर सहकार्य, सहमति र एकताका साथ कार्य गर्ने प्रतिज्ञा गर्दै व्यवस्थापिका संसदको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सवै राजनीतिक दलको सहमतिमा संकल्प प्रस्ताव पेश गरिएको छ।कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठ, एमालेका प्रमुख सचेतक अग्नी खरेल र एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेल प्रस्ताव र बाँकी राजनीतिक दलका नेताहरु समर्थक रहेको संकल्प प्रस्ताव शनिबार संसदमा पेश गरिएको हो।संकल्प प्रस्तावमाथि आइतबारदेखि दलीय आधारमा छलफल भई पारित गरिनेछ। २७ बुँदामा उल्लेख गरिएको संकल्प प्रस्ताव पारित गर्दै त्यसमा दिइएका निर्देशनको अनुगमन गर्न संसदीय समिति पनि बनाइने भएको छ।

स्थानीय निकायको निर्वाचन गर्ने, संविधान जारी गर्ने मिति तत्कालै तय गर्ने, राष्ट्रिय सहमतिको सरकार बनाउने विषय सर्वदलीय छलफलमा उठेपनि संकल्प प्रस्तावमा भने समावेश गरिएको छैन।विनासकारी भूकम्पसम्बन्धी विषय समावेश गरेर संकल्प प्रस्ताव तयार गरिएको छ। सरकार, प्रमुख प्रतिपक्षी दल र सवै साना दलको सुझावका आधारमा २७ बुँदे संकल्प प्रस्ताव तयार पारिएको हो।

यसअघि विहीबार नै संकल्प प्रस्ताव पेश गर्ने उल्लेख गरिएपनि दलहरुबीच सहमति कायम नहुँदा लम्विएको थियो।२७ बुँदे संकल्प प्रस्तावमा घरबारविहीन पीडितहरुलाई नयाँ घर निर्माण नभएसम्म भरपर्दो अस्थायी वासस्थानको व्यवस्था गर्ने, मृत्यु भएका परिवारलाई उचित राहत रकमको व्यवस्था गर्ने, घाईतेको निशुल्क उपचार गर्ने लगायतका बुँदा समेटिएको छ।

'घर/आवास ध्वस्त भई आवासविहीन भएका पीडितहरुलाई नयाँ घर निर्माण नभएसम्म अविलम्ब भरपर्दो अस्थायी वासस्थानको व्यवस्थाका साथै खाद्यान्न, शुद्ध पिउने पानी, औषधी र सुरक्षाको व्यवस्था गर्ने,' संकल्प प्रस्तावमा भनिएको छ,'ध्वस्त भएका घरमा डेरा लिई बसेका वा घर पसल भाडामा लिई उद्योग व्यवसाय गरेका व्यक्तिहरुको वास्तविक क्षतिको यकिन गरि आवश्यक राहत उपलब्ध गराउने। भूकम्पका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई उचित राहत रकम उपलब्ध गराउने। भूकम्पमा परी घाईते भएका व्यक्तिको निशुल्क उपचारको व्यवस्था गर्ने र यस क्रममा अपांगता भएका व्यक्तिलाई थप राहत प्रदान गर्ने।'

त्यसैगरी संकल्प प्रस्तावमा जनतालाई रोग तथा सम्भावित महामारीबाट जोगाउन भौतिक संरचनामा पुरिएका शवहरु र मृत जिवजन्तुको अविलम्व उचित व्यवस्थापन गर्ने,यस्तो प्रकोपपछि फैलिन सक्ने महामारी रोगको रोकथामको लागि उचित व्यवस्था अविलम्ब गर्ने उल्लेख गरिएको छ।पीडितहरुको वर्गीकरण गरी सरल, निष्पक्ष र प्रभावकारी रुपले वास्तविक पीडितसम्म राहत पुग्ने प्रवन्ध मिलाउने, अभिभावक नभएका बालवालिका, एकल महिला, जेष्ठ नागरिक, रोगी, सुत्केरी, गर्भवती, अपांगता भएका व्यक्ति, हेरचाह गर्ने कोही नभएका महिलाका लागि संक्रमणकालिन पुनर्स्थापना केन्द्र स्थापना गरी राहत र पुनर्स्थापनाको कार्यक्रम सञ्चालन गर्ने संकल्प गरिएको छ।

त्यस्तै प्रत्येक पीडित परिवारलाई'भूकम्प पीडित परिवार परिचयपत्र'को व्यवस्था गर्ने, क्षतिको विवरणका आधारमा राज्यले सुविधा प्रदान गर्ने, घर आवास ध्वस्त भएका परिवारलाई सरकारले घर निर्माण गरिदिने वा घर पुननिर्माणका लागि उचित रकम अनुदान स्वरुप दिने, आवश्यकता अनुसार थप रकम विना व्याज ऋण उपलब्ध गराउने र बढी रकम आवश्यक परेमा न्युन व्याजदरमा उपलब्ध गराउने संकल्प दलहरुले गरेका छन्।

'यसरी पुननिर्माण गर्दा वैज्ञानिक रुपले भू उपयोग नीति तर्जुमा गरि नयाँ आवास नीति, भवन संहिता लागु गर्नका साथै एकिकृत वस्ती विकासको योजना तयार गर्ने र पुननिर्माण कार्य गर्दा भूकम्प प्रतिरोधी, सुरक्षित र व्यवस्थित आवास निर्माण गर्दै चरणवद्ध रुपमा निश्चित समयमा कार्यान्वयन गर्ने विस्तृत योजना बनाउने, घर आवास मर्मत गर्नुपर्ने परिवारलाई पनि आर्थिक सहयोग उपलब्ध गराउने संकल्प गरिएको छ।

भूकम्पबाट भत्किएका सार्वजनिक विद्यालय, स्वास्थ संस्था, न्यायालय लगायत सार्वजनिक महत्वका भवनहरु पुननिर्माण नहुँदासम्म वैकल्पिक अस्थायी व्यवस्था गरि शिक्षा, स्वास्थ, न्याय, सुरक्षा तथा प्रशासनिक सेवाहरुलाई सहज तुल्याउने, पीडित परिवारले लिएको बैंकको ऋणमा सावाँ र व्याजमा आवश्यकताअनुसार राहत दिने र भुक्तानी पुर्व पुनर्संरचनाको कार्ययोजना बनाउनका साथै कृषी प्रयोजनको लागि आवश्यक पर्ने विउ, विजन निशुल्क मलखाद साथै कृषी औजार लगायतका सामाग्री सहुलीयत दरमा उपलब्ध गराउने पनि संकल्प प्रस्तावमा उल्लेख गरिएको छ।

'भत्किएका वा क्षतिग्रस्त विश्व सम्पदा सुचीमा परेका ऐतिहासिक संरचना, पुरातात्विक तथा पर्यटकीय महत्वका संरचना, स्मारक तथा धार्मिक महत्वका संरचना लगायत पुननिर्माण गर्न विशेष योजना बनाई कार्यान्वयन गर्ने,'संकल्प प्रस्तावमा उल्लेख गरिएको छ,'यस्ता संरचनाको निर्माण गर्दा नेपाली मौलिकता र पुरानै स्वरुपको संरक्षणमा विशेष ध्यान दिने।' विदेशमा रहेका पीडित नेपालीलाई घर आउने व्यवस्था मिलाउने, देशमा आर्थिक लगानी गर्न प्रोत्साहन गर्ने, बर्षादमा हुने बाढी पहिरोको प्रकोपलाई ध्यानमा राखी यसबर्ष भूकम्पका कारण यस्तो प्रकोपको प्रभावलाई न्युनीकरण गर्ने योजनाका साथ तयार रहने उल्लेख संकल्प प्रस्तावमा गरिएको छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस