सहमतीय सरकारको पहल
२६ वैशाख २०७२
•
५ मिनेट पाठ
सहमतीय सरकारको पहल
काठमाडौं-प्रमुख दलका शीर्ष नेताले राष्ट्रिय सहमतीय सरकार गठनको पहल थालेका छन्। व्यवस्थापिका संसदको बैठकमा आ–आफ्नो धारणा राख्दै उनीहरूले विपदको सामना र संविधान निर्माणका लागि राष्ट्रिय सहमतिको सरकार गठनमा जोड दिएका छन्।केही दिनअघि चारदलको बैठकमा पनि सत्तापक्षका शीर्ष नेताले विपदको सामना र संविधान निर्माणका लागि सबै दल सहभागी सरकार गठन गरिनुपर्ने प्रस्ताव गरेका थिए। यस प्रस्तावमा विपक्षमा रहेका राजनीतिक दल पनि तयार भएका छन्। ‘सहमतीय सरकारको विपक्षमा अहिलेसम्म कोही देखिएको छैन तर नेतृत्व कसले गर्ने भन्ने प्रमुख कुरा हो,' एक शीर्ष नेताले भने।
व्यवस्थापिका संसदको शनिबार बसेको बैठकमा पनि सत्तारुढ र विपक्षी दलका प्रभावशाली नेताले राष्ट्रिय सहमतिको सरकार आवश्यक भएको औंल्याए। पूर्वप्रधानमन्त्री एवं कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले विपदले देश एकजुट बनाएको अवस्थालाई अवसरका रूपमा लिएर अघि बढ्नुपर्ने बताए। ‘संसद, पार्टी, संविधानसभा र सबै राजनीतिक दल एक छौं भन्ने सन्देश दिन जरुरी छ,' देउवाले भने।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पनि सहमतिको सरकार बनाउन प्रस्ताव गरे। ‘सहमतिको सरकार बनाऊँ,' उनको प्रस्ताव थियो, ‘संविधान पनि जारी गरौं। स्थानीय निकायको निर्वाचन पनि गरौं। सबै दलले यस्तो संकल्प लिएर अघि बढौं।' सबैमा राष्ट्रियता र देशभक्तिको भावना जागेकाले राज्यले पनि त्यहीअनुसारको उपस्थिति देखाउन सक्नुपर्ने उनले बताए।
पूर्वप्रधानमन्त्री एवं एमालेकै अर्का वरिष्ठ नेता झलनाथ खनालले सबै दलका मतभिन्नता थाती राखेर एकताका साथ अघि बढ्नुपर्ने बताए। उनले राष्ट्रिय एकताको खाँचो औँल्याउँदै सहमतिको सरकार बनाउनेतर्फ सोच्न सबै राजनीतिक दललाई आग्रह गरे। ‘राष्ट्रिय सहमतिको सरकार बनाउनेबारे सोचौं,' उनले भने, ‘साझा कार्यक्रम ल्याऊँ। अनि पुनःनिर्माणको प्रक्रियामा अघि बढौं।'
एनेकपा माओवादीका वरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री बावुराम भट्टराईले पनि केही दशक नेपालमा राष्ट्रिय सरकार बनाएर जानुपर्ने धारणा राखे। ‘नेपालमा केही दशक अझै सहमतीय सरकारको आवश्यकता छ,' उनले भने, ‘त्यसका लागि गतिशील नेतृत्व चाहिन्छ। अब धेरैले नेतृत्वका लागि लोभलालच नगरौं। सक्ने र नयाँ पुस्तालाई नेतृत्व दिऊँ।'
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार गठनका लागि पार्टी सभापति एवं प्रधानमन्त्री सुशील कोइराला पनि तयार रहेको बताए। ‘एउटै कार्यकारिणीमा रहेर देशलाई अघि बढाउनु अहिलेको आवश्यकता हो,' पौडेलले भने, ‘यसलाई कुरामात्र होइन, ठोस रूपमा पूरा गर्नुपर्छ।'
सहमतिको सरकारका लागि कांग्रेस उदार नै रहेको उनले बताए। ‘कांग्रेस उदार नै छ,' उनले भने, ‘सहमतिका लागि कांग्रेसले आफूलाई अघि र पछि सार्न तयार छ। सत्ता राजनीतिमात्रै होइन, नयाँ नेपाल निर्माणका लागि पनि सबै तयार हुनुपर्छ।'
पौडेलले सिद्धान्त तय भए जसले पनि नेतृत्व गर्नसक्ने धारणा राखे। ‘सहमतिको सरकार बन्ने अवस्थामा कांग्रेस नेतृत्व छाड्न तयार हो?' भन्ने प्रश्नमा उनले भने, ‘पहिले नै छोड र हट भन्नु राम्रो होइन, यसले एकताको सन्देश दिन सक्दैन, पहिले ठाउँ खाली गर्देऊ भन्दा एकतामा खलल पुग्न सक्छ। त्यसैले अहिले सरकारको नेतृत्व कसले गर्ने भन्दा पनि एकजुट भएर जानु महत्वपूर्ण कुरा हो।'
यसअघि शुक्रबार व्यवस्थापिका संसदको बैठकमा सम्बोधन गर्दै एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपदको सामना र संविधानका लागि मन मिलाएर एकवद्ध भई अघि बढ्नुको विकल्प नभएको बताएका थिए।


अर्को समाचार
सहमतीय सरकारको पहल
०४ वैशाख २०७४
•
७ मिनेट पाठ
सहमतीय सरकारको पहल
काठमाडौं- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनले संविधान संशोधन र स्थानीय निर्वाचनमा असहमति जनाई आन्दोलन घोषणा गरिरहेकै बेला सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि पहल थालेको छ।




संविधान जारी गर्ने बेला एकमत देखिएका प्रमुख पाँच राजनीतिक दल सम्मिलित संयुक्त सरकार गठन गरी संविधानले संस्थागत गरेका उपलब्धि जोगाउनुपर्ने भन्दै माओवादी केन्द्रले सहमतीय सरकारका लागि पहल सुरु गरेको हो। यस कार्यमा माओवादी केन्द्रका तर्फबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ सक्रिय भएका छन्। नेता श्रेष्ठले राष्ट्र र लोकतान्त्रिक व्यवस्था जोगाउन राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने भन्दै पार्टीको प्रारम्भिक धारणा आइतबार सार्वजनिक गरेका छन्।

जसका लागि संविधान संशोधन प्रस्ताव गरिएको थियो, उसैले अस्वीकार गर्दै संवैधानिक र राजनीतिक संकट निम्त्याउने खेल सुरु भएको भन्दै प्रधानमन्त्री दाहाल बढी सशंकित हुन पुगेका छन्।

‘राष्ट्रलाई असफल हुनबाट बचाउन र लोकतान्त्रिक उपलब्धि जोगाउन पनि  पुनः सबै एक हुनुपर्ने अवस्था आएको छ,' श्रेष्ठले आइतबार टिवट्रमा लेखेका छन्, ‘राष्ट्रिय सहमतिको सरकार नै आजको आवश्यकता भएको छ, प्रमुख पाँच दल संलग्न राष्ट्रिय सहमतिको सरकार बनाऔं, त्यसमा विलम्ब नगरौं।' दलहरूले आआफ्ना ‘इगो' त्यागेर सहमतीय सरकार निमार्णतर्फ जानुपर्नेमा समेत उनले जोड दिएका छन्। उनको यो भनाइले राजनीतिक अवस्था मोडिन खोजेको संकेत गरेको छ।

श्रेष्ठले संविधान जारी गर्ने बेला एकमत भएका सत्तारूढ माओवादी केन्द्रसहित  कांग्रेस, एमाले, राप्रपा र लोकतान्त्रिक फोरम नेपाल संलग्न नयाँ सहमतीय सरकार गठनमा जोड गरेका हुन्। ‘संविधान जारी यिनै प्रमुख पाँच दलको नेतृत्वमा भएकाले राष्ट्रिय सहमतीय सरकारमा पनि ती सबै दल हुनुपर्छ भन्ने धारणा माओवादीको हो', श्रेष्ठले नागरिकसँग भने, ‘जजसले संविधान जारी गर्छ, त्यसैले मात्रै संविधान कार्यान्वयन गर्न सक्छ भन्ने आधारमा सहमतीय सरकारको प्रस्ताव गरिएको हो।'

संविधान संशोधन र स्थानीय निर्वाचनको जनादेशसहितको गठन भएको पुष्पकमल दाहाल नेतृत्वको सरकारले पेस गरेको संविधान संशोधन र वैशाख ३१ गतेका लागि घोषणा गरेको स्थानीय तहको निर्वाचनलाई मोर्चा र गठबन्धनले अस्वीकार गरेका छन्। मोर्चाले नयाँ संविधान कार्यान्वयन गर्न नदिने संकेत देखाएपछि राष्ट्रिय सहमतीय सरकार गठन गरेर जाने विकल्पमा बहस सुरु भएको हो।

जसका लागि संविधान संशोधन प्रस्ताव गरिएको थियो, उसैले अस्वीकार गदर्ैै संवैधानिक र राजनीतिक संकट निम्त्याउने खेल सुरु भएको भन्दै प्रधानमन्त्री दाहाल बढी सशंकित हुन पुगेका छन्। आगामी १० महिनाभित्र तीनै तहको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था र सर्वोच्च अदालतलेे म्याद थप्न नहुने भन्दै दिएको निर्देशनलाई प्रधानमन्त्री दाहालले बढी ध्यान दिएको उनी निकट स्रोतले बतायो।

नयाँ संविधानको व्यवस्थाअनुसार माघ ७ भित्र तीनै तहको चुनाव सम्पन्न गर्नका लागि पनि सहमतीय सरकार गठनमा पार्टीले जोड गरेको श्रेष्ठले बताए। ‘हाम्रो पार्टीको आधिकारिक निर्णय राष्ट्रिय सहमतीय सरकार गठन गरेर समस्या समाधान गर्ने भन्ने हो। पछिल्लो समयमा विकसित घटनाक्रमले त्यसको आवश्यकता झन् बढी देखापर्र्दै लग्योे,' श्रेष्ठले नागरिकसँग भने, ‘प्रधानमन्त्रीज्यूको सहमतिमै यो पहलकदमी सुरु गरिएको हो। यसमा सबै प्रमुख दलहरू सकारात्मक हुँदै गएका छन्।' तर, राष्ट्रिय सहमतीय सरकारका लागि माओवादी केन्द्रले अन्य दलका कुनकुन नेतासँग वार्ता र छलफल गरिरहेको भन्ने विषय भने नेता श्रेष्ठले खुलाउन चाहेनन्।

प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री दाहाल र श्रेष्ठले राष्ट्रिय सहमतीय सरकार गठनका लागि ‘भित्र–भित्रै' पहलकदमी गर्ने क्रममा आधा दर्जनभन्दा बढी नेतासँग छलफल गरिसकेका छन्। स्रोतका अनुसार प्रमुख प्रतिपक्ष दल एमाले अध्यक्ष केपी शर्मा ओली, राप्रपा अध्यक्ष कमल थापा, लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदार,  कांग्रेस नेता कृष्ण सिटौलालगायतका प्रमुख दलका दोस्रो तहका नेतासँग माओवादी केन्द्रले प्रारम्भिक छलफल सुरु गरेको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने प्रधानमन्त्री दाहालले स्थानीय तहको निर्वाचनभन्दा तत्कालका लागि अन्य विकल्प नसोचेको जिकिर गरेका छन्। ‘वैशाख ३१ मा स्थानीय तहको निर्वाचन गर्नेबाहेक अन्य विकल्प सोचिएको छैन। मोर्चालाई पनि मनाएर तोकिएकै मितिमा चुनाव गर्नुपर्छ भनेर प्रधानमन्त्रीज्यू लागिरहनुभएको छ,' आचार्यले नागरिकसँग भने।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस