गठबन्धनबाट कसलाई फाइदा?
०७ चैत्र २०७८
•
३ मिनेट पाठ
गठबन्धनबाट कसलाई फाइदा?
स्थानीय तहको निर्वाचन आउन करिब दुई महिना बाँकी छँदा राजनीतिक दलहरु आ–आफ्नो प्रचारमा लाग्न थालेका छन्।




स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन हुने नहुने वा भएमा कसरी हुने भन्ने जस्ता कुराका अझै अनिर्णीत छन्। एमाले भने एक्लै निर्वाचनमा भाग लिने तयारी गरेको छ। पाँच दलीय गठबन्धन गर्ने नगर्ने विषयमा समझदारी हुन बाँकी रहेकाले यतिबेला प्रमुख दलहरू एक्लाएक्लै निर्वाचनमा जाने जसरी प्रचारप्रसारमा लागेका छन्।

मुख्यगरी कांग्रेस र एमाले बाहेक एकीकृत माओवादी र एकीकृत समाजवादीको अवस्था कमजोर देखिएको बुझाइ धेरैको छ। तर, निर्वाचनमा भने परिणाम फरक आउने गरेकाले यसैभन्ने अवस्था भने छैन। माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूले निर्वाचनलाई जीवन मरणको संज्ञा दिएका छन्। उनले निर्वाचमा धाँधली गर्ने अवरोध गर्नेलाई वाइसियललाई प्रयोग गरेर ठिक लगाएर भए पनि अबको निर्वाचनमा विजयी हुने बताएका छन्।

उनको चेतावनीले दुईवटा कुरालाई संकेत गरेको विश्लेषण छ। दाहालले अझै पनि पाँच दलीय गठबन्धनबाट निर्वाचनमा जानुपर्ने अडान कायमै राखेकाले गठबन्धन नटुटोस भन्नेमा छन्। गठबन्धन विरोधीलाई तर्साउन पनि उनले यसो भनेको हुनुपर्छ भने अर्कोतर्फ गठबन्धन टुटेमा वाइसिएल प्रयोग गरेर भए पनि जाने मनस्थितिमा पुगेको उनका क्रियाकलापबाट देखिएको छ।

यद्यपि, माओवादी केन्द्र र एकीकृत समाजवादीको भने धेरै ठाउँमा तालमेल हुने निश्चित जस्तै छ। यी दुई दल मिलेर उचित ठाउँमा विजयी हासिल गर्न सकेको खण्डमा संघको निर्वाचनमा पनि पाँच दलीय गठबन्धन हुन नसकेमा यसैगरी जाने एउटा विकल्प रहेको छ। तर सकेसम्म कांग्रेससँगै मिलेर जाने माओवादी केन्द्र  र एकीकृत समाजवादी पार्टीको योजना रहेको छ।

कांग्रेका केही नेताहरुले गठबन्धन गर्न नहुने कुरा बताइरहेका बेला माओवादी अध्यक्ष दाहालले वाइसियलको प्रयोग गरेर जाने कुरा बताउनु गठबन्धन गरेर जान दिएको दबाब भएको कांग्रेसका नेताहरुको बुझाइ छ। कांग्रेसको जारी घरदैलो कार्यक्रमबाट आएको प्रतिवेदनका आधारमा गठबन्धनबारे पार्टीले स्थानीय आवश्यकता र औचित्यका आधारमा निर्णय लिने तयारी गरेको भन्दै गठबन्धनमा बार्गेनिङ गर्दै आएको छ। ‘के गर्दा पार्टीलाई राम्रो हुन्छ सबैले हेर्ने त्यही हो, गठबन्धन गर्दा बढी राम्रो अवस्थामा हुन्छौं कि एक्लै लड्दाखेरि हुन्छौं त्यसको आधारमा हामी निष्कर्षमा पुग्छौ,’  भन्ने कांग्रेको धारणा छ। 

तर कांग्रेस सभापति शेरबहादुर देउवा अर्को कार्यकाल पनि प्रधानमन्त्री हुने दाउमा रहेकाले गठबन्धन तोड्ने पक्षमा छैनन्। गठबन्धन नगर्ने हो भने प्रधानमन्त्रीमा देउवा आउन मुस्किल पर्ने विश्लेषण छ। ‘संघको निर्वाचनमा ‘हंग पार्लियामेन्ट’ बन्ने निश्चित छ। यस्तो अवस्थामा को प्रधानमन्त्री हुन्छ यसै भन्ने अवस्था देखिदैन। गठबन्धन गरेर जाँदा भने गठबन्धनका दलहरुले बहुमत ल्याउने निश्चित देखिन्छ,’ माओवादीका एक नेताले भने।

माओवादी अध्यक्ष दाहालले पनि प्रधानमन्त्री देउवालाई संघीय निर्वाचनपछि प्रधानमन्त्री बनाउने आश्वासन दिएको स्रोतको दाबी छ। त्यसैले प्रधानमन्त्री देउवाले गठबन्धनको विषयमा जथाभावी नबोल्न आफ्ना पार्टीका नेताहरुलाई भनि पनि सकेका छन्।

‘संसद् विघटन गरेका निवर्तमान प्रधानमन्त्री केपी ओलीको अराजक क्रियाकलापले नै गठबन्धन बनेको हो भन्ने कुरालाई स्थापित गर्न कठिन हुँदै आएको छ,’ माओवादी स्रोतले भन्यो, ‘गठबन्धन गरेका दलहरुलाई विभिन्न कुराले फेरि गठबन्धन तोड्न सक्ने अवस्थाको सिर्जना भने गरिरहेको छ।’  

अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित गर्ने बेलामा पनि गठबन्धन टुटि सकेको थियो। गठबन्धन तोडेको भए सभामुखमा अग्नि सापकोटा रहने थिएनन् भने सरकारमा माओवादी र एकीकृत समाजवादी रहने थिएन भने एकीकृत समाजवादी पार्टीको औचित्य पनि समाप्त हुन सक्ने अवस्था आएको थियो।

तर, गठबन्धन एउटा आवश्यकताले बनेकाले यसलाई संघीय निर्वाचनसम्म लैजान सकेमा देशलाई राम्रो नै गर्ने विश्लेषण छ। यस्तो अवस्थामा अबको निर्वाचन पछिको पाँच बर्षमा एमालेलाई सरकारमा टेक्नै नदिने हो भने एमाले सुध्रिने धेरैको अपेक्षा छ। एमाले अध्यक्ष ओलीले अन्य पार्टीलाई निषेध मात्रै गर्न खोज्दा मुलुक द्वन्द्वतर्फ लैजाने एकीकृत समाजवादीका एक नेताले बताए।
अर्को समाचार
पार्टी फुट्नु र जुट्नु सामान्य कुरा हो: अध्यक्ष नेपाल
१४ वैशाख २०८१
•
२ मिनेट पाठ
पार्टी फुट्नु र जुट्नु सामान्य कुरा हो: अध्यक्ष नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज परिवर्तन गर्ने अभियानमा आफ्नो पार्टी जुटेको बताएका छन्। 




नेकपा (एकीकृत समाजवादी) को भ्रातृ संस्था युवा सङ्घ नेपाल काठमाडौँ जिल्ला समितिले आज आयोजना गरेको ‘नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन’ कार्यक्रममा उनले समाज परिवर्तन गर्ने अभियानमा आफ्नो पार्टी जुटेकाले निराश हुनुपर्ने कुनै कारण नरहेको बताएका हुन्।

‘देश र जनताका लागि काम गरेर देखाउने बेला आएको छ, कुनै पनि पार्टी फुट्नु र जुट्नु सामान्य कुरा हो, कम्युनिष्ट पार्टीप्रतिको विश्वास बढाउन युवाहरु अगाडि बढ्नुपर्छ, जनतालाई विश्वास जगाउन जरुरी छ, जनताको पीडाको साथी बन्नुपर्छ, गाउँघरमा पुगेर जनताको समस्या बुझ्नुहोस् र समस्या समाधानमा लाग्नुहोस्’, उनले भने।

अध्यक्ष नेपालले नेपाली समाजलाई परिवर्तन गर्ने क्षमता कम्युनिष्ट पार्टीबाहेक अन्य कुनै पार्टीसँग नभएको उल्लेख गरे। उनले शक्तिमा रहँदा मात्तिएका कारण नेपालको कम्युनिष्ट आन्दोलनले ठूलो क्षति बेहोर्नुपरेको बताए।  ‘समय र शक्तिको सदुपयोग हुन नसक्नु र व्यक्तिमा घमण्ड उत्पन्न हुँदा पार्टी विभाजन भयो’, अध्यक्ष नेपालले भने।

उनले इमान्दार, निष्ठा र केही गरौँ भन्ने भावना भएमात्र पार्टी अगाडि बढ्ने बताए। पार्टी एकातिर, जनवर्गीय सङ्गठन अर्कातिर हिँड्दा पार्टी अगाडि बढ्न नसक्ने उनको भनाइ छ। उनले आफू ४१ वर्षमा मन्त्री भएर युवाको जोस र जाँगर राष्ट्र निर्माणमा लगाएको स्मरण गर्दै अहिलेका युवालाई समेत नवीन जोस जाँगरका अगाडि बढ्न आग्रह गरे।

अध्यक्ष नेपालले पार्टीको दशौँ महाधिवेशन सम्पन्न गर्नका लागि प्रतिवेदन, विधानलगायतका दस्तावेज लेखनको कार्यलाई पार्टीले तीव्र गतिमा अगाडि बढाउँदै आएको बताए। अहिले मुलुकलाई राजनीतिक स्थायित्व चाहिएको उनको भनाइ छ। सुशासन, सामाजिक न्याय र समानता तथा समृद्धि अहिलेको मुलुकको आवश्यकता भएको अध्यक्ष नेपालले बताए। 

उनले वर्तमान सरकार छ पार्टीको समर्थनमा बनेकाले कुनै एक पार्टी सरकारबाट अलग हुँदा सरकारलाई अप्ठेरो पर्ने अवस्था भएको हुँदा सबैलाई मिलाएर अगाडि बढ्न आग्रह गरे।

पूर्वप्रधानमन्त्री नेपालले जलवायु परिवर्तनको असरले नेपालका हिमालमा असर पर्दै गएको भन्दै चिन्ता व्यक्त गरे। विकसित मुलुकले विकासको नाममा प्रदूषण उत्पन्न गर्दा नेपालको सगरमाथामा असर परिरहेको उनको भनाइ थियो। नेकपा (एकीकृत समाजवादी) का स्थायी समिति सदस्य एवं युवा सङ्घ इञ्चार्ज दिलुकुमारी पन्तले मुलुकको राजनीतिक परिवर्तनमा युवा सङ्घले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए।

नेत्री पन्तले पार्टी र देशका हरेक तहमा युवा सहभागिता बढाउन आवश्यक रहेको उल्लेख गरे। भ्रष्टाचार विरोधी आन्दोलन, सुशासनको पक्षमा युवा सङ्घले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो। युवा सङ्घ काठमाडौँका अध्यक्ष गौरीशङ्कर रानाले सबै युवालाई समेटेर अगाडि बढ्न काठमाडौँ युवा सङ्घले काम गर्दै आइरहेको बताए। 

उनले युवाका समस्या देखाउनेभन्दा समाधान गर्नेतर्फ अगाडि बढ्ने विश्वास व्यक्त गरे।  
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
यो पनि पढौँ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस