इलाम–सूर्योदय नगरपालिकाको फिक्कलमा शनिबार 'महिला सशक्तिकरण' तालिम हुँदैथ्यो। महिलालाई सामाजिक काममा लाग्न प्रेरित गर्ने उद्देश्यले उनीहरुको क्षमता र नेतृत्व विकासमा टेवा पुर्याउनु तालिमको उद्देश्य थियो।कार्यक्रम महत्वपूर्ण र उपयोगी भए पनि तालिम सञ्चालन गर्ने ठाउ" पाउन आयोजकलाई निकै मुस्किल पर्यो। स्थानीय क्लव र स्कुल खाली नभेटेपछि तालिमलाई बल्ल नगरपालिका कार्यालयकै सभाहल रोजियो।आफ्नो टोलमा हुँदै गरेको 'तीन दिने महिला सशक्तिकरण तालिम'मा निम्तो पाएपछि स्थानीय रामु प्रधान 'निकै कुरा सिक्न पाइएला' भन्ने अपेक्षा गर्दै ११ बजे नै तोकिएको स्थानमा उपस्थित थिइन्। छुट्टीको दिन भएकाले अरु ३० जना जति महिला पनि छिट्टै घरधन्दा सकेर सभाकक्षमा भेला हु"दैथिए। सहभागी जुट्दा र आयोजकले तयारी पूरा गर्दा दिउ"सो साढे २ बजे मात्र तालिम सुरु भयो। त्यो पनि फोहोर मैलायुक्त सभाकक्षमा।
निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत काँग्रेस समानुपातिक सभासद सुजाता परियारले प्राप्त गरेको १५ लाख रुपैयाँ मध्येका योजना तथा कार्यक्रमबाट तालिम आयोजना भएको थियो। प्रशिक्षक ज्योतिमाला प्रधानसहित सभासद् परियार सभाकक्षमा स्वयं उपस्थित थिइन्। क्षमता र नेतृत्व विकासबारे छोटो सत्र चलेपछि सहभागीलाई तालिममा सहभागिता जनाएको फारम भर्न दिँदै भनियो, 'तीनै दिनको हस्ताक्षर एकपल्ट गर्नू।'
काँग्रेसकै भातृ संगठन नेपाल महिला संघकी क्षेत्रीय सभापति रहेकी बन्दन अधिकारी त्यसबेला छक्क परिन्, जब आयोजकले सहभागि नै हुन बाँकी दुई दिनको हस्ताक्षरसमेत सुरुकै दिन गर्न निर्देशन दिए। 'विकास बजेटबाट महिलाका हितमा हु"दै गरेको' भनिएको तालिम तोकिएभन्दा ढिलो सुरु हुँदा उनी त्यसै दिक्क थिइन्, त्यसमाथि आयोजकले तीन दिने तालिम पहिलो दिनै समापन गर्ने सुरसार गर्दा झनै अचम्भित भइन्।
'तीन दिन चल्ने भनिएको सशक्तिकरण तालिम दुई घण्टामै सक्दा छक्कै परियो' अधिकारीले भनिन्, 'दुई/चार जनाले ठूलो स्वर गर्दैै दुई दिनसम्म तालिम चलाउन आग्रह गरे पनि सभासद् र प्रशिक्षकले विभिन्न कारण देखाउँदै पहिलो दिनमै टुंग्याए।' सहभागिलाई 'तीनै दिन तालिम लिएको' खाली कागजमा हस्ताक्षर गराएपछि दूरीअनुसार गाडी भाडा र भत्ता दिइएको थियो। फिक्कलका सहभागीले दुई सय रुपैयाँ बुझेका थिए।
'सरकारले सभासदमार्फत निर्वाचन क्षेत्रको विकास गर्न छुट्याएको रकम कसरी दुरुपयोग हुँदैछ भन्ने यो एउटा उदाहरण हो' अधिकारीले भनिन्, 'तीन दिने तालिम दुई घण्टामा सिध्याउनु, त्यो पनि सभासद्कै रोहवरमा भनेको उदेकलाग्दो कुरा हो।' तालिम छिटो सक्न आयोजकलाई कतिसम्म हतार थियो भने, औपचारिक रुपमा समापनसमेत नगरी सहभागिलाई बिदा गरियो। सभासद् र प्रशिक्षक त्यहाँबाट सहभागिसँगै बाहिरिए।
आफूले पाएको १५ लाख रुपैया"बाट सभासद् परियारले १० योजना पूरा गर्ने विवरण जिल्ला विकास समितिमा बुझाएकी थिइन्। तोकिएको अवधिभन्दा ढिलो बुझाइएको त्यो विवरणअनुसार, १० योजनामध्ये सातवटा सडक मर्मत, सुधार र निर्माण सम्बन्धित छन्। बाँकी तीन योजनामा, घरेलु हिंसा र लैंगिक विभेद सम्बन्धी सचेतना कार्यक्रम, महिला नेतृत्व विकास तथा क्षमता अभिवृद्धि र महिला सशक्तिकरण कार्यक्रम छन्।
फिक्कलमा आयोजित तालिम त्यही 'महिला सशक्तिकरण कार्यक्रम'अन्तर्गत थियो। दुई लाख २७ हजार रुपैया" छुट्याइएको यो शीर्षकअन्तर्गत बरबोटेमा पनि उसैगरी तालिम सकिएको छ। त्यहाँ तीन दिनकै तालिम भनेर ६४ जना सहभागिलाई उसैगरी खाली कागजमा हस्ताक्षर गरेर एकै दिनमा तालिम सकि"दा सहभागि स्वयं अचम्भित थिए। सरकारी बजेट हतारमा सिध्याउन कार्यक्रमको उद्देश्य बिर्सिइएको उनीहरुको गुनासो छ।
आर्थिक बर्ष सकिन दुई महिना बाँकी रहँदा उल्लिखित दुई कार्यक्रमअन्तर्गत सचेतना र क्षमता अभिवृद्धिका कार्यक्रम पनि सुरु भएकै छैनन्। सडक मर्मत, सुधार र निर्माणका काममा भने उपभोक्ता समिति गठन भई थोरबहुत काम हुँदैछन्।सरकारी बजेट दुरुपयोग हुने गरी तीन दिने तालिम तीन घण्टामै सकेको र सहभागिको चित्त नबुझेको विषयमा सभासद् परियारले उल्टै आफ्नो तर्क राखिन्। 'फिक्कलमा सोचेजस्तो ठाउँको अभाव, बल्ल भेटेको सभाकक्ष पनि फोहोर भएकाले सहभागिको सुविधाका लागि तालिम अवधि छोट्याइएको हो' परियारले आइतवार नागरिकलाई भनिन्, 'टाढाबाट आएका सहभागिको इच्छाबमोजिमै तालिम छोट्याइएको हो।'
सभासदले प्रतिनिधिमार्फत स्थानीय निकायसँग समन्वय गर्दै खर्च गर्न पाउने विकास बजेट दुरुपयोग भएको उदाहरण यो मात्रै होइन। फर्जी कागजात र बिल बुझाएर यसअघि पनि मनग्गे रकम दुरुपयोग भएको छ। यसपल्ट इलामबाट संविधानसभामा प्रतिनिधित्व गर्ने काँग्रेसका कुलबहादुर गुरुङ, एमालेका झलनाथ खनाल, सुवास नेम्वाङसमेतले पनि रकम बढी दुरुपयोग हुने 'क्षमता विकास र सशक्तिकरण कार्यक्रम' राखेका छन्।
काँग्रेसकै सभासद् केशव थापाले १५ लाख रुपैयाँबाट ११ योजना अघि सारेका छन्, जसमा तीनवटा 'अभिमुखीकरण, कार्यशाला र गोष्ठी' सम्बन्धी छन्। अर्का सभासद् नगेन्द्रकुमार कुमालले बुझाएका १२ योजनामध्ये एउटा 'युवा तथा महिला सशक्तिकरण तथा कुमाल जाति सीपमूलक कार्यक्रम' राखेका छन्। एमाओवादी सभासद सूर्यवालाप्रकाश राईले १२ योजनामध्ये 'तरकारी खेती सम्बन्धी' दुई तालिम राखेका छन्।
निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम दुरुपयोग सम्बन्धमा जिविसका योजना तथा प्रशासकीय अधिकृत चोलाराज पोखरेलले 'तालिम र गोष्ठीका कार्यक्रम अनुगमन गर्न कठिनाइ हुने' बताए। 'पूर्वाधारका काम मात्रै भए नभएको हेर्न सकिन्छ र रकम दुरुपयोग हुने खतरा कम हुन्छ' पोखरेलले भने, 'मतदाता र कार्यकर्ता रिझाउन गरिने तालिम तथा गोष्ठीको कागजात मात्र हेर्ने हो, सहभागि जस्तै भएर अनुगमन गर्ने होइन।'