काठमाडौं-'राहत र पाल केही पनि आएको छैन । पाल ल्याउँछु भनेर गएको मान्छे भोलिपल्ट फोहरको पैसा लिन आएको छ ।'चुच्चेपाटी काठमाडौंका विमल तिमल्सिनाले राष्ट्रिय विपद व्यवस्थापन, अनुगमन तथा निर्देशन समितिकोटोलफ्री नम्बरमार्फत टिपाएको समस्या हो यो ।नुवाकोटका उदय पुडासैनीले पनि टोल फ्री नम्बर १६६००१२२३४४मा पाल र राहत नआएको, अलिअलि आएको राहत सामाग्री पनि पहुँचवालाले मात्र पाएको, भत्किने अवस्थामा रहेका घरले त्रास सिर्जना गरेकालेतत्काल व्यवस्थापन मिलाउन आग्रह गरे ।
संसदले गठन गरेको विशेष समितिले भूकम्पका कारण प्रभावित स्थानमा रहेका व्यक्तिलाई राहत सामग्री वितरण भए नभएको, उद्धार कार्य भए नभएको र राहत सामग्रीको उचित प्रयोग भए नभएको लगायतका विषयमा समितिलाई सूचना दिन टोल फ्री नम्बर व्यवस्था गरेको हो ।
विशेष समितिले चौबीसैघन्टा पीडितका लागि राहत, उद्धार र व्यवस्थापनमा सरकारले गरेको घोषणाअनुसार कार्य भए नभएको सुन्न टोलफ्री नम्बर व्यवस्था गरिएको जनाएको छ । त्यसका लागि कर्मचारी पनि खटाइएको छ ।
'छिमेकीको घर भत्कने अवस्थामा रहेकाले वरपरका बासिन्दालाई समस्या भएको छ,' राम सैंजुले भक्तपुरबाट टिपाएको समस्यामा उल्लेख छ,'त्यसैले बस्नयोग्य बनाइदिनुप¥यो ।'
अहिले विशेष समिति समक्ष यस्ता उजुरी पर्ने क्रम बढेको छ । समितिको सभापति समेत रहेका सभामुख सुवासचन्द्र नेम्वाङले प्रभावितहरूका गुनासो सुन्न यस्तो व्यवस्था गरिएको बताए ।विशेष समितिमा प्राप्त उजुरीलाई सकेसम्म छिटो सम्बोधन हुने व्यवस्था मिलाइदिन सरकारलाई निर्देशन दिइने पनि उनले जानकारी दिए ।त्यसका लागि विशेष समितिले उपसमितिसमेत गठन गरकोे छ । सरकारलाई निर्देशन गर्नुपर्ने गम्भीर विषयका सम्बन्धमा चारसदस्यीय उपसमिति गठन गरिएको छ ।
उपसमितिमा पूर्णबहादुर खड्का, अग्नि खरेल, गिरिराजमणि पोखरेल र लक्ष्मणलाल कर्ण रहेका छन् ।विशेष समितिको शनिबार बसेको बैठकले उपसमिति गठन गरेको हो । त्यसैगरी,समितिले विभिन्न जिल्लामा पठाएका समितिका सदस्यले हेलिकप्टर प्रयोग गरेको गुनासो आएपछि तत्काल रोक्न निर्देशन दिइएको छ ।
पीडितको उद्धार र राहत कार्यमा जुट्नुपर्ने हेलिकप्टर नेता बोकेर हिँडेको सन्देश जाने भन्दै रोक लगाइएको स्रोतले जनाएको छ ।
पीडितका समस्या र गुनासो सुन्न दोलखा पुगेका सांसदत्रय झलनाथ खनाल, चन्द्रमोहन यादव र श्रीप्रसाद जबेगु अमेरिकी सेनाको हेलिकप्टरमा जाने आउने गरेको स्रोतले जनायो ।
हेलिकप्टरको प्रयोग गरिएको भन्दै विशेष समितिले आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा र जिल्लामा रहेका सरकारी निकायमाथि अनावश्यक भार नपर्ने गरी काम गर्ने कार्यशैली अपनाउन निर्देशन गरिएको छ ।
विशेष समितिले भूकम्पबाट भत्किएका र बस्नयोग्य नभएका प्रभावित परिवारका लागि भरपर्दो अस्थायी बासको व्यवस्था यसै महिनाभित्र हुने गरी मिलाउन निर्देशन दिएको छ ।
भूकम्पबाट संकटग्रस्त र बढी प्रभावित अन्य जिल्लामा चिकित्सक, स्वास्थ्यकर्मी र औषधिसहितको स्वास्थ्य सुविधा निरन्तर उपलब्ध गराउन, प्रत्येक गाविसमा सचिव लगायत अन्य कर्मचारी नियमित र अनिवार्य रहने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।
संकटग्रस्त क्षेत्रमा तीनमहिनासम्म पुग्नेगरी सम्बन्धित स्थानमा खाद्यान्न भण्डार गर्न, अति प्रभावित घरवारविहीन,असहाय वृद्ध, बालबालिकाको बसोबासलगायत अन्य व्यवस्थापनका लागि संक्रमणकालीन पुनःस्थापना केन्द्र तत्काल स्थापना गरी राहत र पुनस्र्थापना व्यवस्था गर्न विशेष समितिले निर्देशन दिएको छ ।