साँगाचोक (सिन्धुपाल्चोक)- एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल पार्टीको निर्णयअनुसार श्रमदान गर्न सिन्धुपाल्चोक आएका छन्। महाभूकम्पका कारण प्रभावित जिल्लाका अधिकांश भवन क्षतिग्रस्त बनेपछि 'आफ्नो देश आफैं बनाउन सक्छौं' अभियानसहित एमाओवादी नेता-कार्यकर्ता शुक्रबारदेखि खटिएका हुन्।सोही अभियानअन्तर्गत दाहाल सिन्धुपाल्चोक आएका छन्। उनीसँग करिब सय जना एमाओवादी कार्यकर्ता छन्।
अध्यक्ष दाहालले शुक्रबार सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को साँगाचोकस्थित जनजागृति उच्च माविमा श्रमदान गर्ने भएका छन्। वैशाख १२ गतेको महाभूकम्पमा सो भवन भत्किएको थियो। दाहालले आफ्ना कार्यकर्ता र स्थानीयसँग मिलेर सो स्कुलको टहरा निर्माणमा सघाउनेछन्। स्कुलको १२ कोठे टहरा पुनःनिर्माण हुनेछ।
त्यस्तै दाहाल शनिबार क्षेत्र नम्बर १ डाडाखापरमा र आइतबार क्षेत्र नम्बर ३ को त्रिपेणीमा श्रमदान गर्नेछन्।