गलत तथ्यांकले राहतमा बदमासी
१२ जेष्ठ २०७२
•
१० मिनेट पाठ
गलत तथ्यांकले राहतमा बदमासी
काठमाडौं-भूकम्प गएको महिनादिन बितिसक्दा पनि सरकारले पीडितको सही तथ्यांक संकलन नगर्दा राहत वितरणमा समस्या भएको छ। गलत तथ्यांकका कारण राहत वितरणमा अनियमितता भएको सरकारले नै स्वीकार गरेको छ।‘सगोलमा रहेको परिवारले पनि राहत वितरणका बेला अलग–अलग बताउँछन्,' अर्थमन्त्री रामशरण महतले संसदको विशेष समितिमा मंगलबार भने, ‘पहिले ५ हजार वितरण गर्दा गलत तथ्यांकका कारण दुरुपयोग पनि भयो। अहिले गाविस सचिवको भर पर्ने अवस्था छ।'




मन्त्री महतले सही तथ्यांक संकलन र भूकम्पपीडितको परिचयपत्रका लागि अहिले पनि ४/५ सय कर्मचारी खटिएको जानकारी गराए। सरकारले तत्काल दिने भनेको १५ हजार रुपैयाँ बाँड्न पनि सही तथ्यांक नहुँदा समस्या परेको उनको भनाइ छ।

मन्त्री महतले भूकम्पले क्षति पुगेका घरको संख्या अझै बढ्दो रहेको बताए। ‘पहिले ५ लाख घर पूर्ण क्षति पुगेको भनिएको थियो,' महतले भने, ‘अहिले पूर्ण क्षति भएका घरको संख्या ५ लाख ७० हजार पुगेको छ। आंशिक पनि गर्दा ९ लाख छ।'

मन्त्री महतले सरकारले राहतस्वरूप तत्काल १५ हजार तत्काल दिने निर्णय गरेको जनाउँदै यसअघि वितरण गरिएको रकम कट्टा नहुने स्पष्ट पारे।
‘यसअघि २ हजारदेखि ७ हजारसम्म वितरण भएको रहेछ,' मन्त्री महतले भने, ‘पहिले त्यो रकममा कट्टा गरेर दिने कुरा भएको थियो। अब अहिले १५ हजार दिने, पछि हिसाब गर्ने निर्णय भएको छ।' 
उनका अनुसार यसअघि राहतस्वरूप लिएको रकमबाहेक सरकारले १५ हजार रुपैयाँ अस्थायी बासस्थान निर्माणका लागि पठाउँदैछ। ‘१५ हजारका दरले दिन पनि १० अर्ब रुपैयाँ उपलब्ध गराउनुपर्नेछ,' उनले भने, ‘४ अर्ब निकासा भइसक्यो। त्यसमध्ये पनि २ अर्ब जिल्लामा गइसकेको छ। बाँड्न थालेपछि थप रकम निकासा हुन्छ।'

उनले यो रकम क्षतिपूर्ति नभएको बताए। ‘जनतालाई ठूलो पीडा परेका बेला त्यसको क्षतिपूर्ति गर्न सकिँदैन। यो राहत मात्र हो,' उनले भने, ‘जनतालाई खुट्टामा उभिन दिइएको राहत मात्र हो।'
उनले २ लाख रुपैयाँ राहत दिँदा पनि पर्याप्त नहुने बताए। मन्त्री महतले सरकारले मूल्यवृद्धि नगर्ने, बजारमा आवश्यक मात्रामा जस्तापाता उपलब्ध गराउने र गुणस्तर सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे।

‘पहिले सरकारले नै जस्तापाता आफैं किनेर वितरण गर्ने भनेको थियो,' उनले भने, ‘सरकारले किनेर वितरण गर्दा समय लाग्ने देखिएर डिलरबाटै जाओस् भन्ने निर्णय गरेको हो।'
५० केजी हुने एक बन्डल जस्ताको बढीमा ६ हजार १ सय रुपैयाँ पर्ने उल्लेख गर्दै उनले सदनमा दुई बन्डलसम्म दिनुपर्ने कुरा उठेकाले त्यही अनुसार १५ हजार रुपैयाँ छुट्ट्याइएको बताए।
मन्त्री महतले सरकारको मुख ताकेर नबस्न पनि आग्रह गरे। ‘अहिले सरकारको मुख ताकेर नबस्नोस्,' उनले भने, ‘आफैं पनि केही गर्न सकिन्छ भने गर्नुस्। सरकारले दिने निर्णय गरेकाले पूर्ण क्षति भएकाले अस्थायी बसोबास बनाइसके पनि राहत रकम पाउँछन्।'

उनले राहत वितरणमा एकद्वार प्रणाली नहुँदा समस्या भएको पनि स्विकारे। ‘विभिन्न संघसंस्थाले बाटोनजिकका गाउँमा मात्र राहत पुर्या्एका छन्,' उनले भने। सरकारका तर्फबाट गएको राहत भने समान रूपमा वितरण गरिएको मन्त्री महतको दाबी थियो। 

५० हजार तत्काल दिन माग 


व्यवस्थापिका संसदको राष्ट्रिय विपद व्यवस्थापन अनुगमन तथा निर्देशन विशेष समितिको बैठकमा सांसदहरूले राहत वितरणमा सरकार असफल भएको टिप्पणी गर्दै तत्काल ५० हजार रुपैयाँ उपलब्ध गराउन माग गरे।
एमाले नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकार अलमलिएको र आत्तिएको आरोप लगाए। ‘सरकार कहिले ५ हजार दिने भन्छ, कहिले १५, कहिले ४० र २ लाख दिने भन्छ। आफैं गोलचक्करमा फस्यो। मन्त्री नै अलमलमा देखेको छु,' उनले भने। 
उनले राहत वितरण परिचयपत्रका आधारमा मात्र गरिनुपर्ने धारणा राखे। ‘निर्वाचनका बेला परिवारको सूची र संख्या तयार भएको छ,' उनले भने, ‘त्यसैका आधारमा अहिले नै ५० हजारसम्म दिन सकिन्छ।'
एमालेकै नेता विष्णु पौडेलले पनि न्यूनतम ५० हजार राहत तत्काल उपलब्ध गराउन माग गरे।
‘४ बन्डल जस्तापाता र किलाकाँटीका लागि १५ हजार छुट्टै उपलब्ध गराउनुपर्छ,' पौडेलले भने, ‘परिचयपत्रपछि मात्र राहत वितरण गर्ने हो भने वर्षायाम त्यसै बित्छ।'
कांग्रेस महामन्त्री कृष्ण सिटौलाले कतिपय गाविसमा सचिव नै नभएकाले १५ हजार वितरण कसले गर्ने भनी प्रतिप्रश्न गरे। ‘कैयौं गाउँकै धाँजा फाटेको छ। स्थानान्तरणका लागि सरकारले सोचेको छ कि छैन? बजार नजिक नहुनेले जस्तापाताको व्यवस्था कसरी गर्छ?' उनले भने। 
कांग्रेसका गोपालमान श्रेष्ठले १५ हजारमा १ हजार इँटा पनि नआउने उल्लेख गर्दै त्यो कम भएको बताए। ‘एउटा ज्यामीलाई दिनभर काम गराउने हो भने १२ सय रुपैयाँ माग्छ,' उनले भने, ‘अस्थायी बासस्थान बनाउन कति कामदार चाहिन्छ?'

एमाओवादीका टोपबहादुर रायमाझीले सरकारले जनतालाई भेडाबाख्रा बनाउन खोजेको आरोप लगाए। ‘१५ हजारले बाख्राको खोर पनि बन्दैन,' उनले भने, ‘दुर्गम क्षेत्रमा १५ हजारका जस्तापाता लैजान नै ५० हजार खर्च हुन्छ। त्यसैले न्यूनतम १ लाख रुपैयाँ दिनुपर्छ।'
समितिका संयोजक एवं सभामुख सुवासचन्द्र नेम्वाङले थप गृहकार्य गरेर बुधबारको बैठकबाट सरकारलाई थप निर्देशन दिइने बताए।

‘वैदेशिक सहयोग १० प्रतिशत मात्रै' 


अर्थमन्त्री महतले प्रधानमन्त्री राहत कोषमा विदेशबाट धेरै रकम नआएको बताए। सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले वैदेशिक सहयोग १० प्रतिशत मात्रै भएको बताए।
‘९० प्रतिशत रकम सरकारको ढुकुटीबाटै जम्मा गरिएको छ,' उनले भने, ‘सरकारले अहिलेसम्म ६ अर्ब जम्मा गरिसक्यो। त्यसको १० प्रतिशत मात्र विदेशबाट रकम प्राप्त भएको छ।'

उनले अब पनि विदेशीले वितरणका लागि रकम नदिने स्पष्ट पारे। ‘राहत कोषमा जनताले तिरेको करबाटै जम्मा भएको छ,' उनले भने, ‘खर्च पनि त्यसैबाट भएको छ। बाँड्नका लागि भोलि पनि विदेशीले सहयोग गर्दैनन्। हामीले विकास निर्माणको खर्च कटाएरै वितरण गर्ने हो।'

विदेशबाट हजारौं स्वयंसेवक, स्वास्थ्यकर्मी, उद्धार टोलीको सहयोग प्राप्त गरेको उनले बताए। ‘१० हजार स्कुल निर्माण गर्नुपर्नेछ, हजारौं स्वास्थ्य केन्द्र, हजारौं सरकारी कार्यालय पुननिर्माण गर्नुपर्नेछ,' उनले भने, ‘त्यसका लागि पनि रकम आवश्यक पर्छ। वर्षाको समयमा फेरि अर्को जुरे होला भन्ने डर पनि अर्कोतिर छँदैछ।'
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस