५० लाख किलो चामल खै?
१४ जेष्ठ २०७२
•
८ मिनेट पाठ
५० लाख किलो चामल खै?
काठमाडौं-भूकम्प प्रभावितका लागि बंगलादेशले पठाएको १० हजार मेटि्रक टन (१ करोड केजी) चामलमध्ये ५ हजार मेटि्रक टन (५० लाख केजी) बीचैमा गायब भएको छ। भूकम्प प्रभावित जिल्लामा राहतस्वरुप बाँड्न ल्याइएको चामल कहाँ पुग्यो, कसैलाई पत्तो छैन। बंगलादेशी चामल सरकारको केन्द्रीय तथ्यांकमै भेटिँदैन।विदेशबाट आएका राहत सामग्रीको केन्द्रीय तथ्यांक तयार पार्ने जिम्मेवारी पाएको गृह मन्त्रालयले त झन् बंगलादेशबाट जेठ १२ सम्म ५० हजार क्विन्टल (५० लाख केजी) चामल मात्र नेपाल भित्रिएको दाबी गरेको छ।
‘राहतस्वरुप विदेशी राष्ट्रले पठाएका सामग्री नेपाल भित्रिनेबित्तिकै रेकर्ड हामीकहाँ आउँछ। अहिलेसम्म बंगलादेशबाट ५० हजार क्विन्टल चामल नेपाल भित्रिएको तथ्यांक हामीसँग छ,' गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले नागरिकसँग भने। 




नेपालमा वैशाख १२ गते गएको ७.६ म्याग्निच्युड स्केलको भूकम्पले ठूलो जनधनको क्षति गरेपछि वैशाख २१ गते बंगलादेशकी प्रधानमन्त्री सेख हसिनाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले नेपाललाई तत्काल १० हजार मेटि्रक टन चामल दिने निर्णय गरेको थियो। 

नेपालका भूकम्प प्रभावितका लागि भनी बंगलादेशले पठाएको १० हजार मेटि्रक टन चामल दुई साताअघि नै नेपाल भित्रिएको थियो। सडक मार्ग हुँदै चामल बोकेका कन्टेनर नेपाल भित्रिएका थिए। बंगलाबन्ध, फूलबारी, पानीट्यांकी हुँदै ५ सय २१ वटा ट्रकमा १० हजार मेटि्रक टन चामल काँकडभिट्टा नाकाबाट नेपाल भित्रिएको थियो। 
बंगलादेशबाट १० हजार मेटि्रक टन चामल भित्रिएको होइन र? भन्ने नागरिकको जिज्ञासामा गृह प्रवक्ता ढकालले अनभिज्ञता प्रकट गर्दै भने, ‘एकपटक आपूर्ति मन्त्रालयलाई सोध्नुस् न!' 

काठमाडौंस्थित बंगलादेश दूतावासका अनुसार राहतको पहिलो खेप वैशाख २३ गते नेपाल भित्रिएको थियो भने अन्तिम खेप जेठ १ गते। सबै चामल झापाका सहायक प्रमुख जिल्ला अधिकारी कमलबहादुर थापालाई हस्तान्तरण गरिएको थियो। नेपाललाई चामल हस्तान्तरण गर्न काठमाडौंस्थित बंगलादेशी दूतावासका कर्मचारी बारीकुल इस्लाम आफैं झापा पुगेका थिए। 
नेपालले बुझेपछि उक्त परिमाणको चामल झापा, बिर्तामोड र चन्द्रगढीस्थित नेपाल खाद्य संस्थानको गोदाममा राखिएको थियो। 

‘बंगलादेशले पठाएको १० हजार मेटि्रक टन चामल हामीले बुझेका छौं। ती चामल खाद्य संस्थानको झापास्थित बिर्तामोड र चन्द्रगढी गोदाममा राखेका छौं। गृहको सूचीमा किन थोरै चामल देखियो, त्यो खुलाउने काम गृहको हो, मलाई थाहा भएन,' वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता शम्भु घिमिरेले जानकारी दिए, ‘माग र आवश्यकता हेरेर भूकम्प प्रभावित क्षेत्रमा ती चामल पठाउने कार्य भइरहेको छ।' 

खाद्य संस्थानको बिर्तामोड शाखाप्रमुख मार्कण्डेयप्रसाद जैसवालका अनुसार हालसम्म त्यहाँबाट बंगलादेशले पठाएको चामलमध्ये ३१ हजार ५ सय क्विन्टल (३१ लाख ५० हजार केजी) मात्र भूकम्प प्रभावित विभिन्न जिल्ला पठाइसकिएको छ। 

बंगलादेशका लागि नेपाली राजदूत हरिकुमार श्रेष्ठले बंगलादेशले दिएको चामल ३ खेपमा नेपाल पठाइएको थियो। अन्तिम खेप चामल नेपाल भित्रिँदा आफू पनि सँगै झापा पुगेको उनले टेलिफोनबाट नागरिकलाई बताए। ‘दुई साताअघि चामलको अन्तिम खेप नेपाल भित्रँदा मसँगै त्यहाँ पुगेको थिएँ। ३ हजार मेटि्रक टन चामल भूकम्प प्रभावित जिल्लामा वितरण भइसकेको जानकारी हामीलाई दिइएको थियो,' राजदूत श्रेष्ठले भने। 

आपूर्ति मन्त्रालयले बंगलादेशबाट प्राप्त १० हजार मेटि्रक टन चामलको सम्पूर्ण जानकारी गृहलाई गराएको बताएको छ तर गृहले भने त्यस्तो जानकारी आफूलाई प्राप्त नभएको जनायो। आपूर्ति मन्त्रालयले उपलब्ध गराएको तथ्यांक नै आफूहरुले सार्वजनिक गरेको गृह प्रवक्ताले बताए। बंगलादेशले पठाएको १० हजार मेटि्रक टनमध्ये आधा ५० लाख केजी चामलको विषयमा गृह अनभिज्ञ छ। 
गृह मन्त्रालयका अनुसार हालसम्म ५ राष्ट्रले मात्र नेपालका भूकम्प प्रभावितका लागि राहत सामग्रीमा चामल पठाएका छन्। भूकम्प प्रभावितका लागि चामल पठाउने राष्ट्रमा बंगलादेश, भारत, पाकिस्तान, थाइल्यान्ड र बहराइन छन्। 

गृहको केन्द्रीय तथ्यांकअनुसार बंगलादेशले ५० हजार क्विन्टल, भारतले ३ हजार ८७ क्विन्टल, पाकिस्तानले २ सय ३ क्विन्टल, थाइल्यान्डले २ सय ७ क्विन्टल र बहराइनले ३७ क्विन्टल गरी कुल ५३ हजार ५ सय ३४ क्विन्टल चामल नेपाल भित्रिएको छ। यसबाहेक, पाँच मेटि्रक टन गृहको तथ्यांंकले देखाएको छैन।

यसैबीच, बंगलादेशस्थित नेपाली दूतावासले त्यहाँ नेपाल पठाइएका बिभिन्न राहत सामग्री के कति कुन जिल्ला तथा स्थानमा वितरण भए त्यसको विवरण परराष्ट्र मन्त्रालय मार्फत मागेको भए पनि विवरण प्राप्त गर्न सकेको छैन। ‘बंगलादेश सरकार र त्यहाँक संघसंस्थाले उपलब्ध गराएका राहत सामग्रीको कहाँ कहाँ वितरण भए भन्ने जानकारी दूतावासले हामीसँग मागेको छ। हामीले झापा जिल्लासँग जानकारी मागेका छौं, तर पाएका छैनौं। आफूले दिएको सामान कहाँ गएछ भन्ने जानकारी उनीहरुलाई उपलब्ध गराउन सके विश्वास बढ्छ र थप राहत ल्याउन पनि सहज हुन्थ्यो,' परराष्ट्र मन्त्रालय स्रोतले भन्यो।
अर्को समाचार
चामल पाइयो
१४ जेष्ठ २०७२
•
७ मिनेट पाठ
चामल पाइयो
भूकम्पपीडितका लागि आएको ५० लाख किलो चामल गायब भएको समाचारले जोकोहीलाई आश्चर्यचकित पारेको छ। बंगलादेश सरकारले राहतस्वरूप एक करोड किलो चामल पठाएकोमा सरकारी तथ्यांकमा आधा मात्र देखिनुले राहतमा पनि भ्रष्टाचार हुन थालेको आशंका बलियो भएको हो। विदेशी मित्र मुलुकहरूले दिएको राहतको जिम्मेवारी लिएको गृह मन्त्रालयले यसको हिसाब राम्ररी राख्न सकेको देखिएन। यससम्बन्धी समाचार नागरिकमा प्रकाशित भएपछि गृह मन्त्रालयले एकाएक ५० लाख किलो चामल देखाएर बिहीबार विवरण सार्वजनिक गरेको छ। वैशाख १२ गते भूकम्पको केही दिनपछि बसेको बंगलादेशको मन्त्रिपरिषद बैठकले नेपालमा तत्काल एक करोड किलो चामल सहयोग गर्ने निर्णय गरेको थियो। सोहीअनुसार विभिन्न खेपमा भित्रिएको चामल सरकारका प्रतिनिधिले जिम्मा लिएका थिए।विदेशबाट आएका सबैखाले सहयोगको तथ्यांक राख्ने जिम्मेवारी गृह मन्त्रालयको हो। तर गृहले दुई सातादेखि ५० लाख किलोको मात्रै तथ्यांक देखाएन, बाँकी चामलबारे वाणिज्य तथा आपूर्ति मन्त्रालय जिम्मेवार हुने भनेर पन्छिरह्यो। चामल गायब पार्ने नियत त थिएन भन्ने आशंका भएको छ। सडक मार्गबाट वैशाख २३ गते पहिलो खेप नेपाल भित्रिएको चामल झापा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीले बुझिलिएका थिए। उता बंगलादेशका लागि नेपाली राजदूत हरिकुमार श्रेष्ठ पनि एक करोड किलो चामल ३ खेप गरेर नेपाल पठाएको बताउँछन्। अन्तिम खेप चामल प्रदान गर्दा जेठ १ गते त आफू स्वयं झापा पुगेको तथ्य सार्वजनिक भएपछि चामलको पूर्ण विवरण दिनुपर्ने बाध्यता गृहलाई भए पनि उसले पत्रकार सम्मेलन गर्न आपूर्तिलाई दबाब दिएको थियो। 
देश यतिखेर विषम परिस्थितिको सामना गरिरहेको छ। भूकम्पका कारण हुनपुगेको क्षति कहालीलाग्दो छ। बस्ने घर भत्केको र अन्नपात पुरिएकाले थातथलो छाडी एक माना चामल लिन घन्टौँ लाइन बस्न बाध्य सर्वसाधारण खाद्यान्न अभाव झेलिरहेकै छन्। यस्तो अवस्थामा ५० लाख किलो चामलको हिसाब यताउता पार्न खोज्नुले जिम्मेवार निकायहरूप्रति आशंका बढाएको छ। यही स्थिति अन्य कतिपय सामग्रीमा आएको हुन सक्छ। 
शुभेच्छुक तथा दाताबाट प्राप्त सहयोग दुरुपयोग हुनसक्ने आशंकाकै कारण सरकारले राहत वितरणमा ‘एकद्वार नीति'अवलम्बन गरेको हो। तर सरकारी निकायबीचमै समन्वय अभावका कारण एकद्वार नीति असफल हुनसक्ने अवस्था छ। खासमा विपत व्यवस्थापन गर्न गृह मन्त्रालयले राम्रो समन्वय गर्न सकेको देखिएन यसपटक। त्यही भएर विपत व्यवस्थापनसम्बन्धी कानुन बनाएर प्रधानमन्त्री मातहत लैजान खोजिएको छ। यो चामलको मात्र विवरण हो। त्रिपाल, औषधिलगायत सामग्रीको अवस्था पनि उस्तै छ। आवश्यक परेकाले नपाउने, बरु मौका परे बजारमा पुर्यााएर लाभ लिन खोज्ने प्रवृत्ति देखिनु अत्यन्त दुखद हो। विपत्तिका बेला पनि भ्रष्टाचार र लापरबाही गर्न खोज्नेमाथि छानबिन र कारबाही हुनुपर्छ। गृह मन्त्रालयले किन यतिका दिनसम्म आधा मात्र चामलको विवरण सार्वजनिक गर्योन? अनुसन्धान हुनुपर्छ। समाचार बाहिर नआएको भए त्यसलाई लुकाएर भविष्यमा व्यक्तिगत लाभका निम्ति कसैले दुरुपयोग गर्ने योजना थियो कि? खोजिनुपर्छ।
दाताले आफ्नो सहयोगको पूर्ण सदुपयोग होस् भन्ने चाहना राख्छ, राख्नुपर्छ पनि। बंगलादेश सरकारले पनि नेपाललाई प्रदान गरेको चामललगायत अन्य राहत सामग्रीबारे जानकारी माग्न सक्थ्यो। कूटनीतिक वृत्तमा चामल हराएको चर्चा हुन थालिसकेको थियो। नेपाल सरकारका जिम्मेवार निकायले यसलाई राम्ररी व्यवस्थापन नगरेको तिनले राम्रैसँग थाहा पाइसकेका छन्। अहिले दूतावासले राहत सामग्री कति परिमाण, कुन क्षेत्रमा वितरण भयो त्यसको सम्पूर्ण जानकारी परराष्ट्र मन्त्रालयमार्फत मागेको तर नपाएको बताएको छ। यसले अविश्वास बढ्नसक्छ र थप राहत प्राप्त गर्न झन् गाह्रो पर्छ। 
प्रधानमन्त्री सुशील कोइरालाले राहत तथा उद्धारमा गडबड गर्नेलाई कडा सजाय गर्ने दोहोर्या्इरहेका छन्। चामल प्रकरणलाई अहिले नै ‘भ्रष्टाचार' भन्न नसकिए पनि त्यहाँ केही ‘गडबड' भएको तथ्यलाई वेवास्ता गर्न मिल्दैन। यस्ता घटनाले मुलुककै साखलाई कमजोर पार्नेछ। यतिखेर विपतमा परेको नेपाललाई सबैतिरबाट स्नेह र सद्भाव प्राप्त भएको छ। यसलाई बचाइराख्न पनि राहत सामग्रीको विवरण र तथ्यांक चुस्तदुरुस्त एवं पारदर्शी राखिनुुपर्छ। यसका निम्ति गृह, आपूर्ति तथा परराष्ट्र मन्त्रालयबीच तत्काल समन्वयको वातावरण बनाइनुपर्छ। सरकारले दाता राष्ट्र तथा संघ–संस्थाको विश्वास टुटाउने होइन, बढाउने काम गर्न जरुरी छ।


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस