नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुकुम्बासी समस्या समाधान गर्न नचाहेको आरोप लगाएका छन्।
रुपन्देहीको तिलोत्तमामा निर्माणाधिन भ्यूटावरको उदघाटन गर्दै उनले आफ्नो सरकारले बनाएको आयोगमाथि बञ्चरो लगाएर गठबन्धन सरकारले अव्यवस्थित र सकुम्बासीहरुको समस्या बल्झाउने बहाना खोजीरहेको आरोप लगाएका हुन्।
प्रधानमन्त्रीको आशन्न भारत भ्रमणप्रति पनि व्यङ्ग गर्दै उनले सकुम्बासीहरुको फाइल खोज्न भारत जान लागेको टिप्पणी गरे । ‘हामी पुर्जा बाँडने तयारीमा थियौं तर गठबन्धन सरकारले त्यसमै बन्चरो चलाईदियो, केही निहूँ नपाए हामीलाई फाइल लुकाएको आरोप लगाइरहेका छन्। सायद त्यही फाइल खोज्न साथीहरु शुक्रबार दिल्ली जाँदै छन्,त्यतै भेटाउँछन कि’ पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने। चुनावका बेला झुटा आश्सवासन दिनेहरुसंग सचेत रहन उनले कार्यकर्तालाई आग्रह गरे।
पूर्णरुपमा निर्माण सम्पन्न भइनसकेको ११ तले भ्युटावरको उद्घाटन गर्दे उनले एमाले सरकारमा छँदा विकासको नयाँ अवधारणा ल्याएको दावी गरे। एमालेले नै चेतनामा विकास ल्याएको र त्यही चेतनाले भौतिक विकास सम्भव भएको बताए।