प्रहरी–सशस्त्र बल सम्बन्ध चिसियो
१६ जेष्ठ २०७२
•
१६ मिनेट पाठ
प्रहरी–सशस्त्र बल सम्बन्ध चिसियो
काठमाडौं-शक्तिशाली भूकम्पपछि राहत र पुर्ननिर्माणको जिम्मेवारी पाएर सँगसँगै खटिइरहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीको सम्बन्ध विवादित नियमावलीले चिस्याएको छ। विपतपछि खोजी र राहत जारी रहेकै बेला गृह मन्त्रालयले सशस्त्रलाई पक्राउ तथा पक्राउपुर्जी जारी गर्ने अधिकार दिने गरी सशस्त्र प्रहरी बलको नियमावली बनाएर प्रस्ताव मन्त्रिपरिषदमा पुर्‍याएपछि दुई संगठनबीच सम्बन्ध चिसिएको हो।अहिले प्रहरी र सशस्त्र दुवै संगठनका उच्च अधिकारी नियमावलीको पक्ष र विपक्षमा लबिङ गर्न सक्रिय छन्।
मन्त्रिपरिषद विधेयक समिति पुगेको प्रस्तावित नियमावली संशोधन गराउन प्रहरी अधिकारी र प्रस्तावित नियमावली जस्ताको त्यस्तै पास गराउन सशस्त्रका अधिकारी प्रभावकेन्द्र धाइरहेको स्रोत बताउँछ।




यस्तो अधिकार सशस्त्रलाई दिँदा आफ्नो कार्यक्षेत्र मिचिने तथा एकै प्रकृतिको कामको जिम्मेवारी दुइटा संगठनले पाउँदा जटिल हुने भन्दै सो प्रावधान संशोधन गराउन प्रहरी प्रमुखसहितका उच्च अधिकारी प्रधानमन्त्री कार्यालय, मुख्यसचिव, गृहमन्त्री र गृहसचिवसम्म पुगिरहेका छन्।
हालको सशस्त्र प्रहरी ऐन, ०५८ ले केही अपराधमा पक्राउ गर्ने अधिकार दिएको तर पक्राउ गर्दाताका दिनुपर्ने पक्राउपुर्जीको अधिकार नहुँदा अप्ठेरो परेको भन्दै पक्राउपुर्जीको अधिकारसहितको नियमावली ल्याउन सशस्त्रका नेतृत्व र उच्च अधिकारी शक्तिकेन्द्र धाइरहेका छन्।
प्रहरी–सशस्त्र बल टकराव यो पहिलो भने होइन। माओवादी द्वन्द्वताका सेनाले आदेश नमानेको भन्दै सरकारले सेना–प्रहरीका इच्छुकलाई मिलाएर २०५७ मा अर्धसैनिक बल संरचनाको सशस्त्र बल गठन गरेदेखि नै यी दुवै संगठनबीच पटक–पटक कार्यक्षेत्र विवाद हुँदै आएको छ। 

गठनताका राष्ट्रिय संकटका बेलामा नेपाली सेना मातहत परिचालित हुने र शान्ति सुरक्षा खलल पुगेको अवस्थामा प्रहरीलाई सघाउने गरी ब्यारेकीय अवधारणामा गठन भएको सशस्त्रले आफ्नो भूमिका बढाउँदै ब्यारेकबाहिर पनि सक्रिय हुने मोह बढाएपछि प्रहरी र सेनासँग समेत बेलाबखत कार्यक्षेत्र टकराब हुने गरेको छ। 
प्रहरीबाट अलि टाढा, सेनासँग अलि निकट रहने अवधारणाअनुसार गठन भएको सशस्त्र अवस्थाअनुसार कहिले प्रहरीजस्तो, कहिले सेनाजस्तो बन्न खोज्दा गठन गर्दाको अवधारणा नै भातभुंग भएको जानकारहरू बताउँछन्। 

सशस्त्र प्रहरी गठनताका अवधारणा निर्माणमा संलग्न तत्कालीन गृहसचिव श्रीकान्त रेग्मी गृहको नेतृत्वमा रहेकाहरूले तत्कालीन स्वार्थ हेरी सशस्त्रको कार्यक्षेत्र बढाउँदै लैजाँदा समन्वय गरेर काम गर्नुपर्ने संगठनहरूबीच टकराव बढेको बताउँछन्। 
कार्यक्षेत्र तोक्नेहरूले सशस्त्र गठनताका तोकिएको कार्यक्षेत्र र स्थापनाताकाको अवधारणा नबुझ्दा समस्या बढ्दै गएको उनको विश्लेषण छ। उनले गृहको नेतृत्वकर्ताले सशस्त्र किन बनेको र यसको कार्यक्षेत्र के हो भन्ने नबुझी निर्णय गर्दा समस्या बढेको बताए।
‘सशस्त्र पक्राउ गर्ने, अपराध नियन्त्रण गर्ने गरी स्थापना भएको संगठन हैन,' रेग्मीले नागरिकसँग भने, ‘प्रहरीले कुनै घटना नियन्त्रण गर्न नसकेको अवस्थामा परिचालित हुने गरी तालिम र स्रोतसाधनमा दक्ष बनाएर राख्ने अवधारणामा गठन भएको थियो, तत्कालीन स्वार्थ हेरेर क्षेत्राधिकार बढाउँदा समस्या आयो।'
पक्राउपुर्जीको अधिकार पाए प्रहरी–सशस्त्रबीच द्वन्द्व बढ्ने र यसले अपराध नियन्त्रणमा प्रत्यक्ष असर गर्ने बताउँदै रेग्मी सशस्त्रलाई पक्राउको अधिकारसँगै पक्राउपुर्जी दिने प्रस्तावित नियमावलीको विपक्षमा देखिए।
‘सशस्त्र नेपाल प्रहरीको विकल्प होइन र हुन सक्दैन,' उनले भने, ‘न माग्नेले आफ्नो कार्यक्षेत्र बुझे न दिनेले नै कार्यक्षेत्र र अवधारणा हेरे।'
सशस्त्रका पूर्वप्रमुख सनतकुमार बस्नेत देशअनुसार सशस्त्रको कार्यक्षेत्र तोकिने हुँदा पक्राउ आदेश दिन सक्ने अधिकार तोक्दैमा प्रहरीको कार्यक्षेत्र नमिचिने बताउँछन्। भारतमा अर्धसैनिक बलले पक्राउ गर्ने अधिकार नभएको, तर फ्रान्समा भने अर्धसैनिक बलले पनि पक्राउ गर्ने गरेको उदाहरण दिँदै उनले कतिसम्म गर्ने हो भन्नेमा क्षेत्राधिकार प्रस्ट हुनुपर्ने बताए।
सशस्त्रले आफ्नो क्षेत्राधिकारभित्र अपराधमा संलग्न व्यक्तिलाई पक्राउ गरेर प्रहरीलाई बुझाउने गरेको, तर पक्राउ गर्ने बेला पुर्जी जारी गर्न नपाउँदा कसले समातेको भन्ने नदेखिने हुँदा पक्राउपुर्जीसम्मको अधिकार सशस्त्रलाई दिन हुने उनको तर्क छ।
‘पक्राउ गर्ने, तर पुर्जी जारी गर्न नपाउने प्रावधानले सशस्त्रमा केही अप्ठेरा छन्, पुर्जी जारी गर्ने अधिकार तोक्दा अन्य संगठनलाई समस्या हुन्न,' बस्नेतले भने, ‘तर, यसैलाई टेकेर अभियोजन, अनुसन्धान र मुचुल्का लगायतका सबै काम सशस्त्रलाई दिने अभ्यास हो भने यो गलत हो।'
नेपाल प्रहरीका पूर्वएआइजी नवराज ढकालको विश्लेषण भिन्न छ। एकै प्रकृतिको कामको जिम्मेवारी २ वटा संगठनलाई तोक्दा कार्यान्वयन पाटो जटिल हुने र दूरगामी नकारात्मक प्रभाव पर्ने उनको भनाइ छ।
सशस्त्रको प्रस्तावित नियमावलीमा राखिएको विषय अर्धसैनिक बलको क्षेत्राधिकारको अन्तर्राष्ट्रिय मापदण्ड विपरीत हुने जनाउँदै उनले प्रस्तावित नियमावलीमा संशोधन नभए दुवै संगठनमा तल्लो तहसम्म नकारात्मक प्रभाव पार्ने बताए।
‘गस्तीमा गएको सेनाले समेत अपराध गरिरहेको व्यक्ति फेला पार्योभ भने पक्राउ गर्छ र प्रहरीलाई बुझाउँछ,' उनले भने, ‘सशस्त्रले पनि आफंै अनुसन्धान गर्ने होइन, पक्राउ गरेर प्रहरीलाई बुझाउने हो, उसलाई पुर्जी चाहिने हो भने सेनाले पनि माग्न सक्छ, उसलाई दिने कि नदिने?'
उनले एकै प्रकृतिको अधिकार रहेका दुई संगठन बनाउनुको साटो बरु समायोजन गरेर एकै बनाउने गृह नेतृत्वलाई सुझाव दिए। ‘एकै अधिकार भएका दुइटा संगठन किन राख्नु? यस्तै हो भने सशस्त्र र प्रहरी समायोजन गरेर एकै संगठन बनाए हुन्छ,' ढकालले भने।
जन्मँदैदेखि विवाद
सशस्त्र प्रहरी बल गठन भएदेखि नै प्रहरी र सेनासँगको टकराब जारी छ। माओवादी शान्तिपूर्ण राजनीतिमा आएलगत्तै सशस्त्रले आफ्नो भूमिका बढाउने प्रयास गरेपछि अन्य दुई निकायसँग टकराव बढेको थियो जुन अझै जारी छ। 
सरकारले अर्धसैनिक बलको अवधारणाअनुसार सशस्त्र गठनको गृहकार्य गर्दाताका नै सेना उसको पक्षमा थिएन। माओवादीविरुद्ध परिचालित हुँदा ठूलो क्षति बेहोरेको प्रहरी संगठनको संरचनामै विमत िनराखे पनि नाममा सहमत थिएन।
प्रहरीले संगठनको नाम सशस्त्र बल या सशस्त्र सुरक्षा बल सुझाए पनि प्रहरीबाट सशस्त्रतिर गएका कृष्णमोहन श्रेष्ठको प्रहरी शब्दप्रतिको मोह हटेन। प्रहरी शब्द राख्दा अन्तर्राष्ट्रिय क्षेत्रको सकारात्मक दृष्टिकोण हुने बुझेका श्रेष्ठको चतुर्यापइँ र लबिङले प्रहरीको प्रयास सफल भएन। 
माओवादी शान्तिपूर्ण राजनीतिमा आएलगत्तै कार्यक्षेत्रबारे अन्योलमा रह्यो। ब्यारेक प्रणालीको संगठन भए पनि नेतृत्वले स्वीकार गरेन, ऊ प्रहरीझंै सक्रिय हुने अभ्यासमा लाग्दा विवाद सुरु भयो।
सशस्त्र प्रहरी ऐनअनुसार सशस्त्र संघर्ष, पृथकतावादी गतिविधि, आतंककारी गतिविधि, दंगा, प्रकोप र महामारीपीडितको उद्धार, गम्भीर प्रकृतिको अपराध र अशान्ति भए त्यसको नियन्त्रण, सीमा सुरक्षा, सरकारले तोकेको भवन, संरचना र स्थानको सुरक्षा, व्यक्तिको सुरक्षा उसको म्यान्डेट हो। 
पृथकतावादी गतिविधि नियन्त्रण सशस्त्रको म्यान्डेट भए पनि २०६३ पछि तराई, पूर्वका पहाडी क्षेत्रमा फैलिएको हिंसात्मक गतिविधि नियन्त्रणमा सशस्त्र प्रभावकारी हुन सकेन। सीमा सुरक्षामा समेत सन्तोषजनक उपलब्धि नभएपछि सशस्त्र नेतृत्व ऐनमा राखिएका शान्ति सुरक्षा शब्दमा टेक्दै गृह नेतृत्वसँग अनुकूल बन्दै कार्यक्षेत्र बढाउन सक्रिय भए। 
गृह सचिवको निर्देशनमा निश्चित म्यान्डेटसहित परिचालित हुनुपर्ने बल परिचालनको अधिकार प्रहरीझंै प्रमुख जिल्ला अधिकारीसम्म आइपुग्यो। ऐन, नियमावलीमा भएका दुईअर्थी शब्दमा टेकेर सशस्त्र नेतृत्वले २०६९ मा सशस्त्र प्रहरी बल परिचालन निर्देशिका ल्याएर प्रहरीको झंै पैदल गस्ती, चेकप्वाइन्ट र सुरक्षा जाँज, आपराधिक गतिविधिमा संलग्न रहेको शंका लागे छापा मार्ने र पक्राउ गर्ने क्षेत्राधिकार बढाए।
पैदल गस्तीदेखि चेकप्वाइन्ट राखेर सर्वसाधारणको खानतलासी लिने, थप मद्दतको माग भए खटिनुपर्ने संगठनका सदस्य सामान्य दुर्घटनामा समेत आफूखुसी घटनास्थलमा उपस्थित हुने, चोकहरूमा आफूखुसी खटिन थालेपछि द्वन्द्व बढ्दै गयो। गृह प्रशासनले दुवै संगठनबीचको द्वन्द्वको फाइदा लिँदै आफूअनुकूल दुवैलाई प्रयोग गर्दै स्वार्थ पूरा गरिरहे।
स्थापनाकालदेखि नै नरुचाएको सेनाले निर्वाचन होस् या सार्क सम्मेलन, आफ्नो क्षेत्राधिकारभित्र सशस्त्र आउँदा उसलाई भूमिकाविहीन बनायो। महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा होस् या आधुनिक हतियार खरिद सबै प्रयास असफल बनायो।
सेनासँग असफल सशस्त्र नेतृत्वले प्रहरीको कार्यक्षेत्रतिर लम्कँदै बिस्तारमा सक्रिय भएसँगै प्रहरीसँग विवाद बढ्यो। सीमा र औद्योगिक सुरक्षाको जिम्मेवारी दिने प्रयास हुँदा प्रहरीले असहमति जनाए पनि सफल हुन सकेन। 

क्षेत्राधिकारमा चासो छैन


सेना र प्रहरीले सशस्त्रको क्षेत्राधिकारसमेत मिचेका छन् । तर, सशस्त्र नेतृत्व मिचिएको कार्यक्षेत्र फर्काउन भन्दा नयाँ कार्यक्षेत्र बढाउन बढी केन्द्रित छ। 
सशस्त्रको ऐन र नियमावलीले भिभिआइपीको सुरक्षा, महत्वपूर्ण प्रतिष्ठान र सरकारी कार्यालयको सुरक्षा सशस्त्रको कार्यक्षेत्रमा पारेको छ। यी कार्यक्षेत्रमा सशस्त्र आंशिक मात्रै खटिँदै आएको छ। सोअनुसार विमानस्थल र जेल, महत्वपूर्ण सरकारी भवन, निकुञ्ज लगायतमा सशस्त्र खटिनु पाउनुपर्ने हो। तर, अवस्था त्यस्तो छैन।
नक्खु कारागार बाहेकका सबै जेल सुरक्षामा प्रहरी छ। भिभिआइपी सुरक्षामा सेना र दुवै प्रहरी संगठन खटिन्छन्। सशस्त्र प्रहरीझै संरचना भएको १५ हजार संख्याको नेपाल प्रहरीको सशस्त्र प्रहरी गण सक्रिय नै छ। महत्वपूर्ण प्रतिष्ठान र सरकारी भवनको सुरक्षा सेनाले छाडेको छैन।
पूर्वएआइजी ढकालले अन्य सुरक्षा संगठनले गरिरहेका अर्धसैनिक बलको संरचनाको जिम्मेवारी सशस्त्रलाई हस्तान्तरण गर्नुपर्ने बताए। उनले संगठनको कार्यक्षेत्र विवाद समाधानका लागि राजनीतिक नेतृत्वको लहडमा निर्णय नगरी विज्ञ समूहलाई जिम्मेवारी दिन सुझाव दिए।
रेग्मीले अर्धसैनिक बलको अवधारणाअनुसार सशस्त्र परिचालित हुनुपर्नेमा जोड दिए। ‘यो अन्य कुनै संगठनको विकल्प हैन, संगठन बनाउँदाताको अवधारणा प्रहरी र सेनाबीचमा रहने हो, त्यही भूमिकामा राख्नुपर्छ।'
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस