राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले देश बनाउँछ भन्नु साँढेको टाङमुनि बाल्टी थाप्नु सरह भएको बताएका छन्।
उनले सो ३ राजनीतिक दलप्रति कडा टीप्पणी गर्दै साँढेको टाङमुनि बाल्टी थापेर जे गर्दा पनि दुध नदिने भन्दै अध्यक्ष लिङ्देनले यस्ता राजनीतिक दललाई चुनावमा जिताएर कुनै उपलब्धि हाँसिल नहुने बताए। कपिलवस्तुको बाणगंगा नगरपालिको बुद्धरंगशालामा राप्रपा कपिलवस्तुले आयोजना गरेको आम सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन उनले सो कुरा बताएका हुन्।
कांग्रेस, एमाले र माओवादीले पटकपटक देश विकासको नेतृत्व गर्ने अवसर पाएको भन्दै उनले सो अवसरलाई उनीहरुले सदुपयोग गर्न नसकेको बताए। देशका प्रमुख राजनीतिक दललाई अध्यक्ष लिङ्देनले देश र जनताले महसुस हुने गरि गरेको काम देखाउन चुनौति समेत दिए। ‘यस्ता राजनीतिक दललाई फेरी पनि सत्तामा पुर्याउनु देशलाई बर्बादीको दिशातर्फ उन्मुख गराउनु हो’ उनले भने। अध्यक्ष लिङ्देनले जनताका लागी अहित हुने कुनै पनि काम नगर्ने बताउदैं राप्रपा रोजेकालाई कहिले पनि पछुताउने दिन आउन नदिने प्रतिवद्धता व्यक्त गरे।
एमसीसीतर्फ ईकिंत गर्दै उनले देशका प्रमुख राजनितिक दलका नेतृत्वको केटाकेटीपनले अन्र्तराष्ट्रिय जगतमा नेपालको विश्वासनियता गुमेको भन्दै देशमा विदेशी शक्ति राष्ट्रहरु रणनितिक रुपमा प्रतिस्पर्धा गरिरहेको बताए। कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि एक हजार जना बढीे राप्रपामा प्रवेश गरेको पार्टीले जनाएको छ।
कार्यक्रममा अध्यक्ष लिङ्देनसहित, महामन्त्री एवम् नेपालगंज उप–महानगरपालिका मेयर डा.धवल शम्शेर राणा, वरिष्ठ नेता दिपक बोहोरा, पूर्व आईजिपी तथा पार्टीका उपाध्यक्ष ध्रुब बहादुर प्रधान, पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही, राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदयसहितका नेताले सम्बोधन गरेका थिए। पार्टीका जिल्ला अध्यक्ष नारायण बहादुर सिंहले राप्रपा कपिलवस्तुमा बजबुद हुदै गएको दाबी गरे।