पाल्पा, पुस ३ (नागरिक)- एकीकृत नेकपा (माओवादी)का महासचिव रामबहादुर थापाले सहमतिकै लागि आन्दोलन गर्नुपरेको बताएका छन्। क्रान्तिकारी पत्रकार सङ्घ, मगरात राज्य समितिले आयोजना गरेको कार्यक्रममा उनले सहमतिको राजनीति हुन सके समयमै संविधान बन्ने बताए।
उहाँले सङ्घीयताको बारेमा भ्रमित भएकालाई सचेत नागरिकले जागृत गराउनुपर्ने बताए।
हिजोमात्रै मगरात स्वायत्त गणराज्य घोषणा गरेका नेता थापाले राज्य र अन्य गणराज्यहरुको गलत व्याख्या भइरहेको बताउँदै यसमा जनतालाई जागरुक बनाउनुपर्नेमा जोड दिए।