काठमाडौं-सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेस र नेकपा एमालेले छ प्रदेश निर्माणको प्रस्ताव प्रमुख चार दलको बैठकमा राख्ने समझदारी गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको बैठकमा दुई दल प्रदेशको सीमांकन र नामांकन पछि गर्ने गरी छ प्रदेश निर्माणको पक्षमा उभिएका हुन्।
‘आयोगलाई सीमांकन र प्रदेशसभालाई नाम राख्ने अधिकार दिने गरी छ प्रदेश बनाउने दुईदलीय सहमति छ,' कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने, ‘आयोगले गरेको सीमांकनलाई पछि अनुमोदन गरेर जानुपर्छ।'
दुईदलीय बैठकमा प्रतिनिधिसभा (तल्लो सदन) र राष्ट्रियसभा (माथिल्लो सदन) मा प्रत्यक्ष र्निवाचितको बहुमत रहनेे गरी मिश्रित निर्वाचन प्रणालीलाई स्वीकार गर्ने सहमति भएको छ। प्रत्यक्षतर्फ ६० र समानुपतिक प्रणालीमा ४० प्रतिशत रहने गरी दलहरूबीच सहमति जुटी नसकेको नेताहरूले दाबी गरेका छन्। ‘यथास्थितिमा ६० र ४० भन्ने भएको छैन,' उपसभापति पौडेलले भने, ‘दुवै सदनमा प्रत्यक्ष निर्वाचितहरूको बहुमत हुने गरी सहमतिमा पुग्न सकिन्छ।'
नयाँ संविधानको निर्वाचन प्रणालीमा प्रत्यक्षतर्फ ६० र समानुपातिकतर्फ ४० प्रतिशत राख्ने दलीय सहमति भएको विषयमा कांग्रेस र एमालेका दोस्रो तहका नेताहरूले नेतृत्वसँग प्रश्न गरेका थिए। जवाफमा एमाले अध्यक्ष केपी ओलीले दुवै सदनमा प्रत्यक्ष निर्वाचितको बहुमत हुनुपर्छ भन्नेमा आफ्नो अडान कायमै रहेको सुनाउँदै ६० र ४० को सहमति नभएको स्पष्ट पारेका थिए।
दुई दलले तल्लो सदन २ सय ५ र माथिल्लो सदन ६० सदस्यीय बनाउने प्रस्ताव पनि प्रमुख दलको बैठकमा राख्ने भएका छन्।
संविधानका विवादित विषयमा दलीय सहमति जुटाएर तत्काल संविधान जारी गर्नुपर्नेमा दुवै दल सहमत भए पनि त्यसपछि कसको नेतृत्वमा सरकार गठन गर्ने भन्नेमा सहमति जुट्न बाँकी छ। ‘नयाँ संविधान जारी भएलगत्तै प्रधानमन्त्रीबाट राजीनामा गर्न कांग्रेस सभापति सुशील कोइरालाले तयार भएका छन्,' बैठकमा सहभागी एक नेताले भने, ‘त्यसपछिको सरकार कसको नेतृत्वमा गठन गर्ने भन्ने टुंगो लाग्न बाँकी छ।'
दुईदलीय बैठकमा एमाले उपाध्यक्षसमेत रहेको उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले संविधान जारी भएपछिको प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओली हुने कि नहुने भनेर कांग्रेस नेतृत्वसँग प्रश्न गरेका थिए। तर, कांग्रेसका नेताहरूले भने संविधानका विवादित विषयको टुंगो लगाएपछि प्रधानमन्त्री मात्र नभएर राष्ट्रपति, उपराष्ट्रपतिका साथै व्यवस्थापिका संसदको सभामुख र उपसभामुखको पनि टुंगो लगाउनुपर्ने तर्क गरेका थिए। ‘संविधान जारी गरेपछि सुशील कोइरालाले प्रधानमन्त्रीबाट तत्काल राजीनामा गर्नेमा कांग्रेस तयार भयो,' बैठकमा सहभागी एक नेताले भने, ‘त्यसपछिको प्रधानमन्त्री एमालेलाई दिने कुरामा कांग्रेस नेताहरू मौन बसे, संविधानमा कुरा मिलेपछि पाँचै पदमा के गर्ने भन्ने कुरा गरांैला भन्ने जवाफ मात्र आयो।'
विवादित विषयमा प्रमुख दलहरूबीच बिहीबार नै सहमति जुट्न नसके केही दिन थप समय लिएर भए पनि समाधान खोज्ने दुई दलबीच समझदारी छ। ‘भोलि (बिहीबार) नै विवाद समाधानका लागि कोसिस गर्ने हो,' कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले भने, ‘सहमति भएन भने केही दिन थप समय लाग्न सक्छ।'
बिहीबार एमालेले दुई दलबीच भएको सहमतिबारे एकीकृत माओवादीसँग छुट्टै छलफल गर्नेछ। त्यसलगत्तै प्रमुख चार दलको बैठक बस्ने दलीय सहमति छ।
दुईदलीय बैठकअघि बसेको कांग्रेस पदाधिकारी बैठकले प्रदेशको नामांकनको जिम्मा प्रदेशसभालाई नै दिने गरी संघीयताको विवाद समधान गर्न नयाँ प्रस्ताव अघि सारेको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान कांग्रेस पदाधिकारी र प्रभावशाली नेताको बैठकले विवाद समाधानका लागि लचकताका साथ प्रस्तुत हुने पनि निष्कर्ष निकालेको हो।
मुलुकमा आइपरेको विपत सामना गर्न पनि संविधान निर्माणलाई छिटो निष्कर्षमा पुर्या उनुपर्ने निष्कर्ष निकाल्दै कांग्रेसले सात प्रदेश निर्माण गर्नुपर्ने पुरानो अडान छाडेको छ। उसले दलीय सहमतिका लागि छ वा आठ प्रदेश निर्माण गरेर जान सकिने भन्दै छ प्रदेशमा नै दलीय सहमतिको प्रयास गर्ने निष्कर्ष निकालेको छ। एकीकृत माओवादी र मधेसी मोर्चा छ वा आठ प्रदेश निर्माणमा सहमति हुने पनि उनीहरूको बुझाइ छ।
‘६ देखि ८ प्रदेश निर्माण र निर्वाचन प्रणालीका विषयमा छलफल भएको छ,' कांग्रेस सहमहामन्त्री खड्काले भने, ‘आ–आफ्ना अडान छाडेर सहमतिमा पुग्नुपर्छ, दलीय अडानले सहमति हुँदैन।'
कांग्रेसले हिमाल, पहाड, तराई छुट्टिन र जातीय आधारमा प्रदेश निर्माण गर्न नहुने भन्दै सहमतिका लागि हदैसम्म लचिलो बन्ने निष्कर्ष निकालेको छ। दलीय सहमति जुट्न नसके संघको नाम प्रदेशसभाको निर्वाचनपछि उसैलाई राख्ने अधिकार दिने उसको प्रस्ताव छ।
संविधानसभा निर्वाचन र त्यसपछि प्रमुख दलहरूले प्रदेश निर्माणमा आ–आफ्नो अडानसहित नक्सा सार्वजनिक गरिरहेका बेला कांग्रेसले सहमतिका लागि नयाँ नक्सांकन गर्ने प्रस्ताव अघि सारेको छ। दलीय सहमतिको आधारमा प्रदेशको सीमांकन टुंगो लगाउन निश्चित समय तोकेर विज्ञ समितिले आयोग गठन गर्ने प्रस्ताव पनि उसको छ।
प्रदेशको संख्या, नामांकन र सीमांकनमा दलीय सहमति जुटे निर्वाचन प्रणालीसहितका अन्य मुद्दामा सहमति जुट्ने कांग्रेसको बुझाइ छ।
एकीकृत माओवादी नोट अफ डिसेन्टसहित सुधारिएको संसदीय व्यवस्था मान्न तयार भएपछि कांग्रेस दस वर्षसम्मका लागि संवैधानिक अदालत गठन गर्न, त्यसपछि सर्वोच्च अदालतमा नै छुट्टै डेक्स बनाउन तयार छ। त्यस्तै, तल्लो (प्रतिनिधिसभा) प्रत्यक्ष र माथिल्लो (राष्ट्रियसभा) समानुपातिक निर्वाचन प्रणाली अपनाउने अडानमा रहेको कांग्रेस ४० प्रतिशतसम्म समानुपातिक निर्वाचन प्रणाली राख्न तयार भएको छ।