काठमाडौं-प्रमुख दलहरूबीच संविधानका विवादित विषयमा सहमति भए ‘फास्ट ट्र्याक' मार्फत असारभित्रै संविधान जारी गर्ने गरी संविधानसभा सचिवालयले गृहकार्य सुरु गरेको छ। संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानका विवादित विषयमा दलहरूले सहमति गरे नियम निलम्बन र प्रक्रिया छोट्याएर असारभित्रै संविधान जारी गर्न सकिने बताए। त्यसका लागि संचिवालयले तयारी गरिरहेको पनि उनले जानकारी दिए।
‘विवादित विषयमा सहमति भए संविधानसभा बैठकमा फास्ट ट्र्याकको विधि र प्रक्रियाका बारेमा जानकारी गराउँदै मोटामोटी खाका पेस हुन्छ,' उनले भने, ‘त्यसमा सामान्य छलफल गरेर पारित गर्न सकिन्छ।'
प्रमुख राजनीतिक दलहरूले संविधानका अन्तर्वस्तुमध्ये राज्य पुनःसंरचना, शासन प्रणाली, निर्वाचन प्रणाली र न्याय प्रणालीका विषयमा सहमति गर्न बाँकी छ। विवादित विषय एकसाथ टुंगो लगाउन प्रमुख दलहरूको बैठक निरन्तर बसिरहेको छ।
राज्य पुनःसंरचना सबैभन्दा जटिल भएकाले यसको टुंगो लाग्नासाथ सबै विषय एकसाथ टुंगो लाग्ने छलफलमा सहभागी एक नेताले बताए। ‘संघीयता नै अहिलेको जटिल विषय हो,' ती नेताले भने, ‘प्रदेशको संख्या टुंगो लगाएर नामावली र सीमाको विवाद पछाडि टुंगो लगाउने गरी फास्ट ट्र्याकबाट संविधान जारी गर्ने विषयमा कुराकानी चलेको छ। संख्याको टुंगो लाग्नासाथ अन्य विषय मिल्न सक्छन्।'
संविधानका अन्तर्वस्तुमा सहमति गरिए राष्ट्रिय सहमतिको सरकार गठनका लागि पनि बाटो खुला हुने ती नेताको ठम्याइ छ। ‘असारभित्रै संविधान जारी गर्ने गरी फास्ट ट्र्याकमा जान सकिन्छ,' उनले भने, ‘यसो भयो भने सबैका लागि ‘विन–विन (जित–जित)' को अवस्था बन्छ। प्रधानमन्त्रीले पनि संविधान बनाएर छाड्छु भन्नुभएको छ। उहाँकै नेतृत्वमा संविधान जारी, कार्यान्वयन र पुनर्निर्माणका लागि सहमतिको सरकार बनाउन सकिन्छ।'
प्रधानमन्त्रीले नै असारभित्रै संविधान बनाउन सक्छु भनेकाले त्यसलाई अन्यथा लिन नहुने उनको भनाइ छ। ‘कांग्रेस नेतृत्वमा रहेको सरकारले संविधान बनाउने,' उनले भने, ‘पुनर्निर्माण र विकाससँगै संविधान कार्यान्वनयका लागि सहमतीय सरकार बनाउन सकिन्छ।'
प्याकेजमा सहमति गर्ने दलहरूको तयारी रहेकाले संविधानसभा बैठक पनि २१ गते बिहीबारका लागि बोलाइएको छ।
‘यसअघि सभासदहरू जिल्ला–जिल्लामा रहेकाले असार पहिलो सातासम्म संविधानसभा स्थगित गर्ने तयारी थियो,' सचिवालय स्रोतले भन्यो, ‘तर, दलहरूले छलफललाई तीव्रता दिएकाले २१ गते बोलाइएको हो। बिहीबारसम्म संविधानका अन्तर्वस्तुमा सहमति नभए संविधानसभा बैठक फेरि पनि सूचना टाँसेर केही दिनका लागि स्थगित गर्ने तयारी छ।'
असारभित्रै संविधान जारी गर्न सके पुनर्निर्माणमा विदेशीको पनि सहयोग रहने हुनाले यसको तयारीलाई तीव्रता दिइएको सचिवालय स्रोतको भनाइ छ।
‘संविधान बन्यो भने भूकम्पपछिको पुनर्निर्माणका लागि भनेर विदेशीले पनि सहयोग गर्न सक्छन्,' उनले भने, ‘हामीले पनि संविधान बनायौं, अब विकासका लागि सहयो गर भन्न सकिन्छ।'
असारभित्रै संविधान जारी गर्न सकिए देशका लागि मलमपट्टि हुने भएकाले त्यसमा ध्यान दिन सभाध्यक्ष नेम्वाङले आग्रह गरे। ‘देश र जनतालाई अहिले मलमपट्टिको आवश्यकता छ,' उनले भने, ‘दलहरू मिल्ने हो भने जनताका तर्फबाट स्वीकार हुन्छ। यो सकारात्मक समय पनि हो।'