काठमाडौं–प्रमुख राजनीतिक दलकाे अाग्रहमा अाज बस्ने भनिएकाे संविधानसभाकाे बैठक जेठ २५ गते दिउँसाे तीन बजेसम्मका लागि स्थगित गरिएकाे छ । प्रमुख दलले सहमितकाे प्रयास भइरहेकाे भन्दै संविधानसभाकाे बैठक केही दिन पर सार्न अाग्रह गरेपछि संविधानसभा सचिवालयले सुचना टाँसेर बैठक स्थगित भएकाे जनाएकाे संविधानसभा सचिवालयका सहप्रवत्ता सुदर्शन कुँइकेलले जानकारी दिए ।बिहीबार विहान बसेकाे नेकपा एमाले र एकीकृत माओवादीले सहमतिका लागि केही दिनसम्म संविधानसभाको बैठक स्थगित गर्न संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई आग्रह गर्ने निर्णय गरेका थिए।दुई दलबीचकाे बैठकमा सहमतिका लागि थप प्रयास गर्न सविधानसभा बैठक केही पर सार्न आग्रह गर्ने सहमति भएको एक नेताले जानकारी दिए।
अहिले प्रमुख चार दलबीच बैठक बस्ने भनिएपनि एमाले र एमाओवादीबीचको बैठक लम्बिएपछि प्रमुख चार दलको बैठक आज बेलुका पाँच बजे बस्ने सहमति भएको नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए।
एमाले र एमाओवादीबीच संविधानसभाको बैठक केही दिन सार्ने र विवादित विषयमा सहमतिको प्रयास भइरहेको एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री निवास बालुवाटरमा पुगेर प्रधानमन्त्रीसहित कांग्रेसका नेतालाई जानकारी गराएको पौडेलले जानकारी दिए ।
बुधबार नै दलहरुबीच बिहीबार एमाले र एमाओवादीबीच बैठक गर्ने सहमति भएको थियो। सोही सहमतिअनुसार अहिले एमाले र एमाओवादीबीच बैठक भएको हो। संविधानसभाको बैठक आज तीन बजे बस्ने कार्यसूचि थियाे । प्रमुख दलहरु राष्ट्रिय सरकार गठन र सहमतिबाटै संविधान निर्माण गर्ने विषयमा केही दिनदेखि छलफलमा व्यस्त छन्।