वैशाख ३० गते हुने स्थानीय तहको आसन्न निर्वाचन परियोजनाका लागि जनक शिक्षा सामाग्री केन्द्र, सानोठिमी भक्तपुरले शुक्रबारदेखि मतपत्र छपाइ कार्य सुरु गरेको छ।
निर्वाचान आयोगका अनुसार वैशाख २९ गतेभित्र १८ वर्ष उमेर पूरा भएका कुल मतदाता संख्या एक करोड ७७ लाख ३३ हजार ७ सय २३ रहेका छन्। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार कुल मतदाताका लागि यसपटक २ करोड थान मतपत्र छपाइ कार्य जनक शिक्षा सामाग्री केन्द्रले गर्ने छ। आयोगका आयुक्तसहितका टोलीले विहीबार जनक शिक्षा सामाग्री केन्द्रको मेसिन,छपाइमा प्रयोग हुने मसी लगायतका सुरक्षाका हिसाबले सबै परिस्थितिको निरीक्षण गरिसकेको छ।
उनका अनुसार यसपटक मतपत्र जिल्लागत रूपमा छपाइ कार्य हुन्छ। ‘शुक्रबार परीक्षणको रूपमा मत्रपत्र छपाइ भयो। मसी लगायतका गुणस्तर परीक्षण गरियो,’ प्रवक्ता पौडेलले नागरिकसँग भने, ‘मतपत्र २६ लहर समुहमा ७७ प्रकारको छपाइ हुन्छ।’ कुल मतदातामध्ये ८७ लाख ४१ हजार ५ सय ३० महिला, ८९ लाख ९२ हजार १० पुरुष र एक सय ८३ अन्य अन्य रहेको आयोगको तथ्यांक छ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आयोगले अघिलो चुनावमा ६ प्रकारका मात्र मतपत्र छापेको तर यसपटक ७३ दलले नै ७७ वटै जिल्लामा चुनावमा भाग लिने आवेदन दिएपछि जिल्लागत रूपमा छापिने तय गरिएको जनाए। ‘स्थानीय निर्वाचनमा भाग लिन भनी समयसीमाभित्र ८० दलले निवेदन दिए। जसमध्ये ७९दलले स्वीकृति पाए तर ७३ दलले ७७ वटै जिल्लामा निर्वाचनमा भाग लिने निवेदन दिएका थिए,’ सहायक प्रवक्ता अर्यालले भने, ‘७७ जिल्लामै भाग लिने भनेपछि मतपत्र निकै ठूलो हुने देखियो।
यही समस्या हल गर्न यसपटक आयोग जिल्लागत रूपमा मतपत्र छाप्ने भएको हो।’ जनक शिक्षा सामाग्री केन्द्रका प्रमुख अनिल झाले शुक्रबारदेखि मतपत्र छपाइ कडा सुरक्षा घेराभित्र भइरहेको जनाए। मतपत्रको आकार ७३ सेमी चौडाइ र १०३ सेमी लम्बाइ सिटमा हुने उनले जनाए। ‘७ वटा मेसिनले मतपत्र छपाइ सुरु गरेको छ।
कर्नेलको सुरक्षा कमान्डमा १५० नेपाली सेनाको घेराभित्र मतपत्र छपाइ भइरहेको छ,’ प्रमुख झाले नागरिकसँग भने, ‘वैशाख १७ गतेभित्र मतपत्र छपाइ तथा दुर्गम र हिमाली जिल्लामा ढुवानी सम्पन्न हुन्छ।’ उनले थपे,‘केन्द्रले देशभरिका ६ हजार ७ सय ४३ वडाका लागि २ करोड थान मतपत्र छपाइ शुक्रबारदेखि सुरु गरिसक्यो।’ मतपत्र छपाइले पाठ्यपुस्तक छपाइमा कुनै समस्या नपर्ने जनकले मतपत्रसाथै आगामी ०७९ सालको जेठ पहिलो सातादेखि सुरु हुने नयाँ शैक्षिक सत्रका लागि समेत विद्यालय तहको पुस्तक छपाइ कार्य भइरहेको छ। मतपत्र छपाइले विद्यालयको पुस्तक छपाइमा कुनै बाधा नपुग्ने प्रमुख झाको दाबी छ।
‘विद्यालय तहको कक्षा ४–१० सम्मको सबै किताब जनकले नै छापिरहेको छ। कक्षा १–९ सम्म रंगीन पुस्तकको छपाइ गर्नुपर्छ। जनकले कुल एक करोड ९८ लाख थान किताब वैशाखभित्र छाप्नुपर्छ,’ उनले भने, ‘हालसम्म एक करोड ५५ लाख थान छापिसक्यो। बाँकी रहेको ४३ लाख थान वैशाखभरि छापिन्छ। कुनै समस्या हुँदैन।’