दलीय सहमतिअनुरूप कार्यतालिका बन्ने
२५ जेष्ठ २०७२
•
८ मिनेट पाठ
दलीय सहमतिअनुरूप कार्यतालिका बन्ने
काठमाडौं-संविधान निर्माणका लागि प्रमुख राजनीतिक दलहरूबीच भएको सहमतिअनुसार संविधानसभाले आफ्नो कार्यतालिका बनाउने भएको छ।

संविधानसभा माघ ८ पछि कार्यतालिकाविहीन छ। 'दलहरूको सहमतिबमोजिम संविधानसभा सचिवालयले गर्ने सम्पूर्ण तयारी पूरा भइसकेको छ,' संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले भने। उनले दलहरूबीच असार मसान्तमा संविधान जारी गर्ने सहमति भए सचिवालय पूर्ण तयारी अवस्थामा रहेको जानकारी दिए।

दलहरुबीच छोटो प्रक्रियाबाट संविधान जारी गर्ने सहमति भए त्यहीअनुसार नियम निलम्बन गरी प्रक्रिया छोट्याउनुपर्ने हुन्छ। 'दलहरूको भनाइअनुसार असारभित्रै संविधान जारी गर्न पनि थुप्रै नियम निलम्बन गर्नुपर्छ,' नेम्वाङले भने, 'त्यसको तयारी सुरु भइसकेको छ।'

संविधानसभाले यसअघि पारित गरेको नियमावलीअनुसार जाने हो भने विवादित विषयमा सहमति भएको करिब साढे चार महिनापछि मात्र संविधान जारी हुन्छ। त्यसरी जाँदा ढिलाइ हुने भएकाले प्रक्रिया छोट्याएर संविधान जारी गर्ने निष्कर्षमा दलहरू पुगेका हुन्।

पुरानो कार्यतालिकालाई आधार मान्दा संविधान जारी गर्न धेरै प्रक्रिया पूरा गर्नुपर्छ। जनताको अपनत्व हुने गरी अन्तर्क्रिया गरेर उनीहरूको धारणा समेट्दै संविधान बनाउने कार्यतालिका यसअघि तय भएको थियो। तर, यसअघिको कार्यतालिकामा उल्लेख जनताको राय सल्लाह लिने, संशोधन गर्ने लगायतका महत्वपूर्ण समय भने काटिनेछन्।

पुरानो कार्यतालिकाअनुसार संविधानसभाबाट सहमति भएका विषयमा मस्यौदा गर्ने, मस्यौदा संविधानसभाको पूर्ण बैठकमा पेस गरेर छलफल गर्ने, जनताको राय प्रतिक्रियाका लागि राजपत्रमा प्रकाशित गर्ने, पहिलो मस्यौदामाथि व्यापक सुनुवाइ, गोष्ठी, अन्तर्क्रिया गराउने, सुझाव संकलन गर्ने, त्यसपछि रायसुझाव सहितको प्रतिवेदन तयार पारी संविधानसभाको पूर्ण बैठकमा पेस गर्ने प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।

प्रक्रिया पूरा गरिए पनि प्रशस्त समय भने नहुने संविधानसभा सचिवालयले जनाएको छ। संविधानको पहिलो मस्यौदा जनताको रायबमोजिम परिमार्जन गरी संविधानको विधेयक पूर्ण बैठकमा पेस गर्ने, संविधानको विधेयकको प्रति सबै सदस्यलाई वितरण गर्ने, अन्तरिम संविधान र संविधानसभा नियमावलीबमोजिम विधेयकमाथि सभामा सामान्य छलफल गर्ने, संविधानसभा सदस्यहरूलाई संशोधन म्याद दिने, संशोधनसहित विधेयकमाथि दफावार छलफल गर्ने, संविधानका सबै धारा, प्रस्तावना र नामसहितको सम्पूर्ण भाग संविधानसभाबाट पारित गर्नुपर्ने हुन्छ।

पारित संविधानको प्रमाणीकरण प्रति तयार गरी सदस्यहरूले हस्ताक्षर गर्ने र अध्यक्षले विधेयक प्रमाणित गर्ने, राष्ट्रपतिद्वारा प्रस्तुत संविधानको प्रतिमा हस्ताक्षर गरी नेपाली जनतासमक्ष नयाँ संविधान प्रारम्भ भएको घोषणा गरेपछि मात्र संविधान निर्माण प्रक्रिया पूरा हुने गरी कार्यतालिका बनाइएको थियो।

तर, अब नियम निलम्बन गरेर धेरै प्रक्रिया छोट्याउनुपर्ने हुन्छ। दलहरूबीच भएको सहमति अब संविधानसभा अध्यक्षलाई बुझाइनेछ। अध्यक्ष नेम्वाङले मंगलबार बोलाइएको संविधानसभा बैठकमा त्यसलाई पेस गरेर संवाद समितिमा पठाउन प्रस्ताव गर्नेछन्।

संविधानसभाले संवाद समितिमा पठाएर विवादित विषयमा सहमतिको प्रतिवेदन पेस गर्न एक दिन समयसीमा राखेर निर्देशन दिनेछ। विवादित विषयमा सहमति भए संविधानसभा बैठक बसेर सहमतिको मस्यौदा ल्याउन संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिलाई दिइने सभाध्यक्ष नेम्वाङले जानकारी गराए।

संवाद समितिले सहमतिको प्रतिवेदनलाई संविधानसभा पेस गर्नेछ। संविधानसभाले उक्त प्रतिवेदनलाई मस्यौदाका लागि मस्यौदा समितिमा पठाउनेछ। मस्यौदा समितिले बढीमा १५ दिनमा संविधानको पहिलो मस्यौदा तयार पार्नेछ। त्यसका लागि समितिले यसअघि नै खाका तयार गरिसकेको छ। समितिले पहिले नै धेरै गृहकार्य गरेकाले अब १५ दिनभित्रै संविधानको मस्यौदा तयार पार्न सक्ने सचिवालय स्रोतले जानकारी दियो।

'फास्ट ट्र्याकमा जाँदा पनि सबैभन्दा बढी समय खर्चिनुपर्ने भनेको मस्यौदा समितिमा नै हो,' सचिवालय स्रोतले भन्यो, 'त्यसका लागि अझै पनि १५ दिन समय लाग्न सक्छ। त्यसबाहेकका प्रक्रिया निकै छोट्याउन सकिन्छ।'

असार मसान्तभित्रै संविधान जारी गर्ने भए जनताको प्रतिक्रिया लिनका लागि तय गरिएको समय कटाउनुपर्ने हुन्छ। थोरै समयमा पनि जनताको प्रतिक्रिया लिन सार्वजनिक सञ्चारमाध्यममा प्रकाशन र प्रसारण गरेर राय–सुझाव दुई दिनभित्रै माग्न सकिने पनि सचिवालयले जनाएको छ।

संविधानको पहिलो मस्यौदा संशोधनका लागि ७ दिनअघि नै संशोधन प्रस्ताव दर्ता गराउनुपर्ने, त्यसलाई अध्ययनका लागि सबै सभासदलाई वितरण गर्नुपर्ने लगायतका प्रक्रिया छोट्याएर एकै दिनमा सीमित गर्नुपर्ने सचिवालय स्रोतले जानकारी दियो।

यसैबीच, सोमबार बोलाइएको संविधानसभा बैठकले शोक प्रस्ताव पारित गरेको छ।

संविधानसभाले कांग्रेसका पूर्वसांसद गोपाल कोइरालाको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस