काठमाडौं–औपचारिक रुपमा विभाजित भइनसकेको एमाओवादी नेतृत्वको विपक्षी मोर्चामा संविधानसभाको बैठक बहिष्कार गर्ने वा नगर्ने विषयमा विवाद भएको छ। मोर्चा संयोजक एवं एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र सहयात्री दल फोरम लोकतान्त्रिक र खुम्बुवान राष्ट्रिय मोर्चाले संविधानका विवादित विषयमा सहमति गरेपछि संविधानसभाको मंगलबार बस्ने बैठक बहिष्कार गर्ने नगर्ने विषयमा विवाद भएको हो।मोर्चामा आवद्ध मधेस केन्द्रित र केही जनजाति दल आज बस्ने बैठक बहिष्कार गर्नुपर्ने निष्कर्षमा पुगेका छन भने मोर्चामा आवद्ध केही दल संविधानसभा बैठक बहिष्कार गर्न नहुने पक्षमा रहेका छन्। एमाओवादी, फोरम लोकतान्त्रिक र खुम्बुवान राष्ट्रिय मोर्चा प्रदेशको नामाकंन प्रदेश सभाले गर्ने र नामाकंन आयोगले गर्ने गरी आठ प्रदेश बनाउन सहमत भएपछि मोर्चामा विवाद चुलिएको छ।
नामाकंन र सिमाकंन विनाको आठ प्रदेश बनाउन सहमति गरेको विरोधमा विपक्षी २८ दलले मंगलबार बस्ने संविधानसभाको बैठक बहिष्कार गर्ने सद्भावना पार्टीका महासचिव मनिष सुमनले जानकारी दिए। नामकंन र सिमाकंन विनाका प्रदेश आफूहरुलाई स्विकार्य नहुने भन्दै प्रमुख चार दलबीच भएको सहमतिको विरोधमा रहेका दलले मंगलबार बस्ने संविधानसभा बैठक बहिष्कार गर्ने निर्णय गरेको सुमनले बताए ।चार दलले संविधानका विवादित विषयमा सहमति गरेपछि भावी रणनीति तय गर्न २८ दलको बैठक सिंहदरबारस्थित तमलोपा संसदीय दलको कार्यलयमा सुरु भएको छ। बैठकमा चार दलबीच भएको सहमति, भावी रणनीति र संघर्षका कार्यक्रमका विषयमा छलफल भइरहेको महासचिव सुमनले जानकारी दिए।
मोर्चामा आबद्ध पहिचानमा आधारित संघीय गठबन्धनको मंगलबार विहान बसेको बैठकले भने चारदलबीच भएको सहमति आफूहरुलाई मान्य नहुने भन्दै संविधानसभाको बैठकमा गएर विरोध गर्ने निर्णय गरेको छ। गठबन्धनका नेता गोपाल दहितका अनुसार चार दलबीच भएको सहमति स्विकार्न नसकिने भन्दै गठबन्धनको बैठकले सो सहमतिको विरोध संविधानसभा बैठकमा नै गएर विरोध गर्ने निर्णय भएको बताए। ...संविधानसभा बहिष्कार गर्ने पक्षमा हामी छैनौं,' उनले भने,'अनन्तकालसम्म संविधानसभामा गएर नाराबाजी गरेर हुँदैन। संविधानसभाभित्रै गएर विरोध गर्छाैं।' गठबन्धनमा संविधानसभामा प्रतिनिधित्व गर्ने तीन दल रहेका छन्।