काठमाडौं-माघ पहिलो साताबाट बहुमतीय प्रक्रियामा प्रवेश गरेको संविधानसभा पाँच महिनापछि फेरि सहमतीय प्रक्रियामा फर्किएको छ। संविधानसभामा रहेका केही साना राजनीतिक दलका असहमतिबीच प्रमुख दलले सोमबार संविधानका विवादित विषय टुंग्याउने सहमति गरेपछि संविधानसभामा सहमतीय प्रक्रिया अघि बढेको हो।मंगलबार संविधानसभा बैठकले राजनीतिक दलबीच भएको सहमतिअनुसार संविधानका विवादित विषयमा सहमति कायम गर्ने जिम्मा फेरि संवाद समितिलाई दिएको छ।
त्यसअघि संविधानसभा अध्यक्ष सुवास नेम्वाङले प्रमुख दलका शीर्ष नेतासँग संविधानसभा भवन नयाँबानेश्वरमै छलफल गरेका थिए। ‘संवाद समितिमा सम्पूर्ण असहमतिका विषय पठाउने निर्णय भएको छ,' सभाध्यक्ष नेम्वाङले भने, ‘जेठ २८ गते ३ बजेअघि नै संवाद समितिले प्रतिवेदन तयार पार्नेछ। सहमतिको प्रतिवेदन संविधानसभामा पेस गर्नेछ।'
उनका अनुसार सहमतिको प्रतिवेदन संविधानसभामा सामान्य छलफल भएर मस्यौदा समितिमा पठाइनेछ।
‘बढीमा १५ दिनमा मस्यौदा समितिले विधेयकको मस्यौदा संविधानसभामा पेस गर्ने विषयमा छलफल भएको छ,' उनले भने।
सकेसम्म छिटो संविधान जारी गर्नुपर्ने अवस्था भएकाले जनतामा जाने समय र मस्यौदा संशोधनका लागि कति समय दिने भन्ने विषयमा प्रमुख दलबीच छलफल हुने सचिवालय स्रोतले जानकारी दियो।
यसैबीच, संविधानसभाले जिम्मेवारी दिएको डेढ घन्टामै संवाद समितिले आफ्नो काम थालेको छ।
संवाद समितिका सभापति भट्टराईले मंगलबार बेलुका नै समितिको बैठक बोलाए। समितिको बैठकमा प्रमुख दलका शीर्ष नेताले संविधान निर्माणका लागि ऐतिहासिक सहमति भएको बताएका थिए।
सहमतिको विरोधमा रहेका केही असन्तुष्ट मधेसवादी दलले संविधान र नियम मिचेर गरिएको सहमतिअनुसार अघि बढे संविधानसभा प्रक्रियाबाटै बाहिर जानुपर्ने अवस्था आउने चेतावनी दिए।
फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आठौं संविधान निर्माणको बाटो नखोल्न प्रमुख दलका नेतालाई चेतावनी दिएका थिए। तर धेरैजसो दलले प्रमुख दलबीच भएको सहमतिको स्वागत गरेका थिए।
समितिको बैठकले निर्क्योल समितिले पठाएको प्रतिवेदनमा देखिएका असहमतिमा सहमति कायम गरेर बिहीबार संविधानसभा बैठकमा प्रतिवेदन पेस गरिने जानकारी दिए।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले बुधबार बस्ने समितिको बैठकले प्रतिवेदन तयार पार्ने बताए।
‘बिहीबार संविधानसभा बैठकमा प्रतिवेदन पठाउने निर्णय भएको छ,' उनले भने, ‘सकेसम्म सहमतिका आधारमा पठाउने हो, नभए पर्याप्त सहमति कायम गर्ने हो।'
संविधानसभा अध्यक्ष सुवास नेम्वाङले दलहरुबीचको सहमतिले संविधानसभालाई पनि सहमतिमा अघि बढ्ने आधार तयार पारिदिएको बताए। ‘प्रमुख दलबीचको सहमतिले संविधानसभालाई अघि बढ्ने आधार तयार भएको छ,' उनले भने।
एमाओवादी नेता एवं संवाद समितिका सभापति बाबुराम भट्टराईले पनि पाँच महिनादेखि रोकिएको सहमतीय प्रक्रिया अब अघि बढ्ने बताए। ‘संविधानसभा अब सहमतीय प्रक्रियामै फर्कियो,' संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिका सभापति भट्टराईले मंगलबार भने, ‘सहमति भनेको सर्वसम्मति नभए पनि पर्याप्त सहमति हो।'
संवाद समितिको बैठकमा कात्तिक १७ गते कांग्रेस, एमालेसहित सत्तारुढ दलले विवादित विषयमा आफ्नो धारणासहितको प्रतिवेदन दर्ता गराएपछि दलहरुबीच विश्वासको दुरी बढेको थियो।
संवाद समितिलाई पाँचपटकसम्म दिइएको समयमा पनि संविधानका विवादित विषयमा सहमति कायम नभएपछि पुस २४ गते संविधानसभाले अन्तिम पटकका लागि विवादित विषयमा सहमति या प्रश्नावली निर्माणका लागि समय दिइएको थियो।
पाँच दिनको समय दिएर सहमति या प्रश्नावली तयार पारेर बुझाउन निर्देशन दिए पनि संवाद समितिले विवादित विषय जस्ताको त्यस्तै बुझाएपछि संविधानसभामा सत्तारुढ दलका तर्फबाट विवादित विषयमा प्रश्नावली बनाउन प्रस्ताव निर्माण समिति गठनको प्रस्ताव गर्ने तयारी गरिएपछि सत्तापक्ष र विपक्षी दलका सभासदबीच विवाद बढेको थियो।
सत्तारुढ दल कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठलाई प्रस्ताव पेस गर्न विपक्षी दलले नदिएपछि सभाध्यक्ष नेम्वाङले आफैं प्रस्ताव निर्माण समिति गठन प्रस्ताव संविधानसभामा पेस गरेका थिए।
त्यसपछि संविधानसभामा पनि सत्तापक्ष र विपक्षीको भूमिका देखिए पनि अन्ततः पाँच महिनापछि सहमतीय प्रक्रियाबाटै अघि बढेको हो।