उपेन्द्र यादवको फोरम पहाडे पार्टीसँग एकीकृत हुँदै
२७ जेष्ठ २०७२
•
६ मिनेट पाठ
उपेन्द्र यादवको फोरम पहाडे पार्टीसँग एकीकृत हुँदै
काठमाडौं– मधेसका मुद्दा उठाएर राष्ट्रिय राजनीतिमा स्थापित भएका उपेन्द्र यादवले पहाडे दलहरुसँग पार्टी एकीकरण गर्न लागेका छन्। उपेन्द्र यादवले नेतृत्व गरेको मधेसी जनाधिकार फोरम नेपाल, अशोक राईले नेतृत्व गरेको संघीय समाजवादी र युवराज कार्कीले नेतृत्व गरेको खस समावेसी राष्ट्रिय पार्टीबीच एकीकरण हुन लागेको हो। 

जेठ भित्रै एकीकरण गर्ने तयारी भइरहेको तीन दलबीच नीति, नेतृत्व र नामका विषयमा सहमति भइसकेको छ।

संघीय समाजवादीका अध्यक्ष अशोक राईका अनुसार एकीकृत पार्टीको नाम संघीय समाजवादी फोरम नेपाल राख्ने सहमति भएको छ भने एकीकृत पार्टीले संघीय समाजवादीको झण्डा प्रयोग गर्नेछ। चुनाव चिन्ह फोरम नेपालको र खस समावेशी राष्ट्रिय पार्टीको लोगो प्रयोग गर्ने सैद्धान्तिक सहमति भएको छ।

फोरम नेपालका एक नेताका अनुसा एकीकृत पार्टीको नेतृत्व फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले गर्ने सहमति भएको छ। सहमतिअनुसार यादव एकीकृत पार्टीको अध्यक्ष बन्ने छन्। राईलाई वरिष्ठ नेता र संसदीय दलको जिम्मेवारी दिने सहमति भएको छ।

'यी दुई विषयमा छलफल भइरहेको छ,' राईले नागरिकन्युजसँग भने, 'एक जनालाई अध्यक्ष र अर्कोजनालाई वरिष्ठ नेता र संसदीय दलको जिम्मेवारी दिने तयारी भएको छ।' खस समावेसी राष्ट्रिय पार्टीका अध्यक्ष कार्कीलाई के पद दिने भन्ने विषयमा भने निर्णय भइसकेको छैन। 'केही पद मिलाउन बाँकी रहेकाले अन्तिम निर्णय हुन बाँकी छ,' राईले भने।

६५ सदस्यी केन्द्रीय समिति रहेको फोरम नेपाल र १ सय ४० सदस्यीय केन्द्रीय समिति रहेको संघीय समाजवादीबीचको पदीय मिलानमा केही समस्या देखिएको फोरम नेपालका एक नेताले बताए।

फोरम नेपालका उपाध्यक्ष लालबाबु राउतका अनुसार तीन दलबीच करिब करिब सबै कुरामा सहमति भइसकेको छ ।'कुनै पनि पार्टीबीच एकीकरण हुन मुख्य रुपमा तीन कुरा आवश्यक पर्छ,' उपाध्यक्ष राउतले भने, 'नाम नीति र नेतृत्वका विषयमा करिब सहमति भइसकेको छ।' एकीकृत पार्टी सामाजिक लोकतान्त्रिक विधि अनुसार संचालन हुने उनले बताए।

लोकतान्त्रिक संघीय समाजवाद एकीकृत पार्टीको निर्देशक सिद्धान्त भएको उनको भनाइ थियो ।

स–साना झुण्डमा धेरै दलको अर्थ नहुने भन्दै वैकल्पिक शक्ति निर्माण गर्न पार्टी एकीकरण गर्नुपर्नेको नेताहरुले बताएका छन्।

२०६९ मंसिर ७ गते एमालेबाट विद्रोह गरी तत्कालीन उपाध्यक्ष अशोक राईको नेतृत्वमा संघीय समाजवादी पार्टी गठन भएको थियो। पार्टीले जातीय मुद्दालाई स्वीकार नगरेको भन्दै एमालेबाट अधिकांश आदिवासी जनजाति पृष्ठभूमिका नेता बाहिरिएका थिए । पार्टी गठन गरेको केही वर्षपछि नै उपाध्यक्षको जिम्मेवारी पाएका विजय सुब्बाले गत साउनमा पुन एमालेमै फर्केका थिए।

सुब्बालगायतका नेता एमालेमा फर्केपछि नै संघीय समाजवादी संकटमा परेको थियो । एमाले छोडेर संघीय समाजवादीको उपाध्यक्ष बनेका गोपालठाकुरसहितका मधेसी नेताले पनि संघीय समाजवादी छोडिसकेका छन् भने पार्टीभित्रै रहेका कतिपय नेताहरु पनि सक्रिय छैनन्।

दोस्रो संविधानसभामा अनपेक्षित हार व्यहोरेका मधेस केन्द्रित दलहरुले निर्वाचनलगत्तै एकता प्रक्रिया अगाडि बढाएका थिए। तमलोपा अध्यक्ष महन्थ ठाकुर र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको पहलमा अगाडि बढाइएको एकीकरण प्रक्रियामा सद्भावना र फोरम लोकतान्त्रिकपनि सहभागी थिए। उपेन्द्र यादव नमाकेका कारण भन्दै उक्त एकीकरण प्रक्रिया नै बिथोलियो थियो । मधेसी दलबीच एकीकरण हुने अवस्था नदेखेपछि यादवले संघीय समाजवादीसँग एकता प्रक्रिया अगाडि बढाएका हुन्।

'एकीकरणको नजिता जेठ महिनाभित्रै देख्न सक्नुहुन्छ,' फोरम नेपालका उपाध्यक्ष राउतले भने,'केही गरी ढिला नै भयो भने पनि असारको पहिलो हप्ताभित्र एकीकरण भइसक्छ।'

संविधानसभामा फोरम नेपालको दश सिट छ भने संघीय समाजवादीको पाँच सिट छ ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस