सत्तारुढ गठबन्धनमा रहेका दलहरुले आगामी वैशाख ३० गतेको स्थानीय तह चुनावमा गठबन्धन गर्न गृहकार्य थालेको छ।
गठबन्धनको केन्द्रबाट अवस्था विश्लेषण गरि प्रतिवेदन बुझाउन निर्देशन दिएपछि धरानका सत्तारुढ दलहरुले गृहकार्य गर्ने जिम्मा पार्टी अध्यक्षहरुलाई दिएका छन्। चुनावी गठबन्धनको लागि धरानमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले संवाद समिति गठन गरेको थियो।
आइतबार चार वटै पार्टीको संवाद समितिको संयुक्त बैठक बसेर केन्द्रको निर्देशन वमोजिम सांगठनिक अवस्था र पछिल्लो निर्वाचनको मतभार विश्लेषण गरेर रिपोर्टिङ गर्ने जिम्मा चार वटै पार्टीका अध्यक्षहरुलाई दिइएको नेपाली कांग्रेसका सुनसरी क्षेत्र नं १ का सभापति सुजेन्द्र गोले तामाङले जानकारी दिए।
उक्त समितिले सोमबारबाट आवश्यक गृहकार्य थालिसकेको जनाएको छ। गृहकार्यको लागि कांग्रेसका धरान सभापति श्याम पोखरेल, माओवादी केन्द्रका अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज), जसपा अध्यक्ष ताजुब लिम्बु र एकीकृत समाजवादीका अध्यक्ष रेवतीरमण राई लागिपरेका छन्। उनीहरुले धरानमा गठबन्धन दलहरुको वर्तमान सांगठनिक अवस्थाको विश्लेषण गर्नेछन् भने पछिल्लो निर्वाचनमा पार्टीहरुले पाएको मतको अवस्थाबारे पनि विश्लेषण गरेर केन्द्रमा रिपोर्टिङ गर्नेछन्। ‘उहाँहरुले आ आफ्नो पार्टीको मात्र होइन, नेकपा एमालेको सांगठनिक अवस्था के छ? र गएको निर्वाचनमा पाएको मतको विश्लेषणसमेत रिपोर्टिङ हुन्छ,’ तामाङले भने।
कम्युनिष्ट गढ मानिदै आएको धरानमा २०७४ सालको स्थानीय तह निर्वाचनमा मेयर र उपमेयरसहित बहुमत १४ वडामा नेकपा एमाले विजयी भएको थियो। कांग्रेसले ५ वटा वडामा जितेको थियो भने माओवादी केन्द्रले एउटा मात्र वडा १७ मा जितेको थियो। एमालेबाट जितेका तत्कालीन मेयर तारा सुब्बाको एक बर्ष पछि निधन भएको थियो। रिक्त रहेको मेयर पदमा उपनिर्वाचन हुँदा भने नेपाली कांग्रेसका उम्मेद्वार तिलक राईले ऐतिहासिक जित हासिल गर्दै मेयर भएका थिए। आउँदो निर्वाचनमा एमालेलाई आफ्नो विरासत फर्काउनुपर्ने चुनौती छ भने सत्तारुढ गठबन्धनमा रहेका दलहरुलाई एमालेलाई रोक्न चुनावमा पनि गठबन्धन गर्नुपर्ने बाध्यता छ।
जसपाका अध्यक्ष ताजुब लिम्बु पहिला आ आफ्नो पार्टीको सांगठनिक अवस्था, पछिल्लो चुनावको मतभार विश्लेषण गरेर केन्द्रमा पठाउने बताउँछन्। साथै, धरानमा एमालेको सांगठनिक अवस्था र पछिल्लो चुनावमा पाएको मतको अवस्थाबारे पनि विश्लेषण गरेर पठाउन गृहकार्य भइरहेको बताउँछन्। त्यसपछि चुनावमा गठबन्धन कसरी गर्ने? मेयर, उपमेयर र कुन वडामा कस्ले वडाध्यक्ष लिने भन्नेबारे छलफल अघि बढ्ने उनले बताए।
‘केन्द्रले कस्को अवस्था के छ भनेर रिपोर्ट मागेको छ, अहिले हामी ४ जना अध्यक्षहरु मिलेर रिपोर्ट पठाउने गृहकार्य गरिरहेका छौ,’अध्यक्ष लिम्बुले भने,‘आआफ्नो पोजिशन के छ? एमालेको पनि पोजिशन के छ भनेर रिपोर्टिङ गछौ। त्यसपछि गठबन्धन गर्दा कसरी जान सकिन्छ भनेर गृहकार्य हुन्छ।’