नागरिकता वितरणमा विपक्षी दल बाधकः गृहमन्त्री खाँण
२१ चैत्र २०७८
•
३ मिनेट पाठ
नागरिकता वितरणमा विपक्षी दल बाधकः गृहमन्त्री खाँण
तत्कालीन तमलोपा पार्टीबाट सिम्रौनगढ उप प्रमुखमा विजयी भएकी रिना देबी कुशवाहालाई गृहमन्त्री खाँणले टिका र माला लगाएर काँग्रेसमा प्रवेश गराउँदै।
गृहमन्त्री बालकृष्ण खाँणले एमालेलाई लक्षित गर्दै विपक्षी दलको करणले नागरिकता वितरण गर्नमा समस्या भएको बताएका छन्।




नेपाली काँग्रेस बारा, निर्वाचन क्षेत्र नम्बर १ ले सिम्रौनगढको रानिवासमा सोमबार आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता खाडले सदनबाट नागरिकता विधेक पास गर्न देउवा सरकारले खोजेको तर विपक्षीहरुले प्रतिनिधिसभा बैठक बस्न नदिएको आरोप लगाए।

मधेसमा नागरिकताको ठूलो समस्या रहेको स्वीकार्दै गृहमन्त्री खाँणले नागरिकताको समस्या छिट्टै सामधान हुने बताए। उनीहरुलाई नेपाली नागरिकता दिने कार्यमा सबै दलको सहयोगमा संंसदबाट नागरिकता विधेक पास गराउने कार्यमा काँग्रेस लागेको पनि उनले बताए।

शेरबहादुर देउवाको नेतृत्वमा रहेको गठबन्धन सरकारले नागरिकताबाट बञ्चित रहेका नेपाली जनतालाई नागरिकता वितरण गर्ने प्रक्रिया अगाडी बढाए पनि विपक्षी पार्टीको गैर लोकतान्त्रिक कार्यले अहिले समस्या भएको उनकाे भनाइ थियाे।

त्यसैगरि कांग्रेसका पुराना नेता स्वर्गीय भागवतप्रसाद यादवको प्रतिमा अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले नेपालको सीमाको रक्षा गर्ने मधेसी नै सच्चा राष्ट्रवादी भएको बताएका छन्।

सुरक्षाकर्मीलाई प्रयाप्त स्रोत साधन उपल्बध गराउन सकिएको छैन। सीमा क्षेत्रमा प्रयाप्त सुरक्षा पोष्ट पनि राख्न सकिएको छैन। यस्तो अवस्थामा मधेसी जनताले नेपालको भूमि र सीमाको पहरेदारी गरेर रक्षा गरिरहेको मन्त्री खाँणले बताए।

नेपाली भूमिको सुरक्षा मधेशकै दाजुभाइ दिदीबहिनीले गरिरहेको योगदानको सम्मान बसैले गर्नु पर्ने उनले बताए।

नेपाली कांग्रेसको सिद्धान्त राष्ट्रवादको जगमा उभिएको भन्दै उनले सबै भूगोल ,जात धर्मका नेपालीलाई एकताको सुत्रमा बाँधेर नेपाललाई सबल र बलियो बनाउने काम कांग्रेसले गर्दै आएको बताए। मधेस प्रदेशलाई नेपालकै अब्बल प्रदेश बनाउनका लागि कांग्रेसले अग्रसरता लिने गृहमन्त्री खाँणले बताए। उनले भने, ’मधेसको विकास भए मात्र देशको विकास हुन्छ, मधेस समृद्ध भए मात्र देश समृद्ध हुन्छ, त्यसैले मधेस र पहाडलाई फुटाउने होइन मधेस र पहाडलाई जुटाउने काम गर्नुपर्छ।’

एमसिसी कार्यान्वयन भएपछि अमेरिकी सेना नेपालमा आउने कुरा हावा मात्रै भएको उनको कथन छ। उनले भने, ’यदि विदेशी सेना नेपालमा आउँछ भने हरेक नेपाली संघर्षमा उत्रिनुपर्छ, म पनि उत्रिन्छु तर एमसिसी, सैन्य गठबन्धन हुँदैन होइन।’

एमसिसी देशलाई सबल बनाउने परियोजना भएको भन्दै उनले यसले नेपालको वैदेशिक व्यापार घाटा कम गराउने जिकिर गरे।

नेपाली काँग्रेसका सह महामन्त्री फरमुल्ला मंसुरले मधेशवादी दलहरु कुर्सीको लागि मात्रै राजनीति गरेको आरोप लगाएका छन्।

मधेशी जनताको हक अधिकारको लागि मधेशी जनताबाट भोट लिएर जाने र निर्वाचित भएपछि मधेशी जनताको हक अधिकारभन्दा सत्ता स्वार्थको वरिपरी मात्रै घुम्ने मंसुरले बताए।

कार्यक्रममा काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले देशमा मधेसवादी दलहरुको कुनै भविष्य नरहेकोले लोसपाको पछि नलाग्न अग्रह गरे।

अहिले देशको बिभिन्न भागहरुमा बिभिन्न पार्टी परित्याग गरेर काँग्रेसमा प्रवेश गर्नेको लहर नै चलेकोले अन्य पार्टीहरुको नेपालमा अस्तित्व नै नरहने अवस्था आएको नेता यादवले बताए।

कार्यक्रमा सह महामन्त्री उमाकान्त चौधरी, मधेश प्रदेशका सभापति कृष्ण यादव, उप सभापति चन्द्रशेखर यादवले देशमा लोकतन्त्रको लागि काँग्रेस बलियो हुनु पर्ने र काँग्रेसलाई बलियो बनाउनको लागि आउने तीनवटै तहको निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई विजयी बनाउनु पर्ने बताए।

गृहमन्त्री खाँणलाई नेपाली काँग्रेस निर्वाचन क्षेत्र नम्बर १ का सभापति तथा सिम्रौनगढ नगरपालिकाका प्रमुख बिजय शंकर यादवले नागरिकताबाट बञ्चितलाई कानुन बनाएर नागकिरता वितरण गर्नु पर्ने, सिम्राैनगढमा भन्सारको व्यवस्था गर्नु पर्ने लगाएतको माँग राखेर गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए।  

कार्यक्रमा तत्कालीन तमलोपा पार्टीबाट सिम्रौनगढ उपप्रमुखमा विजयी भएकी रिना देबी कुशवाहा, तमलोपाका क्षेत्रीय सभापति, ओमप्रकास ठाकुर, तत्कालीन केन्द्रीय सदस्य मोहन महतो कोइरी, तत्कालीन फोरम नेपालबाट लगाएत बारागढी गाउँपालिका वडा नम्बर ६बाट निर्वाचित वडाध्यक्ष निरज साह लगाएत २२ सय जना बिभिन्न पार्टी परित्याग गरेर गृहमन्त्री खाँणबाट टिका लगाएर काँग्रेसमा प्रवेश गरेका काँग्रेस बाराका सचिव भैयाराम यादवले बताएका छन्।
अर्को समाचार
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
१८ मिनेट अघि
•
१ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
ताप्लेजुङ । नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्चालनतर्फ उन्मुख रहेको दाबी गरेका छन्।




नेपाल बार एसोसिएसन जिल्ला अदालत इकाइ, ताप्लेजुङको नवनिर्मित बार भवनको उद्घाटन कार्यक्रममा शनिबार फुङलिङमा सम्बोधन गर्दै मिश्रले सरकारले न्यायालयमा सुधार गर्नुपर्ने विषयमा यथाशीघ्र श्वेतपत्र जारी गर्नुपर्ने खाँचोसमेत औँल्याए।

वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको मिश्रको आरोप थियो।

‘विधि र प्रक्रियाभन्दा पनि चयनमुखी नीतिमार्फत सरकारले न्याय प्रशासनलाई सत्ताको स्वार्थअनुकूल अघि बढाउन खोजिरहेको छ,’ मिश्रले भने।

उनले वर्तमान सरकारले सत्ताको छायामा गरिने अनुसन्धानलाई बढावा दिइरहेको दाबीसमेत गरे। सत्ताका पात्र परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको बताउँदै मिश्रले फौजदारी न्याय प्रशासनलाई संरक्षण गर्नुपर्ने सरकारले आफ्नै उद्देश्य परिपूर्ति गर्ने व्यक्तिहरू छनोट गरी न्याय प्रशासनलाई सत्ताको छायामा पार्ने प्रयास गरिरहेको बताए।

‘विगतका सरकारले न्यायालयमा आफ्ना मान्छे भर्ती गरेको आरोप लाग्ने गरेको थियो। अहिलेको सरकारले देखिजानी आफ्नू अनुकूलको न्याय सम्पादन गराउने बदनियत राखेर चयनमुखी प्रक्रिया अपनाएको छ,’ मिश्रले भने।

उनले फौजदारी न्याय प्रशासन सोसल मिडियाको ट्रायलबाट प्रताडित र आक्रान्त भएको पनि बताए। पुलिङ र अल्गोरिदमबाट वकिल तथा न्यायालय डराउन नहुने उनको भनाइ थियो।

फौजदारी न्याय प्रशासन घुसखोरी, भ्रष्टाचारीकरण र दलालीकरणबाट पूर्ण रूपमा प्रभावित भएकोसमेत मिश्रले बताए। वर्तमान सरकारबाट न्याय क्षेत्रमा गरिएको सुधारको अपेक्षा सरकारले चयनमुखी प्रणाली र बिचौलियासहितका व्यक्तिको संरक्षणजस्ता कारणले गुमाइसकेको उनको भनाइ थियो।

भ्रष्टाचार र दलालीकरणविरुद्धका अभियानमा नेपाल बार सधैँ सरकारको साथमा रहेको, तर बिचौलियाको प्रभावका कारण वर्तमान सरकार बाहिर जान नसकेको पनि मिश्रले बताए।

कार्यक्रममा कोशी प्रदेशसभा सदस्य खगेन्द्रसिं हाङ्गाम, जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश बनेमसहित नेपाल बारका केन्द्रीय तथा प्रादेशिक पदाधिकारीहरू र विभिन्न जिल्लाका बार अध्यक्षहरूले सम्बोधन गरेका थिए।

जिल्ला अदालतको हाताभित्र ८० लाख रुपैयाँको लागतमा निर्माण गरिएको बार भवनको निर्माण कार्य पूरा भएसँगै अब बारको दैनिक कामकाज नवनिर्मित भवनबाटै सञ्चालन हुने बार ताप्लेजुङका अध्यक्ष बलराम भट्टराईले जानकारी दिए।

कार्यक्रममार्फत बार भवन निर्माणका लागि सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई ताप्लेजुङ बारले कदरपत्रद्वारा प्रशंसा गरेको ताप्लेजुङ बारका सचिव सन्तोष प्रसाईंले बताए।
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock २७ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
यो पनि पढौँ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस