नेपाली दूतावासबाट ९० करोड राहत
२७ जेष्ठ २०७२
•
९ मिनेट पाठ
नेपाली दूतावासबाट ९० करोड राहत
काठमाडौं-भूकम्पपीडितको राहतका लागि सबैभन्दा बढी आर्थिक सहयोग पूर्वी एसिया, दक्षिणपूर्वी एसिया र दक्षिण एसियाली राष्ट्रबाट आएको छ। स्थानीय जनता, संघसंस्था र नेपाली समुदायले नेपाली दूतावास तथा नियोगमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएका हुन्।परराष्ट्र मन्त्रालयका अनुसार विदेशमा रहेका ३६ वटा नेपाली दूतावास तथा नियोगमध्ये ३१ वटाले बुधबारसम्म प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ९० करोड २० लाख ८७ हजार १ सय ९ रुपैयाँ जम्मा गरेका छन्। यो रकम पूर्ण रूपमा गैरसरकारी (त्यहाँको सरकारले दिएको बाहेक) तवरबाट उठेको रकम हो। कोषमा सबैभन्दा बढी रकम जम्मा गर्ने १० दूतावास तथा नियोगमा पूर्वी एसिया, दक्षिणपूर्वी एसिया र दक्षिण एसियाली राष्ट्रमा रहेकाहरू छन्। 
अमेरिकाको वासिङ्टनस्थित नेपाली दूतावास, अमेरिकाकै न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग, श्रीलंकास्थित नेपाली दूतावासले हालसम्म प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक रुपैयाँ पनि पठाएका छैनन्। त्यस्तै, साउदी अरबको जेद्धामा रहेको महावाणिज्य दूतावास, न्यूयोर्कमा रहेको महावाणिज्य दूतावासबाट पनि कोषमा हालसम्म रकम जम्मा हुन सकेको छैन। 
‘सबैभन्दा बढी गैरआवासीय नेपालीको संख्या अमेरिकामा छ। त्यहाँ बसोबास गर्ने नेपाली धेरै सम्पन्न पनि छन्। तर, त्यहींबाट एक रुपैयाँ पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आउन सकेको छैन,' स्रोतले भन्यो। 
परराष्ट्रका अनुसार विदेशस्थित नेपाली नियोगमध्ये सबैभन्दा बढी रकम जापानको टोकियोस्थित नेपाली दूतावासबाट कोषमा जम्मा भएको छ। टोकियोस्थित नेपाली दूतावासले हालसम्म ३१ करोड ६३ लाख १० हजार ७ सय ३३ रुपैयाँ जम्मा गरी कोषमा दाखिला गरेको छ। ‘जापानबाट हरेक वर्ग (व्यक्ति, व्यापारी, संघसंस्था) ले प्रधानमन्त्री कोषमा राहत स्वरूप रकम पठाएका छन्। उहाँहरूको नेपालीप्रति कति ठूलो सद्भाव रहेछ बुझ्न सकिन्छ,' स्रोतले बतायो। 
टोकियोपछि थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले ठूलो रुकम कोषमा जम्मा गरेको छ। बैंककस्थित दूतावासबाट हालसम्म १३ करोड ६६ लाख १२ हजार ३ सय ५७ रुपैयाँ कोषलाई प्राप्त भएको छ। दक्षिण कोरियाको सियोलस्थित नेपाली दूतावासले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ करोड ५४ लाख १२ हजार ५ सय ८४ रुपैयाँ पठाएको छ जुन नेपाली नियोगहरूले पठाएकोमध्ये तेस्रो ठूलो रकम हो। 
यस्तै, चीनको बेइजिङस्थित नेपाली दूतावासले ८ करोड ७९ लाख ३ हजार ५ सय २ रुपैयाँ पठाएको छ। चीनको ल्हासा र हङकङस्थित महावाणिज्य दूतावासले क्रमशः २ करोड ४ लाख १७ हजार ५३ र ९३ लाख ५ हजार रुपैयाँ कोषमा जम्मा गरेको परराष्ट्रले जनाएको छ। 
बंगलादेशको ढाकास्थित नेपाली दूतावासले बुधबारसम्म ५ करोड ३० लाख ५८ हजार ४ सय ९८ रुपैयाँ कोषमा दाखिला गरिसकेको छ। मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासले ३ करोड ३१ लाख ६९ हजार ५ सय रुपैयाँ कोषमा पठाएको छ। यस्तै, कुवेतस्थित नेपाली दूतावासले १ करोड ७० लाख २ हजार ५ सय ९० रुपैयाँ जम्मा गरिसकेको छ। 
भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले १ करोड ५९ लाख २१ हजार १२ रुपैयाँ प्रधानमन्त्री कोषमा पठाएको छ। भारतकै कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले पनि १ करोड ६ लाख ७३ हजार ५ सय ४९ रुपैयाँ कोषमा जम्मा गरिसकेको छ। ‘एसियाली राष्ट्रले नेपालको सरकारमाथि विश्वास गर्छन्। त्यहाँको जनताको विश्वास नेपाली सरकारमा छ। त्यसैले उनीहरूले प्रधानमन्त्री कोषमा पैसा पठाएका छन्,' स्रोतले भन्यो। 
इजरायलस्थित नेपाली दूतावासले हालसम्म २३ लाख ६५ हजार ९ सय ७ रुपैयाँ पठाएको छ। कतारस्थित दूतावासले भने ८३ लाख ९८ हजार ४ सय ५१ रुपैयाँ कोषमा जम्मा गरेको छ। युएईस्थित दूतावासबाट ८ लाख ३४ हजार २ सय २५ रुपैयाँ जम्मा भएको छ। खाडी राष्ट्र ओमानस्थित दूतावासबाट पनि ९० लाख ३९ हजार ३ सय ४२ रुपैयाँ कोषमा दाखिला भएको परराष्ट्रले जनाएको छ। 
यसैगरी, साउदी अरबस्थित नेपाली दूतावासले हालसम्म ५८ लाख २८ हजार २ सय ८५ रुपैयाँ कोषमा पठाएको रेकर्ड परराष्ट्रसँग छ। पाकिस्तानस्थित दूतावासले पनि ४९ लाख ५३ हजार ४ सय ६८ रुपैयाँ प्रधानमन्त्री कोषमा जम्मा गरेको छ। अर्को खाडी राष्ट्र बहराइनस्थित नेपाली दूतावासले ३४ लाख ५९ हजार १ सय ९६ रुपैयाँ पठाएको छ। म्यानमारस्थित नेपाली दूतावासले कोषमा १७ लाख ३८ हजार २ सय ५० रुपैयाँ जम्मा गरेको छ। 
परराष्ट्रका अनुसार इजिप्टस्थित नेपाली दूतावासले २ लाख ६८ हजार १७ रुपैयाँ पठाएको छ। दक्षिणी अमेरिकी राष्ट्र ब्राजिलस्थित नेपाली दूतावासले पनि प्रधानमन्त्री कोषमा ९ लाख ३६ हजार १४ रुपैयाँ जम्मा गरेको छ। दक्षिण अफ्रिकास्थित नेपाली दूतावासले हालसम्म ९१ लाख ९१ हजार १ सय ६१ रुपैयाँ जम्मा गरेको परराष्ट्रले जनाएको छ। प्रधानमन्त्री कोषमा ५९ लाख ५७ हजार ७ सय १५ रुपैयाँ अस्ट्रेलियास्थित नेपाली दूतावासबाट प्राप्त भएको छ। 
युरोपेली राष्ट्र स्विट्जरल्यान्डस्थित नेपाली दूतावासले १० लाख २२ हजार ७ सय ६५, बेलायतस्थित नेपाली दूतावासले १ करोड ३ लाख ६४ लाख २ सय ५०, डेनमार्कस्थित नेपाली दूतावासले २ लाख ६३ हजार ४ सय ६५, फ्रान्सस्थित नेपाली दूतावासले २३ लाख ३७ हजार २ सय २०, जर्मनीस्थित नेपाली दूतावासले २६ लाख ३२ हजार १ सय ३६ र बेल्जियमस्थित नेपाली दूतावासले २ लाख ९१ हजार ६ सय ९९ रुपैयाँ कोषमा जम्मा गरेका छन्। 
यस्तै, रुसस्थित नेपाली दूतावासले १२ लाख ९७ हजार ८ सय ४८ र क्यानडास्थित नेपाली दूतावासले ५१ लाख ४१ हजार ८ सय ४१ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको परराष्ट्रले जनाएको छ।


अर्को समाचार
लन्डनको नेपाली दूतावासबाट भूकम्प पीडितलाई २ करोड
२६ जेष्ठ २०७२
•
४ मिनेट पाठ
लन्डनको नेपाली दूतावासबाट भूकम्प पीडितलाई २ करोड
लन्डन—लन्डनस्थित नेपाली दूतावासले भूकम्पपछि स्थापना गरेको नेपाल—ब्रिटेन भूकम्प राहत तथा उद्धार कोषमा हाल सम्म २ करोड रुपैयाँ भन्दा बढी संकलन भएको छ। सोमवारसम्म १ लाख ३२ हजार ९ सय ३८ पाउण्ड (२ करोड ६ लाख ) संकलन भइसकेको कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले जानकारी दिए। संकलित रकममध्ये दोस्रो किस्ताको ६५ हजार पाउण्ड (करिब १ करोड २ लाख) रकम प्रधानमन्त्री राहत कोषमा पठाउने निर्णय गरिएको छ।यसअघि ६५ हजार पाउण्ड (एक करोड ३ लाख रुपैयाँ) प्रधानमन्त्री दैवी प्रकोप उद्धारको कोषमा पठाइ सकिएको छ। बेलायतस्थित नेपाली, संघसंस्था, ब्यवसायी, भारतीय, बंगाली र मुस्लिम समुदायदेखि सर्वसाधारणले प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन् । हिन्दू वेलफियर सोसाइटी, नेपिलज डाक्टर एसोसियन, यू डोनट फाउण्डेसन् अस्मिनी अल्चर ट्रष्ट, शिव कम्युनिटी एण्ड सेन्टर, पाल्पाली भन्ज्याङ, हिन्दू मन्दिर, ट्रष्ट साउथहल, अल्डरसोट एण्ड फार्नबोरो मुस्लिम एजुकेशन सोसाइटी, माइलइण्ड बेङ्गाली मुस्लिम कम्युनिटी, नेपाली इन्जिनियर्स एसोसियसन, हाइली स्किल फोरम, रेडब्रिज इण्डियन वेलफेयर एसोसिएसन च्यारिटी, ब्रिटेन नेपाल सोसाइटी, नेटवेष्ट बैंक, एभरेष्ट इन समूह आदिले दूतावास कोषमा रकम जम्मा गरेका हुन्।




दूतावासका कूटनीतिक तथा स्थानीय कर्मचारीले पनि आफ्नो मासिक तलबबाट करिब साढे तीन लाख रुपैयाँ भूकम्प पीडितलाई दिएको दूतावासले जनाएको छ। कार्यवाहक राजदूत क्षेत्रीले बेलायतस्थित बिभिन्न समूदायबाट उठेको रकम पारदर्शीरुपमा भूकम्प पीडितलाई राहत, पुनस्र्थापना तथा पुनः निर्माणलगायतमा उपयोग गर्न प्रधानमन्त्री राहत कोषमा पठाएको बताए। उनले देशको अवस्था हेरेर यथासम्भव छिटो सहयोग रकम दूतावास कोषमा दाखिला गर्न बेलायतस्थित विभिन्न संघसंस्थालाई आग्रह गरेका छन्।

यसअघि वैशाख १३ गते बेलायतस्थित नेपाली समूदायको एक भेलाले क्षेत्री अध्यक्षतामा उच्चस्तरीय राहत संकलन समिति गठन गरेको थियो । भूकम्पपछि बेलायतबाट नेपाल जान चाहने स्वयंसेवकको सुविधालाई मध्यनजर गर्दै दूतवासले हप्ताको सातै दिन भीसा सेवा दिँदै आएको छ। दूतावासले भित्रै बिशेष हेल्प डेस्क स्थापना गरी सोहीमार्फत् सहयोग संकलन भइरहेको छ।

सो हेल्प डेस्क सोमबारदेखि शुक्रबार सम्म बिहान ९ देखी ५ बजे सम्म खुल्ला रहने दूतावासले जनाएको छ। हप्ताको सातै दिन संकलन हुँदै आएको हेल्प डेस्कमा मात्र भूकम्पका र सहयोगसम्वन्धी जिज्ञासाका चार हजार फोन आइसकेको दूतावासले जनाएको छ। हेल्प डेस्ककै सहयोगमा करिब ९ टन राहत सामाग्री भूकम्प पीडितका लागि पठाएको दूतावासले जनाएको छ। कार्यबाहक राजदूत क्षेत्रीको अध्यक्षतामा बसेको कोषको बैठकले अगामी जुलाइ १२ तारिख आइतवार लन्डन दूतावासमा एक कार्यक्रमको आयोजान गरी दातालाई सहयोग स्वरुप प्रशंसापत्र दिने निर्णय गरेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस