राहत अनियमितताबारे लेखाले चार मन्त्रीलाई डाक्ने
२८ जेष्ठ २०७२
•
८ मिनेट पाठ
राहत अनियमितताबारे लेखाले चार मन्त्रीलाई डाक्ने
काठमाडौं– लेखा समितिले राहत वितरणमा अनियमितता गरेकोबारे जानकारी लिन चार मन्त्रीलाई बोलाउने भएको छ। व्यवस्थापिका संसदअन्तर्गतको सार्वजनिक लोखा समितिको बिहीबार बसेको बैठकले विपत्तिपछि उद्धार, राहत संकलन तथा वितरण र पुनःस्थापनाको क्षेत्रमा काम गरिरहेका गृह, अर्थ, आपूर्ति र शहरी विकास मन्त्रालयका मन्त्रीहरुलाई कामको स्पष्ट विवरणसहित समितिमा उपस्थित हुन निर्देशन दिएको हो।




‘पहिला ती मन्त्रालयहरुसँग विवरण मागेर अध्ययन गर्छौं,’ बैठकपछि समिति सभापति जनार्दन शर्माले भने, ‘त्यसपछि सम्बन्धित मन्त्रीलगायतका अधिकारीलाई उपस्थित गराएर जानकारी लिन्छौं।’

समितिले ती मन्त्रालयसँग राहतका लागि खरिद गरिएका सामग्री, सहायता रकम, भन्सार छुटमा भित्रिएका सामानलगायतका विषयमा छलफल गर्ने बताएको छ। यस क्रममा राष्ट्रिय सतर्कता केन्द्र र मन्त्रालयले नै तयार गरेको प्रतिवेदन पनि मगाएर अध्ययन गर्ने समितिले निर्णय गरेको छ।

समितिले भूकम्पले घर बस्न नमिल्ने परिवारलाई वर्षाअघि नै थप ३५ हजार रुपैयाँ दिने निर्णय गरेको छ। ‘सरकारले क्षतिपूर्तिस्वरुप दिने भनेको रु. २ लाखबाटै कटौति हुने गरी थप २३ हजार दिएर प्रतिपरिवार ५० हजार पुर्‍याउन निर्देशन दिन्छौं,’ सभापति शर्माले भने।

त्यस्तै अन्य विषयमा चर्किएका, भत्किएका तथा सग्ला घरमा भवन संहिता कार्यान्वयको अवस्थाको विषयमा उपत्यका विकास प्राधिकरण, भवन निर्माण विभाग र नगरपालिकासँग समन्वयमा अध्ययन गर्ने निर्णय पनि समितिले गरेको छ।

भूकम्पले प्रभाव नपारेका पर्यटकीय गन्तव्यहरुमा पर्यटक भित्र्याएर देशको आर्थिक विकासलाई सुचार गर्ने, नेपाली सेनाले भित्र्याएको हेलिकोप्टर र टेण्डरबिना कोटेशनमार्फत् नै हतियार खरिद गर्न गरेको तयारीका विषयमा समेत समितिले सरोकारवाला निकायका नेतृत्व तथा अधिकारीलाई बैठकमा बोलाएर जानकारी लिने निर्णय गरेको छ।

करिब ९५ प्रतिशत काम पूरा भएको चमेलिया जलविद्युत् आयोजनाको रोकिएको काम अघि बढाउनु पुनःस्मरण गराउन निर्देशन दिने र बिनाप्रतिस्पर्धा निर्माण ठेक्का दिइएको १ सय ३० मेगावाटको आँधीखोला जलविद्युत् आयोजनाका विषयमासमेत अध्ययन र छलफल गर्ने निर्णय गरेको छ।

समिति बैठकमा सभासद्ले के भने?
भूकम्पलगायत विपत्तमा परेका पीडितका लागि विभिन्न दाताबाट संकलन भएको राहत रकम तथा सामग्री दुरुपयोग गर्ने मन्त्रालय, मातहतका निकाय, संस्था र व्यक्तिलाई कडा कारबाही गर्नुपर्ने माग जोडदाररुपमा उठेको छ। समितिको बैठकमा बोल्ने अधिकांश सभासद्हरुले विपत्तिमा परेकाहरुका लागि आएको राहतको दुरुपयोग गर्नेलाई ‘महाअपराधी’ घोषणा गरेर कडा कारबाही गर्नुपर्ने बताएका छन्।
बैठकमा बोल्दै सभासद् भानुभक्त ढकालले प्राप्त राहत सामग्री र वितरणको तथ्यांकलाई हेर्दा विपतपछिको उद्धार, राहत वितरण, पुनःस्थापनाको काम गरिरहेका गृह, अर्थ, वाणिज्य तथा आपूर्ति र सहरी विकास मन्त्रालयका अनियमितता सतहमै देखिन थालेको भन्दै यस्ता मन्त्रालयको काम कारबाहीको तत्काल अनुसन्धान सुरु गर्नुपर्ने बताए। ‘राहत वितरणमा सरकारले लागू गरेको एकद्वार प्रणालीको उलंघन गर्नेमा मन्त्रालय, पदमा बहालवाला नेता तथा शक्तिमा रहेका एनजीओहरु नै छन्,’ उनले भने, ‘यिनीहरुमाथि छानबिन गरी कडा कारबाही गर्नुपर्छ।’
सभासद् एकनाथ ढकालले वास्तविक पीडितकोमा राहत नपुगेको र प्रभावशाली मन्त्रीकै आडमा राहत सामग्री बेच्न लगिएको जस्ता विषय सतहमा आइसकेकाले यस्ता विषयको गम्भीर अनुसन्धान सुरु गरिनुपर्ने बताए।
सभासद् धनराज गुरुङले राहतका लागि सम्बिन्धित संस्थाले स्टिकर टाँसेको सामान बिक्री गरेको पाउँदासमेत सम्बन्धित निकायले अनुसन्धान र कारबाहीलाई तामेलीमा राख्नु आपत्तिजनक भएको बताए। ‘महाविपत्तीका पीडितलाई आएको राहत आफैँले हजम गर्नु भनेको आमाको दूध नचुसेर रगत चुसेजस्तै हो,’ सभासद् गुरुङले भने, ‘राहत आफैँ निल्ने अनि चुनौतीलाई अवसरमा बदल्नुपर्छ भनेर भाषण गर्ने मन्त्रीहरुलाई समितिमा बोलाएर भ्रष्टाचार बारेमा सोधियोस्।’ सभासद् हरिबोल गजुरेलले लेखा समितिले आफ्नो शक्ति प्रर्दशन गर्ने बेला आएको धारणा राखे।

१ हजार पर्ने पाललाई ३ हजार तिरियो
शहरी विकास मन्त्रालयले कोटेशनमार्फत् किनेको १ लाख २८ हजार ७ सय पालको गुणस्तर तथा बजार मूल्यअनुसार प्रतिगोटा बढीमा १ हजार रुपैयाँ परेपनि प्रतिगोटा रु. ३ हजारसम्म तिरेको सभासद् रामहरि खतिवडाले बताए।

अझै २ लाख पाल अपुग
पूर्ण तथा आंशिक क्षति भएका कूल ७ लाख घरलाई सरकारी तथ्यांकअनुसार करिब ११ लाख पाल वितरण गरेको दाबी गरिए पनि अझै २ लाख थान पाल अपुग भएको र त्यस्तो माग बढी प्रभावित जिल्लाबाट आइरहेको सभासद् खतिवडाले बताए। ‘गोरखाबाट ४० हजार र सिन्धुपाल्चोकबाट १० हजार पालको माग आइरहेको छ,’ उनले भने, ‘सबै जिल्लामा गरी अझै २ लाख पाल अपुग देखिएको छ, यस्तो कसरी भयो?’

साउदीले दिएकोे १२ हजार टेन्ट खोइ?
साउदी अरब सरकारबाट प्राप्त प्रतिगोटा झण्डै १ लाख रुपैयाँ पर्ने १२ हजार पाल पनि हराएको भन्दै सभासद्हरुले गम्भीर आपत्ति जनाए।

राहतको विवरण नै गोलमाल
भूकम्प आएको ४७ दिनसम्म पनि महाविपत्तिपछिको उद्धार, राहत वितरण र प्राप्त राहत रकम तथा सामग्रीको विवरण नै गोलमाल रहेको भन्दै सभासद्हरुले आपत्ति जनाएका छन्। ‘प्राप्त राहत र वितरणको विवरणसमेत स्पष्ट राख्न नसक्ने सरकारले राहत वितरणलाई कसरी प्रभाविकारी बनाउन सक्छ,’ सभासद् विकास लम्सालले भने।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस