कठमाडौं-प्रधानमन्त्री सुशील कोइराला र भारतीका प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार साँझ टेलीफोन वार्ता भएको छ। प्रधानमन्त्री कोइरालाले भारतीय समकक्षीलाई टेलिफोन गरेर भूकम्पपछिको पुनःनिर्माण, पुनः स्थापना तथा नवनिर्माणका निम्ति सहायता जुटाउन आगामी असारमा यहाँ आयोजना हुन लागेको दाता सम्मेलनमा सहभागी हुन अनुरोध गरेका थिए।प्रधानमन्त्रीले विपद्का बेला भारतबाट प्राप्त सहयोगप्रति हार्दिक आभार व्यक्त गरेको प्रधानमन्त्रीका प्रेससल्लाहकार प्रतीक प्रधानले बताए। 'भूकम्पबाट भएको क्षति दातृ राष्ट्र र निकायलाई देखाउने उद्देश्यले दाता सम्मेलन नेपालमा नै आयोजना गरिएको जानकारी पनि प्रधानमन्त्रीले प्रधानमन्त्री मोदीलाई गराउनुभयो', उनले भने।
सम्मेलनमा प्रधानमन्त्री मोदीको उपस्थिति अत्यन्त महत्वपूर्ण हुने त्यसमा सहभागी हुन प्रधानमन्त्री कोइरालाले गरेको आग्रहको प्रधानमन्त्री मोदीले सकारात्मक रुमपा लिएको प्रधानमन्त्रीलाई उद्धृत गर्दै सल्लाहकार प्रधानले बताए। प्रधानमन्त्री मोदीले नेपाललाई हरसंभव सहयोग गर्न भारत सधै प्रतिबद्ध रहेको बताउँदै नेपालको सार्वभौमसत्ताप्रति भारतको उच्च सम्मान रहेको स्पष्ट पारेका थिए। रासस