राहतको विवरण बुझाउन संसदीय समितिको निर्देशन
२८ जेष्ठ २०७२
•
६ मिनेट पाठ
राहतको विवरण बुझाउन संसदीय समितिको निर्देशन
काठमाडौं-व्यस्थापिका संसदको सार्वजनिक लेखा समितिले भूकम्प पीडितका लागि विदेशबाट प्राप्त चामल, टेन्ट, त्रिपाल, ब्लांकेटका विषयमा विस्तृत विवरण दुई दिनभित्र बुझाउन सरकारलाई निर्देशन दिएको छ।समितिको सिंहदरबारमा बिहीबार बसेको बैठकले भूकम्प प्रभावित जिल्लामा प्राप्त राहत र वितरणको अवस्थाबारे विवरण पेस गर्न गृह, अर्थ, सहरी विकास, स्थानीय विकास र वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो।
‘भूकम्पपीडितलाई विदेशबाट के कति राहत सामग्री आयो, त्यो कसरी र कहाँ वितरण भयो भन्ने विषयमा दुई दिनभित्र विवरण पेस गर्न सरकारलाई निर्देशन दिएका छौं,' बैठकपछि समितिका सभापति जर्नादन शर्माले भने, ‘सरोकारवाला पाँचै मन्त्रीले समितिको आगामी बैठकमा जानकारी दिनुपर्नेछ।' 
समितिले राहत सामग्रीमा दिइएको भन्सार छुटको विवरण पनि पेस गर्न पनि निर्देशन दिएको छ। विपत व्यवस्थापन नीतिमा सुधार गर्न आवश्यक रहेको औंल्याउँदै समितिले त्यसका लागि छलफल गर्ने निर्णयसमेत गरिएको छ। 

‘राहतमा अनियमितता भयो'


समितिको बैठकमा बोल्ने अधिकांश सांसदले विदेशबाट प्राप्त चामल, टेन्ट, त्रिपाल, ब्लांकेट लगायतका राहत वितरणमा व्यापक अनियमितता भएको भन्दै सरकारको आलोचना गरेका थिए। भूकम्पले भत्केका घरभन्दा बढी टेन्ट तथा त्रिपाल वितरण भएको दाबी सरकारले गरे पनि दुई लाख पीडितले अझै ओत लाग्न टेन्ट तथा त्रिपाल नपाएको जनाउँदै उनीहरूले सरकार संस्थागत भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए। 
‘दिनदिनै जनता निराश बनेका छन्। विदेशबाट आएको राहत पाएका छैनन्। राहतमा अनियमितता हुँदा हामीलाई लज्जाबोध भएको छ,' बैठकमा सरकारप्रति आक्रोश पोख्दै सांसद धनराज गुरुङले भने, ‘राहतमा भ्रष्टाचार भएको छ, यो महाअपराध हो। भ्रष्टाचार गर्नेहरू महाअपराधी हुन्। अख्तियार र सरकार टुलुटुलु हेरेर बस्न मिल्दैन।' 
भ्रष्टाचारको छानबिन गर्ने अख्तियारी पाएको निकायले छानबिन नगरे र उल्टै अपराधीसँग काँधमा काँध मिलाएर बसे महाअभियोग लगाउनुपर्ने गुरुङले बताए। जनतालाई आएको राहत सामग्री किनबेच हुँदा पनि सरकार मुकदर्शक बनेर बसेको आरोप उनले लगाए। ‘छानबिन गर्नुस् भन्यो, मुद्दालाई तामेलीमा राखिन्छ यो भ्रष्टाचार हो कि होइन। हरेक निकायले भ्रष्टाचार गरेका छन्,' उनले भने। 
देश हाइटी बन्ने कि नबन्ने भन्ने दोसाँधमा रहेको उनले बताए। जनताले सरकारको र सरकारले विदेशीको मुख हेरेर केही नहुने उनले तर्क गरे। ‘हामी भूकम्पले निम्त्याएको चुनौतीलाई अवसरमा बदल्ने भन्छौं, तर राहत आफंै लिन थालेपछि कसरी अवसरमा बदलिन्छ,' गुरुङले भने। 
विदेशबाट आएको टेन्ट, त्रिपाल, चामल, ब्लांकेटमा व्यापक अनियमितता भएको आरोप लगाउँदै सांसद रामहरि खतिवडाले सरकारले विदेशबाट आएका सामग्रीको रेकर्ड राख्नसमेत नसकेको बताए। उनले बंगलादेश, साउदी अरब, भारतले दिएका टेन्ट तथा त्रिपाल मात्र नभएर सहरी विकास मन्त्रालयले खरिद गरेको त्रिपालको वितरण तथा खरिदमा अनियमितता भएको दाबी गरे। 
‘सहरी विकास मन्त्रालयले खरिद गरेका पाल निजी गोदाममा भेटिएका छन्, यसमा पनि मन्त्रालय मौन बस्दै आएको छ। यो भ्रष्टाचार नभएर के हो?' खतिवडाले प्रश्न गरे। 
राहत सामग्री अनियमिततामा सरकारका प्रभावशाली मन्त्री र कर्मचारीको नाम जोडिनु दुर्भाग्यपूर्ण भएको धारणा बैठकमा सांसदहरूले राखेका थिए। ‘राहत अनियमितता गर्नेमा चर्चित मन्त्रीको नाम जोडिएर आएको छ, यो निकै दुःखद समाचार हो,' सांसद एकनाथ ढकालले अर्थमन्त्री रामशरण महतप्रति लक्षित गर्दै भने। 
भ्रष्टाचारीलाई भूकम्प दसैंको उल्लास लिएर आएको आरोपसमेत सांसदहरूको थियो। विपतलाई कमाउने माध्यम बनाएको उनीहरूले बताए। राहत वितरण गर्ने सरकारको एकद्वार नीतिको उल्लंघन बहालवाला मन्त्री तथा नेता र शक्तिशाली संघसंस्थाबाट भएको उनीहरूले जनाए। ‘केही बहालवाला मन्त्री, पार्टी नेता, सांसदले जिल्लैपिच्छे एक सय घर टहरा बनाउँदै हिँडेका छन्। त्यो पैसा कहाँबाट आयो? उनीहरूले एनजिओको छवि बनाउन खोजेका हुन् कि? एकद्वार नीति कता गयो?' सांसद डोरप्रसाद उपाध्यायले प्रश्न गरेका थिए।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस