स्थानीय निर्वाचनमा सुधारिएला त राप्रपाको जनमत?
२२ चैत्र २०७८
•
६ मिनेट पाठ
स्थानीय निर्वाचनमा सुधारिएला त राप्रपाको जनमत?
नेपाली कांग्रेससहितका ५ राजनीतिक दलको गठबन्धन पक्कापक्की जस्तै भएपछि चुनावमा गठबन्धनमै आवद्ध दलहरूको मत ‘साटफेर’ हुनेमा आशंका गरिएको छ। 




गठबन्धनका नाममा चुनावमा एकले अर्को दलको अस्तित्व कतिसम्म स्विकार्ने भन्ने बहस अहिले तल्लो तहसम्मै बनिरहेको छ। गठबन्धनबीच मत साटफेर फितलो भए त्यसको फाइदा राप्रपालाई हुने पनि आशंका गरिएको छ। मूलतः कांग्रेस समर्थक मतदाताले माओवादी वा गठबन्धनमा आवद्ध दललाई मत नदिएर राप्रपालाई मतदान गर्न सक्ने विश्लेषण हुने गरेको छ।  

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि गठबन्धन नरुचाएका मतदाताको मत राप्रपालाई स्वाभाविकै आउने देखेका छन्। ‘गठबन्धन नरुचाउने चाहे माओवादी, कांग्रेस वा गठबन्धनमा रहेका अन्य दलका कार्यकर्ता/मतदाताको मत राप्रपामा आउने कुरालाई नकार्न सकिन्न,’ लिङ्देनले नागरिकसँग भने, ‘यो स्वाभाविकै पनि हुन्छ किनकी लामो समयसम्म सत्ताको नेतृत्व गरेका दलहरूले नेपाली नागरिकका लागि खेलेको भूमिकाको मूल्यांकन अहिले राम्रोसँग हुन्छ नै, यसर्थ वैकल्पिक शक्तिको खोजी मतदाताहरूले गर्नेमा कुनै शंका छैन।’

उनले गठबन्धनमा आवद्ध मात्रै नभई सबै दलहरूलाई यसअघि मतदान गरेका मतदाताकै सहयोगबाट राप्रपाको स्थितिमा सुधार आउने बताए । यसर्थ पनि उनलाई राप्रपाको स्थिती बलियो बनाउनका लागि अन्य दलकै कार्यकर्ताहरूको रोजाइमा राप्रपा बन्ने दृढ विश्वास छ । ‘राप्रपाको स्थित सुधार आउने भनेको त नेपालकै सबै राजनीतिक दलमा आवद्ध मतदाताहरूको मतदानबाटै हो,’ उनले भने।

त्यसो त, राप्रपाको नेतृत्व राजेन्द्र लिङ्देनले गरेपछि र उनको राजनीतिक सकृयताले पनि राप्रपाको स्थिति पहिलेको भन्दा केही सुधार हुने आँकलन गरिएका छन्। ‘लामो समयदेखि नेतृत्व गरिरहेका दलहरूको विकल्पका रूपमा राप्रपालाई आमनागरिकले देखेका छन्,’ उनले भने ‘यसर्थ पहिलेको तुलनामा राम्रो स्थिति सुधार आउनेमा दुईमत छैन।’  

अन्य दलहरूको विकल्पका रूपमा राप्रपालाई मतदाताले चयन गर्नेमा राप्रपाका अध्यक्ष लिङ्देन विश्वस्त देखिए पनि आगामी निर्वाचनमा जितका लागि उनको पार्टी राप्रपालाई सहज पनि छैन । गत स्थानीय तहको निर्वाचनको मत परिणामलाई हेर्ने हो भने पनि राप्रपाको स्थितिमा सुधारमा त्यति सहज सम्भावना देखिन्न।

घोराही उपमहानगरपालिकामा मेयरका लागि गत स्थानीय तहको निर्वाचनमा राप्रपा चौथो पार्टी बन्यो । ११३६ मत प्राप्त गर्दै राप्रपा चौथो दल बन्दा पहिलो दल बनेको एमालेभन्दा २० हजार ८ सय ९४ मतले पछि पर्‍यो । २२ हजार ३० मत प्राप्त गर्दै एमाले मेयरमा विजयी बन्यो । यसैगरी, दोस्रो दल बनेको कांग्रेसले राप्रपाभन्दा १६ हजार ३ सय ४८ मत प्राप्त गर्‍यो भने तेस्रो दल बनेको माओवादी केन्द्रले १० हजार ९ सय ४६ मत बढी प्राप्त गरेको थियो । निर्वाचनमा चौथो दल बनेपछि यो उपमहानगरमा प्रमुख दलसँगको ठूलो मतान्तरलाई यो निर्वाचनमा पुरा गरेर जित निकाल्न राप्रपालाई ठूलो चुनौती रहने देखिन्छ ।

यसैगरी तुलसीपुर उपमहानगरपालिकामा पनि राप्रपा चौथो स्थानमै रह्यो । मेयरका लागि जम्मा ४ सय ९५ मत प्राप्त गरेर चौथो स्थानमा रहेको राप्रपाभन्दा पहिलो हुने दल एमालेको मत २२ हजार ३ सय ६२ थियो । एमालेले यो उपमहानगरको मेयरमा २२ हजार ८ सय ५७ मत प्राप्त गरेको थियो ।

यसैगरि दोस्रो बनेको दल नेपाली कांग्रेसले यो उपमहानगरमा राप्रपाको भन्दा १८ हजार ४ सय ८ मत बढी प्राप्त गरेको थियो । यस्तै, तेस्रो बनेको माओवादी केन्द्रले यो उपमहानगरमा राप्रपाभन्दा ८ हजार १ सय ९८ मत बढि पाएको थियो । झिनो मत प्राप्त गर्दै यो उपमहानगरमा चौथो दल बनेको राप्रपाले आफ्नो जित निकाल्नका लागि प्रमुख दलहरूसँगको त्यो बेलाको भारी मतान्तर हटाउन त्यति सहज हुने देखिन्न ।

जिल्लाका यी दुई उपमहानगर मात्रै हैन, जिल्लाका १० वटै स्थानीय तहमा राप्रपाले अघिल्लो स्थानीय तहमा प्राप्त गरेको मतलाई मूल्यांकन गर्दा दाङमा राप्रपाको स्थितिमा उल्लेख्य सुधार आउने सम्भावना देखिन्न । जिल्लाको लमही नगरपालिकामा पनि राप्रपा झिनो मतका साथ चौथो स्थानमा रह्यो। बिजेता दल एमालेको ५ हजार १ सय ५२, दोस्रो दल कांग्रेसको ५ हजार ६९ र तेस्रो बनेको दल माओवादी केन्द्रको ४ हजार ८१ मत आउँदा चौथो शक्ति बनेको राप्रपाले जम्मा ५ सय ८५ मत मात्रै प्राप्त गरेको थियो। 

यसैगरी, अघिल्ल्लो निर्वाचनको मतलाई हेर्ने हो भने शान्तिनगर गाउँपालिकामा पनि राप्रपाले आफ्नो स्थिति सुधार गर्न सहज देखिन्न । निर्वाचित दल कांग्रेसले ३ हजार ८ सय ५२, दोस्रो दल एमालेले २ हजार ९ सय २४ र तेस्रो बनेको माओवादी केन्द्रले २ हजार ८ सय ३७ मत प्राप्त गर्दा चौथो दल बनेको राप्रपाले जम्मा १ सय २ मत मात्रै प्राप्त गरेको थियो।

यस्तै, गढवा गाउँपालिकामा जम्मा चौथो स्थानमा देखिएको राप्रपाले जम्मा ५१ मत प्राप्त गर्दा पहिलो बनेको एमालेले ३ हजार ६ सय ७७, दोस्रो दल माओवादीले ३ हजार ३ सय ४ र तेस्रो बनेको कांग्रेसले ३ हजार २१ मत प्राप्त गरेका थिए।

दंगीशरण गाउँपालिकामा निर्वाचित एमालेले २ हजार ८ सय ४१ मत प्राप्त गर्दा यहाँ पनि चौथो बनेको राप्रपाले जम्मा १ सय ६६ मत मात्रै प्राप्त गर्‍यो । दोस्रो बनेको कांग्रेसले २ हजार ८ सय ४१ र तेस्रो बनेको माओवादीले २ हजार ४ सय ८५ मत प्राप्त गरेको थियो ।  

बंगलाचुली गाउँपालिकामा पनि राप्रपा चौथो दलकै रूपमा रह्यो । तर मत भने जम्मा ८७ मात्रै प्राप्त ग¥यो । जबकी पहिलो हुने दल माओवादी केन्द्रले ३ हजार ३ सय ५२, दोस्रो दल का.ग्रेसले २ हजार ५ सय १४ र तेस्रो बनेको एमालेले १ हजार ६ सय ३४ मत प्राप्त गरेका थिए ।

एमालेले ४ हजार २ सय ७१ मत प्राप्त गर्दै बाजी मारेको बबई गाउँपालिकामा राप्रपा जम्मा १ सय १८ मत प्राप्त गर्दै चौथो दल बन्यो । दोस्रोमा रहेको कांग्रेसले ३ हजार ९ सय ५९ र तेस्रो दल बनेको माओवादीले २ हजार ५ सय ४३ मत प्राप्त गर्यो । यस्तै २ हजार ३ सय ९५ मत प्राप्त गर्दै कांग्रेसले जीत हात पारेको राजपुर गाउँपालिकामा राप्रपाको मत जम्मा १ सय आयो र चौथो बन्यो । चौथो दल राप्रपा बन्दा दोस्रो र तेस्रो बनेका दलहरूसँगको मतान्तर पनि धेरै रह्यो । दोस्रो दल बनेको माओवादी केन्द्रले १ हजार ८ सय ५८ मत प्राप्त ग¥यो भने तेस्रो दल एमालेले १ हजार ७ सय ८९ मत प्राप्त गर्‍यो ।

यस्तै अन्य स्थानीय तहमा भन्दा राप्ती गाउँपालिकामा राप्रपा चौथो दल बन्दा पहिलो दल कांग्रेस, दोस्रो दल माओवादी र तेस्रो दल एमाले बनेको थियो।

गत निर्वाचनमा प्रमुख दलहरू भन्दा ठूलो मतान्तरले पछाडी परेको राप्रपाले आफ्नो स्थिति सुधारको आधार अन्य दलहरू प्रतिको मतदाताको वितृष्णालाई मानेको छ । यसैगरि गत निर्वाचनको मतान्तरलाई हटाउनका लागि उसले बिगतका आफ्ना कमजोरी हटाउनुलाई पनि अर्को आधार देखेको छ। ‘हिजोका दिनमा हामीहरूमा पनि धेरै कमी कमजोरी भए,’ अध्यक्ष लिङ्देनले भने, ‘विगतका ती कमी कमजोरी हटाएर राप्रपालाई आममतदाता समक्ष वैकल्पिक राजनीतिक शक्तिका रूपमा उभ्याउँछौँ।’

आफूलाई पहिलेकोभन्दा स्थिति सुधार गर्ने योजना बनाएको राप्रपाले अहिले चुनावी अभियानलाई तीव्रता दिइरहेको छ । स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गर्दै राप्रपाले अहिले तल्लो तहसम्मै भेला आयोजना गरिरहेको छ । साथै उम्मेदवार चयनको कामलाई समेत प्राथमिकतामा राखिएको अध्यक्ष लिङ्देनले जानकारी दिए।
अर्को समाचार
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
२ घण्टा अघि
•
१ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
नारायणगढ (चितवन)- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालकै सबैभन्दा ठूलो चितवनको शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण र सञ्चालन प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।




शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।

उनले अन्तरमन्त्रालय समन्वयमार्फत औद्योगिक क्षेत्र सञ्चालनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।

शक्तिखोर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको छ।

चितवन उद्योग सङ्घका अनुसार उद्योग स्थापनाका लागि इच्छुक उद्योगीले विगत आठ वर्षदेखि सङ्घको सचिवालयमा जग्गा माग गर्दै आवेदन दिँदै आएका छन्।

सङ्घका अनुसार हालसम्म १०० भन्दा बढी उद्योगीबाट ४०० बिघाभन्दा बढी जग्गा बुकिङका लागि प्राप्त आवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाइसकिएको छ।

यस्तै, मन्त्री लम्सालले चितवन उद्योग सङ्घ परिसरमा रहेको चितवन प्रदर्शनी केन्द्रको समेत स्थलगत अवलोकन गरे। उनले प्रदर्शनी केन्द्रलगायत परिसरका सम्पूर्ण भौतिक संरचनाको निर्माण समयमै सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिए।

प्रदर्शनी केन्द्रको पूर्ण निर्माणका लागि हाल विनियोजित बजेट अपुग भए थप बजेटको व्यवस्था गरेर भए पनि कामलाई पूर्णता दिनुपर्नेमा उनले जोड दिए।

भौतिक पूर्वाधार निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धतासमेत लम्सालले व्यक्त गरे।

औद्योगिकीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्ने र सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको लक्ष्यअनुरूप विसं २०७४ मा शक्तिखोर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो।

चितवन उद्योग सङ्घको पहलमा एक हजार ७४१ बिघा क्षेत्रफलमा स्थापना गर्ने गरी घोषणा गरिएको यो नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो।

देशको मध्य भागमा रहेको शक्तिखोरमा नमूना औद्योगिक पार्क स्थापना भई उद्योग सञ्चालनमा आए हजारौँ रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने उद्यमीहरूको अपेक्षा छ।

शक्तिखोर औद्योगिक क्षेत्र र प्रदर्शनी केन्द्र निर्माण सम्पन्न भए चितवनको औद्योगिक तथा व्यावसायिक प्रवर्द्धन भई जिल्लाको आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ।
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
यो पनि पढौँ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस