काठमाडौं-संविधानका केही विवादित विषय टुंगो लगाउन नसके पनि संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले संविधानका सम्पूर्ण अन्तर्वस्तु र फरक मतसहितको प्रतिवेदन बिहीबार संविधानसभामा पेस गरेको छ। राति बसेको बैठकमा समितिका सभापति बाबुराम भट्टराईले प्रतिवेदन बुझाएका हुन्।
राज्य पनसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा देखिएका मुल विषय प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठकले टुंगो लगाएपनि संविधान संशोधन, बहुलवाद, नागरिकताका सम्बन्धमा दलहरुबीच विवाद कायमै थियो।
संवाद समितिले बनाएको उपसमितिले समेत ति विषयमा टुंगो लगाउन नसकेपछि प्रमुख दलका शीर्ष नेताहरुबीच छलफल भएको थियो। तर पनि टुंगो नलागेपछि मस्यौदा समितिको जिम्मा छाड्दै तत्कालका लागि सवै विषय संविधानसभामा पठाउन सवै दल राजी भएका हुन्।
नेपाली कांग्रेसले संविधानको प्रस्तावनामा नै ‘बहुलवाद' उल्लेख हुनुपर्ने अडान नछाडेपछि विहीबार दिनभर यसै विषयमा छलफल भएको थियो।
कांग्रेस सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको जोड रहेपछि वरिष्ठ नेता शेरवहादुर देउवा सहितका प्रभावशाली नेताहरुले पनि बहुलवाद आवश्यक भएको भन्दै अडान राखेका थिए।
तर एमाओवादीले प्रस्तावनामै बहुलवाद राख्ने हो भने ‘जनयुद्ध' शब्द पनि राखिनुपर्ने अडान राखेको थियो।
त्यसपछि बहुलवाद प्रस्तावनामा नभई शासकीय स्वरुप सम्बन्धी धारामा समावेश गर्ने गरी पठाउन अन्य दल सहमत भएका थिए। यस विषयको टुंगो लगाउने जिम्मा पनि मस्यौदा समितिलाई नै दिइएको छ।
मस्यौदा समितिले प्राप्त गरेको १५ दिनको समयमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक राखेर पनि सहमति गरिने संविधानसभा सचिवालय स्रोतले जनाएको छ।
त्यसपछि दलहरुबीच संविधान संशोधनका विषयमा विवाद भएको थियो। अहिले संविधान संशोधन सम्बन्धी तीनवटा व्यवस्था राखिएको छ।
पहिलो असंशोधनीय धारा, राष्ट्रिय अखण्डता, स्वाधीनता, सार्वभौमसत्ता लगायतका विषयमा संविधान संशोधन नहुने उल्लेख गरिएको छ। दोस्रो, प्रस्तावनामा उल्लेखित संविधानका केही आधारभुत विषय संशोधन गर्नुपरे संसदको दुईतिहाईले पारित गरेर जनमत संग्रहका लागि पठाउनुपर्ने व्यवस्था। यसका लागि कुन कुन विषय यसरी राख्ने र पठाउने भन्ने विषयमा दलहरुबीच विवाद भएको थियो। तेस्रो, संसदको दुईतिहाईले संविधान संशोधन गर्न सकिने व्यवस्था।
दोस्रो विकल्पमा केही राजनीतिक दलको असहमति रहेपछि संविधानको मस्यौदा तयार हुने क्रममा विवादको टुंगो लगाउने भन्दै पन्छाइएको छ।
त्यसैगरी बंशजका आधारमा नागरिकता वितरण गर्दा आमा र बावु नेपाली नागरिक हुनुपर्ने, तिनका वालिग सन्तानले आमा वा बावु जसको नामबाट पनि नागरिकता लिन पाउने व्यवस्थालाई एमाओवादीसहित केही साना राजनीतिक दलको असहमति रहेको थियो।
‘हामीले विवादित विषय मस्यौदा समितिले पनि टुंगो लगाउन सक्नेगरी पठाएका छौं,' प्रतिवेदन तयारमा खटिएका कांग्रेस नेता रमेश लेखकले भने,‘कतिपय विषयमा बुझाईमा फरक भएकाले समस्या देखिएको हो।'
उपसमितिले विहीबार बेलुका बसेको समितिको बैठकमा आफ्नो प्रतिवेदन पेश गरेपछि केही राजनीतिक दलले आफ्ना फरक मत राखेका थिए।
कांग्रेसका अमरेश सिँह, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, फोरम नेपाल, राप्रपा नेपाल लगायतका राजनीतिक दलले फरक मत सहितको प्रतिवेदन बुझाएका थिए। उनीहरुको धारणा पनि मुल प्रतिवेदनमा समावेश गरेर संविधानसभामा बुझाइएको एमाओवादी नेता एवम् समितिका सभापति भट्टराईले जानकारी दिए।
समितिले पनि सवै दलको फरक धारणासहित विहीबार नै सवै विषय संविधानसभामा बुझाएको हो।
संविधानसभामा यस प्रतिवेदनमाथि शुक्रबार दिउसोबाट छलफल हुनेछ। समितिको प्रतिवेदन बुझाउँदै सभापति भट्टराईले विभिन्न व्यक्तिको आशंका पार गर्दै दलहरुले मिलेर संविधान बनाउने सन्देश दिएको धारणा राखे।
उनले ६५ बर्षदेखिको संविधानसभाबाट संविधान बनाउने सपना पुरा हुन लागेको समेत धारणा राखे।
‘यो पुर्ण सहमति होईन,'उनले भने,‘तर पुर्ण बन्न पनि सक्दैन। वर्ग विभाजित समाजमा सवै विषयमा पुर्ण सहमति नभई अधिकतम र यथेष्ट सहमति नै कायम गर्नुपर्छ।'
उनले सम्झौताको दस्तावेज भएकाले सवैले लेनदेन गर्नुपर्ने धारणा राखे।