मुख्यमन्त्री जीवनबहादुर शाहीले सुर्खेत विमानस्थल विस्तारको ढोका प्रदेश सरकारले बन्द नगरेको बताएका छन्। उनले हवाई कनेक्टिीभीटीविना कर्णालीको विकास संभव नभएको बताउँदै प्रदेश राजधानीको विमानस्थल विस्तारका लागि प्रदेश सरकार तयार भएको बताए।
‘प्रदेश राजधानीको विमानस्थलमा ८० सिटे जहाज ल्याउने तयारी भइरहेको छ,’ मंगलबार प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलले उठाएका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री शाहीले भने, ‘प्रदेश राजधानीलाई केन्द्र बनाएर पहाडी तथा हिमाली जिल्लाहरुलाई हवाईमार्गमार्फत जोड्ने प्रयास सरकारले गरिरहेको छ।’
मुख्यमन्त्री शाहीले नेपाल नागरिक उड्डयन प्राधिकरणले सुर्खेतको अहिलेको विमानस्थल बनाउन आठ वर्ष लाग्ने र २३ विघा जमिन अधिग्रहण गर्नुपर्ने रिपोर्ट पेश गरेको बताउँदै प्रदेश सरकार विकल्पको पनि खोजी गरिरहेको बताए। ‘तीन सय मिटर विमानस्थल विस्तार गर्नका लागि करिव आठ अर्व रुपैयाँ लाग्ने प्राधिकरणले रिपोर्ट पेश गरेको छ,’ उनले भने, ‘यति पैसाले नयाँ विमानस्थल बन्ने संभावना रहेकाले विकल्पको खोजीमा पनि लागिरहेका छौं।’
मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश अस्पतालमा कुकुरले नवजात शिशुलाई च्यापेर डुलाएको विषयमा पनि संसदलाई जानकारी गराए। उनले आठबीस नगरपालिका–९ दैलेखकी २५ वर्षीया महिलाले चैत १४ गते प्रदेश अस्पतालमा मृत शिशुलाई जन्म दिएको र उक्त शिशुलाई परिवारले बुझेर अस्पताल नजिकैको जंगलमा खाल्डो खनेर गाडेको र त्यहीँबाट कुकुरले ल्याएको रिपार्ट आएको बताए।
‘घटना सार्वजनिक भएलगत्तै सामाजिक विकास मन्त्रालय र प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएको थिएँ,’ उनले भने, ‘मन्त्रालयले गरेको अनुसन्धान प्रतिवेदनलाई पूर्ण कार्यान्वयन गर्न अस्पताललाई निर्देशन दिएको छु।’
सोमबारको संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले विमानस्थल विस्तार, अस्पतालमा भएको लापरवाही र सरकारका काम कारवाहीबारे प्रश्न उठाएका थिए। मुख्यमन्त्री शाहीले संसदमा उठेका विषयहरुप्रति प्रदेश सरकार गम्भीर रहेको पनि बताए। ‘संसद साझा घर हो, यहाँ उठेका विषयहरुप्रति सरकार गम्भीर रहन्छ,’ उनले भने।