रुपन्देहीमा सत्ता गठबन्धनमा आवद्ध पाँच दलले आगामी स्थानीय तहको निर्वाचनमा जिल्लाका सबै पालिकामा गठबन्धनका लागि संयन्त्र निर्माण गर्ने भएका छन्। रुपन्देहीका १६ वटै स्थानीय तहमा गठबन्धन गरेर जाने निर्णय गरेका पाँच दलले त्यसका लागि संयन्त्र निर्माणको तयारीमा जुटेका हुन्।
नेपाली काँग्रेस रुपन्देहीको पार्टी कार्यालय भैरहवामा मंगलबार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सम्मिलित पाँच दलको बैठक बसेको थियो। बैठकले सबै दलको सह अस्तित्व स्वीकार गरी सम्मानजनक रुपमा गठबन्धन गर्ने निर्णय गरेको काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले बताए।
गठबन्धनकालागि सबै पालिका र वडा स्तरसम्मै राजनीतिक संयन्त्र निर्माण गरी एक ढिक्का भएर जाने निर्णय भएको खाणले बताए। संयन्त्रको नेतृत्व काँग्रेसले गर्ने छ।
संयन्त्रले विस्तृत अध्ययन अनुसन्धान गरी पार्टीको यर्थात मतका आधारमा सिट बाँडफाँड गर्ने बताइएको छ। काँग्रेस सभापति खाणको अध्यक्षतामा सम्पन्न बैठकमा काँग्रेस केन्द्रीय सदस्य अब्दुल रज्जाक, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाइँ, जिल्ला अध्यक्ष राजु गुरुङ, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मकसुद अली, सोनीया यादव, जिल्ला अध्यक्ष निर्मल जिसी, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देवेन्द्र पाण्डे सागर, जिल्ला अध्यक्ष रामअवतार यादव, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम, काँग्रेसका उपसभापति थानेश्वर घिमिरे, सचिव हरि काफ्ले लगायतको संयुक्त बैठकले गठबन्धनको मर्म र भावना अनुरुप अगाडी बढ्ने निर्णय गरेको हो।